Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

नया“ गन्तब्यको आतंक फैलाउने अभियान थाले कसो होला

         ||   7 Views   ||   Published Date : 13th November 2018 |

गत असारको सामान्य बिश्लेषण गर्दा दैलेखका ११ वटा स्थानीय तहमा एक सय भन्दा बढी डोजरहरु बिकास निर्माण अर्थात सडक निर्माणमा लागेको भनेर बिभिन्न संचार माध्यामहरुमा चर्चा भएको थियो । यसलाई डोजर आतंक भनेर चर्चा गरिएको थियो । यो चर्चा कतिपय अवस्थामा सान्र्दभिक थियो होला तर कतिपय गाउँपालिकाहरु जुन गाउँपालिकाको मुख्य केन्द्र सम्म सडक पुगेको थिएन् ति केन्द्रहरुमा सडक पु¥याउनु अनिवार्य थियो त्यसका लागि डोजर अनिवार्य थियो । अनि गाउँपालिका वा नगरपालिका केन्द्र हुँदै वडा सम्म सडक पु¥याउनुथियो तर यी सबै कार्य व्यवस्थित भएको भए, सडकको दिगोपना हुने खालको भएको भए राम्रो हुने थियो भनेर पनि अर्को बिश्लेषण समेत जिल्लामा गरिएको थियो ।  खैर गत वर्ष जसरी सडक मोहमा स्थानीय सरकारहरु अनिवार्य फस्नुपर्ने आवश्यकता भयो अवका बर्षहरुमा स्थानीय सरकारले दैलेखको पर्यटन क्षेत्रको बिकास लागि पनि नयाँ नयाँ गन्तब्यहरु खोजेर ति गन्तब्यहरुमा आवश्यक पर्ने पूर्वाधार, निर्माण नयाँ आतंक मच्चाउने अभियान थालेको भए, यो अभियानले पक्कै दैलेखको मुहार परिवर्तन गर्नमा मद्धत पुग्ने देखिएको छ ।
प्रदेश सरकार र केन्द्र सरकारसँग हरेक स्थानीय सरकारले सहकार्य गरेर आ आफ्नो गाउँ वा नगरपालिकामा नयाँ पर्यटकिय गन्तब्य खोजी गर्दै यसको प्रचार प्रसार अभियानमा जुट्नुपर्ने देखिएको छ । चाहे त्यो साँस्कृतिक होस्, चाहे ऐतिहासिक, चाहे धार्मिक, चाहे मुर्त अमुर्त सम्पदाहरु जे हुन् सवैको खोजी गर्ने नयाँ अभियान यो बर्षबाट सुरु गरे राम्रो हुने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com