Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दुल्लूका लोप हुन लागेका सा“स्कृतिक सम्पदाहरुलाई राष्ट्रिय अभिलेखालयमा राख्नुपर्दछःउप्रेती

         ||   10 Views   ||   Published Date : 14th November 2018 |


धमाका संवाददाता
कात्तिक २७, दैलेख


नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा उप्रेतीले दैलेखका बिभिन्न स्थानहरुमा लुकेर रहेका र बिशेष गरेर दैलेखको दुल्लूमा रहेका ऐतिहासिक साँस्कृतिक सम्पदाहरुलाई नाट्य प्रज्ञा प्रतिष्ठानको समन्वयमा संगित नाट्य प्रतिष्ठानको राष्ट्रिय अभिलेखालयमा राख्नुपर्ने बताएका छन् ।
दैलेखको दुल्लू नगरपालिकामा संचालन गरिएको साँस्कृतिक महोत्सव एवं बृहत नेपाली बाङ्मय गोष्ठिको उद्घाटन गर्दै उप्रेतीले यस्तो बताएका हुन्, साँस्कृतिक महोत्सवमा प्रर्दशन गरिएका सयौं वर्ष पुराना झोडा मागंल, फड्को, हुड्के, पंचेवाजा लगायतका १५ बढी पुराना साँस्कृतिक नाँचहरुको अवलोकन पछि उप्रेतीले यस्ता महत्वका साँस्कृतिहरु जोगाउन स्थानीय देखि केन्द्र सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।
दैलेखमा लुकेका अन्य अमुर्त सम्पदा, भाषा साहित्य लगायतको खोज आनुसन्धान गर्न विज्ञहरुको टोलि दैलेखको दुल्लूमा आएको हो । दुल्लू नगरपलिका, भैरवी गाउँपालिकाको आयोजनामा दुल्लूमा बृहत नेपाली बाङ्मय गोष्ठि पनि संचालन गरिने भएको छ ।
नेपाली भाषाको पहिलो सिलालेखकको रुपमा रहेको सिलास्तम्भमै बसेर भाषाको बिषयमा छलफल गरिने भएको छ, सिंगो कर्णाली क्षेत्रको अभिलेख, भाषा साहित्यको बिषयमा भाषाविद्हरुले कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् ।


नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा उप्रेती, सदस्य सचिव जगत उपाध्याय, संस्कृति बिद् प्रा.डा. जगमान गुरुगं, जिवेन्द्र देव गिरी, पूर्व उपकुलपती डा. बिष्णु घिमिरे, प्रा.डा. केशव सुवेदी, प्रा.डा.धनेश्वर नेपाल, प्रा.डा. राजाराम सुवेदी, प्रा.डा. मधुसुदन गिरी, रा.स.सका अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी श्यामल लगायतका बिज्ञहरु दिनभर दैलेखको दुल्लूमा बसेर बृहत छलफल पश्चात दुल्लू घोषणा पत्र जारी गर्ने तयारी रहेको छ । नेपाल सरकारले दैलेखको पंचदेवल, कोतगडी, बेलासपुर मन्दिर, पंचकोशी क्षेत्रमा पर्ने शिरिस्थान, नाभिस्थान, पादुका, कोटीला, लगायतका स्थानहरुलाई नयाँ गन्तब्यको रुपमा नामाँकरण गरे लगत्तै यी स्थानहरुमा आन्तरिक र बाह्य पर्यटकहरुको आगमन सँगै यसको थप खोज र अनुसंन्धानका कामहरु पनि अघि बढेका हुन् ।  शिरिस्थान क्षेत्र सँगै पंचकोशी क्षेत्र र दुल्लूमा रहेका कृतिखम्ब, देवल लगायतका सम्पादहरुको अनुसंन्धान गरिने भ्रमण टोलिका जगत उपाध्यायले बताएका छन् । हिजोको कर्णाली प्रदेशको इतिहास खोजेर यसको गहन छलफल र बिचार बिमर्श गरिने  उपाध्यायले बताए ।


प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले विज्ञहरुले नयाँ स्थानको खोजीगर्ने क्रममा दुल्लू जस्तो ऐतिहासिक नगरिमा आएकोमा खुःसी व्यक्त गर्दै सरकारको तर्फबाट दुल्लू क्षेत्रको साँस्कृतिक जोगाउन आफुहरु लाग्ने र देश बिदेशमा दैलेखका सम्पदाहरुको प्रचार प्रसार र जिम्मेवार निकायलाई झकझकाउन विज्ञहरुको तहबाट पनि उत्तिकै पहल हुनुपर्ने सुझाव दिएका छन् । दैलेखको भाषा, साहित्य, इतिहास, सम्पदा र बिभिन्न जातजातीको उद्गम स्थल भनिएपनि अहिलेसम्म यस्ता कुराहरुको प्रमाणिकरण हुन सकेको छैन् । नारायण नगरपालिका दैलेखका
नगर प्रमुख रत्नबहादुर खड्काले  दैलेखका सबै लुकेका सम्पादाहरुको खोजी, संरक्षण, इतिहास खोज्ने र प्रचार गर्न कार्यमा धेरै ढिला भैसकेको बताउँदै अव स्थानीय सरकार यो बिषयमा पूर्ण रुपमा लाग्ने बताए । विज्ञहरुले यो अभियानमा अहिले जसरी साथ दिनुभएको छ । अँझै यसलाई व्यवस्थित बनाउने र दैलेख पर्यटकको हव बनाउनेमा अव सवै जुट्नुपर्ने बताए ।
दुल्लू नगरपालिका, मध्यपश्चिम साहित्य परिषद र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुल्लूमा साँस्कृतिक महोत्सव एवं बृहत बाङ्मय संघ गोष्ठि आयोजना गरिएको हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com