Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

अधिकारको रक्षा गरौंःबुढा

         ||   18 Views   ||   Published Date : 13th November 2018 |

धमाका संवाददाता
कात्तिक २६, दैलेख
दैलेख निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले जनताद्वारा पाएको अधिकारको सबैले रक्षा गुर्नपर्ने बताएका छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिक प्रगति समिक्षा मा बोल्दै बुढाले राजनीतिक लडाईबाट प्राप्त गरिएको अधिकारलाई रक्षा नगरे भावी पुस्ताहरुले दृुःख पाउने भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक सुझाव दिएर स्थानीय सरकारलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । ‘समृद्धि र अधिकारको रक्षाका लागि असल मान्छे बन्न स्थानीय सरकारका प्रमुखहरुले वुढाले सुझाव दिएका छन् ।  प्रदेश सभासद हिमबहादुर शाहीले नगरपालिकाले अहिले गरिरहेको कामको शैलीलाई परिवर्तन नगरि यस्तै पारा गरिरहे आगामी चुनाव कांग्रेस विजय हुने दावी गरे ।  पूर्व सांसद रंगबहादुर शाहीले समृद्धिका लागि सबै ठाउँमा सबैको सहकार्य हुनुपर्ने बताए । यस क्षेत्रको विकासका लागि विगतका दिनमै आफूले खाका कोरि सकेको जिकिर समेत गरे ।  ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले भने “विकास र समृद्धिका लागि स्थानीय सरकारहरु बीच सहकार्य जरुरी छ ।” कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले पूर्वाधार विकासमा आ–आफ्नो तर्फबाट सबैले सहयोग गर्नुपर्ने बताए ।


कार्यक्रममा उप–प्रमुख ताराकुमारी शाही खत्रीले ‘सुखी नेपाली समृद्ध नेपाल’ का लागि संविधानलाई कार्यान्वय गर्नुपर्ने बताईन ।
प्रगति समीक्षा कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपालीले हालसम्म भएका गतिविधिहरुको बारेमा जानकारी दिएका थिए ।
जिल्ला विकास समिति दैलेखका पूर्व उप–सभापति एवम् नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्यबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टीका नेता बरुनाथ योगी लगायतले शुभकामना दिएका थिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com