Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

गहना तीज र तीन प्रतिशत व्याज

         ||   8 Views   ||   Published Date : 13th September 2018 |

समाचार टिप्पणी
भदौ २६, दैलेख
महिलाहरुको महान पर्व हरितालिका तीज आज सकिदैछ । तीजको अवसरमा महिलाहरुले आफ्ना श्रीमानको दिर्घायु लगायतको कामना राखेर वर बस्ने चलन पनि निकै धेरै समयदेखि चल्दै आएको छ । तीजलाई बिशेष तरिकाले मनाउने प्रचलन पनि छ, माईतिको घर भन्दा निकै टाढा गएका चेलिबेटीहरु माईतिमा आउने दाजुभाई तथा दिदिबहिनीहरुसँग भेटघाट गर्ने, समस्या साँटासँट गर्ने दुःख र पीडाहरुलाई गितका माध्यामबाट उजागर गर्ने जसता कामहरु विगतदेखि हुँदै आएका छन् । अहिलेपनि त्यही चलनलाई धेरैले मनन गर्ने गरेका छन् ।


परिस्कृत संस्कृतिहरुलाई ध्यान दिने हो भने अहिले तीजलाई गहना प्रर्दशन गर्ने गलत संस्कृतितर्फ ब्याख्या र बिश्लेषण गर्ने चलन पनि धेरै हुन थालेको छ । यही समस्याका कारण धेरे मानिसहरु एकछिनको सामाजिक मर्यादा उच्च राख्नका लागि सुन पसलबाट उधारोमा सुन किन्ने उक्त सुनको तीन प्रतिशत सम्म चर्को व्याज तीनुपर्ने र पुनः कारोवार टुंगाउनका लागि अर्कोसँग व्याजे रकम निकाल्नुपर्ने जस्ता बाध्यताले पारिवारीक कलह धेरै हुने गरेका उदाहरणहरु समाजमा सुन्न पाईन्छ ।
तीज पर्वभित्र रहेका सकारात्मक र राम्रा कुराहरुलाई सवैले अँगाल्नुपर्ने देखिन्छ भने नकारात्मक संस्कारहरु भएमा र नकारात्मक सन्देश दिने कुराहरु भएमा त्यस्ता कुराहरुलाई त्यागेर आफ्नो क्षमताका आधारमा तीजलाई व्यवस्थित गर्न सकेमा मात्र तीजले राम्रो सन्देश दिन सक्ने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com