Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मौलिकता अ“झै जोगाउन जरुरी सभ्य बन्दै हरितालिका तीज

         ||   7 Views   ||   Published Date : 14th September 2018 |

महिलाहरुको महान पर्व हरितालिका तीजको औपचारिक रुपमा समापन भएको छैन् , पंचमी सम्म तीजको रौनक बढ्ने भएपनि बिशेष गरेर तीज पर्वकै दिनलाई बिशेष महत्वका साथ हेरिने हाम्रो परम्परा कायमै रहेको छ । दैलेखमा बिगतका वर्षहरु भन्दा अलि भिन्न तरिकाले तीजको पर्व मनाउने काम सुरु भएको छ । स्थानीय काँडाचौरमा मनाईने तीजको मेलामा काँधमा मादल बोकेर गितका भाका गाउन आएका महिला दिदिबहिनीहरुको गुनासो सुन्ने र उहाँहरुको भाकामा साथ दिएर नाँचगान गर्नुको सट्टा, डके बजाएर महिला दिदिबहिनीहरुको स्वरै नसुनिने गरेर चिच्याउने बिगतको प्रचलन भने यो वर्ष बन्द भएको छ ।
बिभिन्न समूहमा महिलाहरुले आफ्ना गुनासाहरु सँगै तीजका बिभिन्न भाकाहरु गाउँदै तीज पर्व मनाएका छन् । एकताका गहना प्रर्दशनले निकै चर्चा कमाएको दैलेखमा बुझेका महिलाहरुले गहनालाई प्राथमिकता भन्दा बाहिर राख्ने काम सुरु गरेपछि यो वर्ष गहना प्रर्दशन पनि धेरै नभएको देखिएको छ । समान्य रुपमा लगाउने गहनाहरु बाहेक धेरै चर्को प्रर्दशन देखिएन ।
खैर एउटा गरिव महिला मेलामा नाँचगान गर्दा उसले आफुलाई कमजोर महसुस नगारोस भन्ने उद्देश्यलाई अँझै ध्यानमा राखेर आगामी दिनमा गहना प्रर्दशनलाई पुर्ण रुपमा निरुत्साहित पार्ने अभियानतर्फ सबै सचेत महिला दिदिबहिनीहरु लाग्नुपर्ने अहिलेको आवश्यकता हो ।
अव गाउँ गाउँबाट आफ्नो मौलिकता सँग जोडिएका बिषयहरु, महिलाहरुका हक अधिकारका कुराहरु, कानुनमा भएका महिलाका अधिकार र बदमासी गर्नेलाई के कानुनी व्यवस्था छ जस्ता कुराहरुलाई तीजका गितहरु मार्फत प्रचार प्रसार गर्ने कार्यको थालनी गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com