Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

१७ जना संक्रमितलाई आयआर्जन स्वरुप बाख्रा वितरण

         ||   23 Views   ||   Published Date : 13th September 2018 |

धमाका संवाददाता
भदौ २६, दैलेख
पोषिलो आहार लगायतको समस्या झेल्दै आएका दैलेखको पश्चिमका १७ जना एचआईभी संक्रमितलाई आयआर्जनमा सहजता हुने उद्देश्य राखेर बाख्रा बितरण गरिएको छ । दैलेखको आठवीस नगरपालिका वडा नं. ३,६ र ८ का १७ जना महिलाहरुलाई सहज रुपमा व्यवसाय हुने र छिटो आर्थिक अवस्थामा सुधार हुने उद्देश्य राखेर बाख्रा बितरण गरिएको आठवीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् । एउटा महिलालाई ४ वटाका दरले बाख्रा बितरण गरिएको र कुल मूल्य ७ लाख ९० हजार रहेको बताईएको छ । बाख्राको बिमा पनि गरिएको वडा नं. ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले बताएका छन् । नगरपालिकाको सहजिकरण र अन्य स्थानीय संस्थाहरुको पहलमा बाख्रा बितरण गरिएको र बाख्रा पालनले संक्रमित महिलाहरुको आय आर्जनमा सहजता पुग्ने उपाध्यायले जानकारी दिएका छन् ।
बाख्रा खरिदका लागि आठबिस नगरपालिका वडा नं. ८ले ८० हजार, वडा नं. ६ ले २ लाख र स्थानीय संस्था समाजिक सेवा केन्द्रले ५ लाख १० हजार लगानी गरेका छन् ।


कामको खोजीमा भारतमा गएका श्रीमानहरुले गरेको असुरक्षित यौन सम्र्पकबाट एचआईभि संक्रमणको सिकार भएका पुरुषहरुकै कारण दैलेखको पश्चिम क्षेत्रका महिलाहरु धेरै पीडामा परेको र सामान्य सहयोगले जीवन गुजारामा सहयोग पुग्ने बिश्वास गरेको वडा नं. १ का वडाअध्यक्ष पर्वसिंह विश्वकर्माले बताएका छन् ।
आठबिस नगरपालिकामा ४ जना एचआईभी संक्रमितका लागि खुद्राखाद्य पसल र चिया पसल संचालन लगायतका बिभिन्न खाले सहयोगहरु संक्रमित परिवारलाई प्रदान गरिदै आएको
छ ।
अहिले ए आर टी औषधि पनि स्थानीय स्वास्थ्य चौकीबाट प्राप्त हुन थालेपछि धेरै सहज भएको संक्रमित महिलाहरु बताउँछन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com