Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दैलेख सदरमुकाममा गणेशको धुमधाम पूजापाठ

         ||   29 Views   ||   Published Date : 14th September 2018 |

धमाका संवाददाता
भदौ २८, दैलेख
हिन्दु धर्मअनुसार सबैभन्दा पहिला पूजापाठ हुने गणेश भगवानको जन्मदिनको अवसरमा दैलेख सदरमुकाममा पनि भब्य पूजापाठ सम्पन्न भएको । स्थानीय गणेश मन्दिर र स्थानीय नारायण मन्दिरमा सम्पन्न भएको गणेश पुराणकै अवसर पारेर दुईवटा रथ निकालेर बजार परिकर्मा सँगै गणेशको प्रसाद समेत बाँडिएको थियो ।  गणेश मन्दिर व्यवस्थापन समितिले स्थानीय गणेशमन्दिरमा गणेशको पूजापाठ पश्चात रथ सहित बजार परिक्रमा गरिएको थियो । बजार परिक्रममा गणेशको अवतार समेत प्रर्दशन गरिएको थियो ।  गणेशचौथीको अवसर पारेर गणेश मन्दिरको थप व्यवस्थापनका लागि १५ लाख रकम बिनियोजन गरिएको नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्रि मल्लले जानकारी दिएकी छन् । सदरमुकामको सबैभन्दा खुल्ला स्थान भएकोले मन्दिर परिषरमा बालउद्यान लगायतका अन्य कामहरु गर्नेबारे प्रदेश सरकारसँग कुराकानी भएको पनि मल्लले बताएकी छन् ।


गणेश मन्दिर व्यवस्थान समितिका अध्यक्ष गणेश श्रेष्ठले यस अघि घुम्तिको भाडामार्फत मन्दिरको पुजारी, मन्दिर हेरचाह गर्ने व्यक्ति र गणेशचौथीको पूजापाठमा सहजता भएको भएपनि अहिले कुनै पनि स्रोत नभएकोले समस्या भएका बेला नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्का, उपप्रमुख सावित्रि मल्ल, वडा नंंं. १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठ, प्रदेश सभा सदस्य अमरबहादुर थापा लगायतले गणेश मन्दिरको दिगो व्यवस्थापनमा देखाएको चासो प्रति धन्यवाद दिदै धर्म र संस्कृति सवैको साझा बिषयहरु भएकोले सवैले आ आफ्नो स्थानबाट संस्कृति जोगाउन सहयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com