Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दैलेखका ऐतिहासिक स्थलहरु खोज्दै विज्ञहरु

         ||   44 Views   ||   Published Date : 13th November 2018 |

धमाका संवाददाता
कात्तिक २६, दैलेख


दैलेखमा लुकेर रहेका सम्पदाहरुको खोज र अनुसंन्धान गर्नका लागि काठमाण्डौं विज्ञहरु दैलेख आएका छन् ।
नेपाल सरकारले दैलेखको पंचदेवल, कोतगडी, बेलासपुर मन्दिर, पंचकोशी क्षेत्रमा पर्ने शिरिस्थान, नाभिस्थान, पादुका, कोटीला, लगायतका स्थानहरुलाई नयाँ गन्तब्यको रुपमा नामाकरण गरे लगत्तै यि स्थानहरुमा आन्तरिक र बाह्य पर्यटकहरुको आगमन बढेको छ ।
दैलेखमा लुकेका अन्य अमुर्त सम्पादा, भाषा साहित्य लगायतको खोज आनुसंन्धान गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा उप्रेती, सदस्य सचिव जगत उपाध्याय, संस्कृति बिद् प्रा.डा. जगमान गुरुङ्ग, जिवेन्द्र देव गिरी, पूर्व उपकुलपती डा. बिष्णु घिमिरे, प्रा.डा. केशव सुवेदी, प्रा.डा.धनेश्वर नेपाल, प्रा.डा. राजाराम सुवेदी, प्रा.डा. मधुसुदन गिरी, रा.स.सका अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी श्यामल लगायतका बिज्ञहरु र काठमाण्डौंमा बसेर पत्रकारिता क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले दैलेख सदरमुकाम नजिकै भुर्तीमा रहेको पंचदेवल, बेलासपुर मन्दिर, कोतगडीको अवलकोन गरेका छन् ।
शिरिस्थान क्षेत्र सँगै पंचकोशी क्षेत्र र दुल्लूमा रहेका कृतिखम्ब, देवल लगायतका सम्पादहरुको अनुसंन्धान गरिने भ्रमण टोलिका जगत उपाध्यायले बताएका छन् । हिजोको कर्णाली प्रदेशको इतिहास खोजेर यसको गहन छलफल र बिचार बिमर्श गरिने उपाध्यायले बताए । मल्लकालिन समयमा निर्माण गरिएको भुर्तीका पंचदेवल लगायतका ऐतिहासिक सम्पादहरुमा पर्यटकहरुले सहज हेर्न पाउने बनाउनुपर्ने, सरकारले यस्ता बस्तुहरुको थप संरक्षणमा पहल गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।
दैलेखको भाषा, साहित्य, इतिहास, सम्पदा र बिभिन्न जातजातीको उद्गम स्थलका बारेमा थप अनुसंन्धान र अध्ययन गरिने बताईएको छ ।
दैलेखका निर्वाचित सांसदहरु, स्थानीय सरकारका प्रमुखहरु, राजनीतिक दल लगायतसँग दैलेख सदरमुकाममा छलफल समेत गरिएको छ ।
दैलेखका स्थानीय सरकारहरुले ठोस योजना लागु गरेर सम्पदा संरक्षण र प्रचार प्रसारमा लाग्नुपर्ने बेला आएको जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले जानकारी दिएका छन् ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले दैलेखका सवै लुकेका सम्पादाहरुको खोजी, संरक्षण, इतिहास खोज्ने र प्रचार गर्न कार्यमा धेरै ढिला भैसकेको बताउँदै अव स्थानीय सरकार यो बिषयमा पुर्ण रुपमा लाग्ने बताए । बिज्ञहरुले यो अभियानमा अहिले जसरी साथ दिनुभएको छ । अँझै यसलाई व्यवस्थित बनाउने र दैलेख पर्यटकको हव बनाउनेमा अव सवै जुट्नुपर्ने बताए । भ्रमण टोलिलाई नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का, उपप्रमुख सावित्रि मल्ल लगायले स्वागत समेत गरेको थियो ।
दैलेखको दुल्लूमा रहेको नेपाली भाषाको पहिलो सिलालेक, तेह्रौं सताब्दिका मुर्तिहरु, देवल खम्ब लगायत बिभिन्न जातजातीको उद्गम थलो भएर पनि यसको अँझै खोज अनुसंन्धान हुन नसकेको भन्दै दुल्लू नगरपालिका, मध्यपश्चिम साहित्य परिषद र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुल्लूमा साँस्कृतिक महोत्सव एवं बृहत बाङ्मय संघ गोष्ठि आयोजना गरिने भएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com