Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

स्तनपान कक्ष स्थापना

         ||   48 Views   ||   Published Date : 11th September 2018 |


धमाका संवाददाता
भदौ २५, दैलेख
नारायण नगरपालिका दैलेखले नगरपालिकामा सेवा लिन आउने महिला सेवाग्राहीहरुका लागि स्तनपान कक्षको स्थापना गरेको छ । कर्णाली प्रदेशकी सांसद मिनासिंह रखालले उक्त कक्षाको स्थापना गरेकी हुन । साना बालबालिका लिएर सेवा लिन महिलाहरुले आरामले बसेर स्तनपान गराउने सुबिधा सहितको स्तनपान कक्ष संचालनमा ल्याइएको हो ।


सांसद मिनासिंह रखालले नारायण नगरपालिकाले महिला सेवाग्राहीको मागलाई पूरा गरेको भन्दै धन्यबाद दिएकी थिइन । उनले महिलाका मुद्दामा बढि भन्दा बढि काम गर्न उत्साही हुन पर्ने बताईन । बहुक्षेत्रीय पोषण योजना लागू भएका स्थानीय तह सार्वजनिक निजि र औपचारिक र अनौपचारिक कक्ष स्थापना गर्ने कार्यक्रम अनुसार स्तनपान कक्ष स्थापना गरेको नारायण नगरपालिका दैलेखका स्वास्थ्य शाखाका प्रमुख लाल बहादुर खड्काले बताए । उनले महिला दिदिबहीनी सेवा लिन आउदा बच्चालाई स्तनपान गर्न गाह्रो भन्ने माग आएपछि,नगरपालिकाले त्यसलाई ध्यानमा राखेर स्तनपान कक्ष स्थापना गरेको बताए । नारायण नगरपालिका दैलेखका कार्यवहाक नगर प्रमुख सावित्रि मल्लले महिला दिदिबहीनीहरु बच्चा सहित सेवा लिन आउदा आफैले समस्या देखेको थिए आज त्यो समस्याको अन्त्य भएको छ । अझै नारायण नगरपालीकाले महिलाका क्षेत्रमा र सेवा दिने सवालमा नगरपालीकाले बिभिन्न योजनाहरु संचालनमा ल्याउने मल्लले बताईन । नगरपालीकाको गेटको अगाडी सानो घर कोठा निर्माण गरि चियर कुसुम राखिएको छ । नेपाली नारीहरुको महानचाँड हरितालीका तिजको अवसर पारे उक्त कक्षको स्थापना गरेको नारायण नगरपालीका निमित्त प्रमुख गणेश कोइरालाले बताए ।
नगरपालिका र अन्य स्थानमा महिलाहरुलाई नारायण नगरपालिका दैलेखले आज दर खुवाएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com