Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नेपाली भाषाको पहिलो सिलालेक बनाउन विज्ञहरुको सामूहिक प्रतिवद्धता जरुरी

         ||   5 Views   ||   Published Date : 14th November 2018 |

सिजा साम्राज्यको उत्पतीको कुरा र सिजा राज्यले लडाईमा बिजयी हुँदै काठमाण्डौंलाई समेत दुईपटक सम्म हराएको इतिहास अहिले पनि रहेको भन्दै बिज्ञहरुले गौरव गर्दै आएका छन् । कर्णाली प्रदेसको जुम्ला र दैलेखलाई बिशेष राजधानी मान्दै राज्य संचालन भएको तत्कालिन समयको ऐतिहासिक गौरव बोकेको दैलेख अहिलेसम्म पछिल्ला राज्य संचालन गर्ने निकायहरुले भने त्यती धेरै महत्व नदिएका कारण पक्षपाती भूमिका निर्वाह गरेका कारण, राज्यको योजना निर्माण गर्ने निकायसम्म दैलेखको राजनीतिक पहुँच बिस्तार नभएका कारण दैलेख अहिलेसम्म पछाडी पर्दै आएको छ ।
दैलेखमा लुकेका मुर्त अमुर्त सम्पादा, भाषा साहित्य लगायतको खोज आनुसंन्धान बिगत देखिनै हुँदै आएको छ । योगि नरहरी नाथ लगायतले खोज गरेका बिषयहरु अहिले ओझेलमा पर्दै गएका छन्, मासिदै गएका छन् ।
नेपाली भाषाको पहिलो सिलालेखकको रुपमा रहेको सिलास्तम्भमै बसेर यो पटक आएका नेपालका विज्ञहरुले केही नयाँ कुराको घोषणा गर्ने आशा दैलेखका नागरिकहरुमा पलाएको छ । सिगो कर्णाली क्षेत्रको अभिलेख, भाषा साहित्यको बिषयमा भाषाविद्हरुले कार्यपत्र प्रस्तुत गरिने कार्यक्रममा दैलेखको दुल्लूमा रहेको नेपाली भाषाको पहिलो सिलालेक नै पहिलो हो भन्ने कुरामा बिज्ञहरुले कतिको साहस देखाउने हुन त्यो भने हेर्न बाँकी नै छ ।
दुल्लूमा रहेको कृतिखम्ब, सिला नै नेपाली भाषाको पहिलो स्तम्भ हो यो कुरा प्रमाणित नभएसम्म दैलेख सँधे ओझेलमा हुने देखिन्छ । त्यसैले बास्तवीक कुराको खोज अनुसंन्धान गर्न आउनुभएका बिज्ञहरुले दैलेखलाई न्याय गरेर जानुहुनेछ भन्ने कुराको आशा गरौं ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com