Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सम्मानका लागि असल आमाहरु खोज्दै नगरपालिका

         ||   16 Views   ||   Published Date : 14th September 2018 |

धमाका संवाददाता
भदौ २८, दैलेख
बच्चा जन्मिनुभन्दा पूर्व ४ पटक गरिने स्वास्थ्य जाँच, बच्चाको जन्मदर्ता, स्वास्थ्य संस्थामा बच्चा जन्माउने, बच्चाले पाउनुपर्ने खोप पूर्ण हुनुपर्ने, २० वर्ष भन्दा माथि पुगेपछि बिवाह गरेको हुनुपर्ने बच्चा २ वटा मात्र हुनपर्ने यस्ता मापदण्ड पूरा गरेका आमाहरुलाई नारायण नगरपालिका दैलेखले अव सम्मान गर्ने भएको छ । स्थानीय तहले छोरा जन्मिदा र छोरी जन्मिदा प्रोत्साहन गरी नयाँ कार्यक्रम संचालन गरिरहेको बेला नारायण नगरपालिका दैलेखले पनि असल आमा प्रोत्साहन कार्यक्रम संचालन गर्ने भएको छ । नारायण नगरपालिकाको पहिलो नगर सभाबाट बजेट बिनियोजन गरेको भएपनि प्राबिधिक कारण देखाउदै कार्यक्रम गर्न नसकेको नगरपालिकाले यो वर्षबाट कार्यक्रमलाई निरन्तरता दिदै असल आमा प्रोत्साहन कार्यक्रम संचालन गर्न लागेको नारायण नगरपालिका दैलेखका स्वास्थ्य प्रमुख लाल बहादुर खड्काले बताए ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले गुणस्तरीय स्वास्थ्यमा सुधार गर्न, बच्चालाई पोषणयुक्त खाद्य बस्तुको उपलब्धता हुन यस्तो कार्यक्रम ल्याएको बताएका छन् ।


अभियानले आमा र शिशुको मृत्युदरमा कमी ल्याउने र बालबालिका मैत्री सेवा बिस्तार गर्दै निरोगी शिशु जन्माउने काममा साथ दिने नारायण नगरपालिका दैलेखकी उपप्रमुख सावित्री मल्लले जानकारी दिएकी छन् ।
देशका ७ वटै प्रदेशमा मानव सूचाङ्कका हिसावले कर्णाली प्रदेश सबैभन्दा कम भएको भन्दै मानव सुचाङ्कमा समेत यो कार्यक्रले टेवा पुग्ने बताइएको छ । आगामी आर्थिक वर्षमा यस्ता कार्यक्रमलाई फराकिलो बनाउदै लैजाने बताइएको छ ।
जिल्ला अस्पताल दैलेखका डा.
निरन्जन पन्तले असल आमा लाई प्रोत्साहन गर्न बालबालिको पोषणको अबस्थामा समेत हेनु पर्ने बताए । नारायण नगरपालीकाले असल आमा प्रोत्साहन गर्न दोस्रो नगर सभा बाट ६ लाख रुपैयाँ बिनियोजन गरेको र २ सय ५० भन्दा बढि असल आमा कार्यक्रमबाट लाभाम्वीत हुने बताईएको छ । असोज २ गत्ते पाँचौ परिवार नियोजन दिवसका दिन पारेर असल आमाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेकोे छ । अन्तरक्रिया कार्यक्रमका सहभागीले असल आमा प्रोत्साहन कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्न सुझाव दिएका थिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com