Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

प्रदेशमा कर्मचारी पठाउन ढिलाई कहिलेसम्म

         ||   8 Views   ||   Published Date : 11th September 2018 |

पहिलो आर्थिक मसान्त सकिन केही दिन मात्र बाँकी रहँदा कर्णाली प्रदेश सरकारको प्रगतीले पनि यो वर्षलाई समेत समस्या हुने देखिएको छ । प्रदेशको नीति र कानुन निर्माणमै देखिएको समस्याले यो वर्ष पनि कर्णाली प्रदेश सरकारले भनेबमोजिम बजेट खर्च गर्न नसक्ने देखिएको छ ।
जवसम्म बजेटको पूर्ण कार्यान्वयनको बाटो समयमै खुल्दैन तवसम्म प्रदेशका सबै विकास प्रक्रियाहरुमा समस्या कायमै हुने देखिएको छ । नीति निर्माणको तहमा देखिएका समस्या मात्र हैनन् अहिले कर्णाली प्रदेशभरी करिव ३ सय बढी कर्मचारी अभाव हुनु, बिभिन्न बिषय बिज्ञहरु समेत कर्णालीमा जान आनाकानी गर्नुले कर्णाली प्रदेश सरकारको नीति कार्याक्रम कार्यान्वयनमा निकै ठूलो समस्या हुने देखिएको छ ।
प्रदेशको गरिवी घटाउने, प्रदेशका धेरै युवाहरुलाई रोजगारी दिने योजना बनाएको सरकारले बजेट खर्च गर्ने बिधि र पैक्रियामै अन्यौलता सृजना हुने हो भने यो वर्ष पनि विकासले गति लिन नसक्ने देखिएको छ । केन्द्र सरकारले पनि यसवारे तत्काल योजना निर्माण गरेर अटेर गरेर बसेका कर्मचारीहरुलाई काममा खटाउनुपर्ने अहिलेको आवश्यकता हो । अर्थ मन्त्रालय र कृषि मन्त्रालयको मात्रै सामान्य बिश्लेषण गर्ने हो भने करिव १ सय जना बढी कर्मचारीहरु अभाव छन् यस्तो समस्या समाधानका लागि प्रदेश सरकारले पनि तत्काल अपायको खोजी गर्नुपर्ने देखिएको छ । प्रदेश भरीको बजेट बिनियोजन गर्ने, अनुगमन गर्ने निकायमा नै कर्मचारी अभाव हुने हो भने कसरी जनताहरुले बिकासको महसुस गर्न सक्छन् । यसवारे केन्द्र सरकार र प्रदेश सरकार समयमै गम्भिर हुनेपर्ने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com