Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

अर्थका बिज्ञ स“गै मन्त्रालयमा अ“झै २४ कर्मचारी अभाव स्टाफ मिटि· बस्दा तीन चरण बस्नुपर्छःकर्मचारी

         ||   26 Views   ||   Published Date : 10th September 2018 |

धमाका संवाददाता
भदौ २४,सुर्खेत
कर्णाली प्रदेशका १० जिल्लाको बजेट योजना निर्माण गर्दै आर्थिक संम्बृद्धिको महत्वपूर्ण जिम्मेवारी लिएको आर्थिक मामिला तथा योजना मन्त्रालयमा कुल ४७ दरबन्दी मध्ये पाँच विज्ञ सँगै अँझै २४ कर्मचारी उपस्थित भएका छैनन् । नयाँ आर्थिक वर्षको बजेट बिनियोजन सँगै खर्चको पहिलो चौमासिक अवधिको मध्य पुग्न लाग्दा पनि बिनियोजन भएको बजेट, स्वीकृत भएको कार्यक्रम, अख्तियारी जारी भएको छ तर खर्च गर्ने बिभिन्न इकाईहरु खडा भएका छैनन् जसका कारण बजेट खर्च हुन सकेको छैन् ।
मन्त्रालयलाई आवश्यक पर्ने कानुन मअधिकृत, तथ्याँक अधिकृत, प्लानिङ्ग अधिकृत, अर्थशास्त्री, आईटी ईन्जिनियर छैनन् जसले गर्दा अन्य कामहरुमा समस्या देखिएको छ । अर्थ मन्त्रालयका प्रवत्ता दिलिप के.सी.ले जानकारी दिएका छन् । साविकको क्षेत्रीय शिक्षा निर्देशनालयको जिर्ण र अप्रयाप्त कोठाहरु भएको भवनमा मन्त्रालय छ । कर्मचारी बस्ने आवासको व्यवस्था छैन्, सवारी साधन अप्रयाप्त छन् । सचिवको कार्यकक्ष समेत साँगुरो छ ।

दशजनाभन्दा बढी पाहुनाहरु एकै पटक आएपछि स्थान अभाव हुन्छ । यती मात्र हैन स्थान अभाव भएकै कारण स्टाप मिटिङ्ग बस्नु पर्ने भयो भने तीन चरणमा बैठक बस्नुपर्ने बाध्यता छ ।
सरकारले प्रदेशको संरचना सँगै आवश्यक जनशक्ति र पूर्वाधारलाई पनि सँगसँगै समाधान गर्नुपर्ने कुरा उठेपनि एक बर्ष बितिसक्दा अर्थ मन्त्रालय मात्र हैनन् कर्णाली प्रदेशका सबै मन्त्रालयहरुमा कर्मचारी अभाव कायमै रहेको छ । प्रदेशका सवै कार्यालयमा रकम बिनियोजन गर्ने अर्थ मन्त्रालयको महत्वपूर्ण मानिएको लेखा नियन्त्रक कार्यालय डिभिजन सहकारीमा बसेको छ । सबै कारोवार बेभसाईडमा गर्नुपर्दछ, रकम निकाशा गर्न समेत भवन अभावले समस्या भएको प्रवत्ता के.सी.ले बताए । प्रदेश सरकारको मातहतमा आएका कुराहरुको अहिलेसम्म बरबुजारत नहुनुले पनि मन्त्रालय व्यवस्थापनमा चुनौती देखिएको कर्मचारी बताउँछन् ।
मन्त्रालयमा भएका समस्याहरुको बारेमा संघलाई जानकारी गराएको मन्त्रालयका सचिव डुण्डिप्रसाद निरौलाले बताए । निरौलाले भने बिभिन्न बिषयका ९ वटा एनेहरु, २ वटा नियमावली र १ कार्यविधि तर्जुमा गरिएको छ । संघीय सरकारबाट समपुरक अनुदान, बिशेष अनुदान प्राप्त गर्ने प्रक्रियाको लागि आयोजनाहरुको सूचि सहित संघीय सरकारलाई पठाएको निरौलाले जानकारी दिएका छन् ।
कर्णाली प्रदेशको कुल बजेट २८ अरव, २८ करोड २८ लाख २८ हजार बिनियोजन गरेको प्रदेश सरकारले एउटै डालोमा बजेट बिनियोजन गरेको थियो । भदौं मध्य सम्ममा कतिपय मन्त्रालयहरुले डालोमा राखेको बजेटको बाँडफाँड गरेर बेभसाईडमा राखेको भएपनि कतिपय मन्त्रालयले अँझै बाँडफाँड गर्न सकेका छैनन् । अहिले अर्थ मन्त्रालय बिनियोजन भएको बजेटको खर्चको बारेमा ऐन, नियम र निर्देशिका जारी गर्ने तयारीमा रहेको छ । संघ र प्रदेशको कार्यबिस्तृतिकरण किटान हुन नसक्नुले पनि प्रदेश सरकार बजेट खर्च गर्ने बाटोमा अन्यौलतामा देखिन्छ ।
यस्ता छन् समस्या र चुनौतिहरु
संविधानको अनुसूचिमा उल्लेख भएअनुसार कतिपय एकल अधिकारका बिषयहरु संघीय कानुनहरु बनेपछिमात्र प्रदेश कानुन बनाउनुपर्नेमा संघिय कानुन बन्न ढिलाई भएकाले सोही अनुसार कानुन बनाउन समस्या भएको छ । संघ, प्रदेश र स्थानीय तहका अधिकारहरुमा दोहोरोपना रहेका कारण कार्यान्वयन तथा समन्वय गर्न समस्या देखिएको छ भने समन्वय संयन्त्र पनि तयार भएको छैन् ।
अफ बजेट अफ ट्रेजरी (गैर बजेटरी)
माध्यमले प्रदेश तथा स्थानीय तहमा अप्रत्यक्ष रुपमा संघीय संरचना मार्फत दाताको सहयोग परिचालन हुँदा बित्तिय अनुशासन कमजोर हुने र दोहोरोपना हुने स्थिती रहेको छ ।
विनियोजित बजेट निकासा तथा भुक्तानी आदेश जारी गर्न जिल्ला जिल्लामा प्रदेशको आफ्नो संरचना नभएको । महालेखा नियन्त्रक कार्यालयको भरोसामा रहेको । अख्तियारी अनुसार निकासा तथा भुक्तानी दिने कार्यविधि बन्न सकेको छैन् । मन्त्रालयले स्वचालित रुपमा प्रतिवेदन प्राप्त गर्न सक्ने अवस्था नभएकोले राजस्व तथा खर्चको अवस्था एकिन गर्न मलेनिकाको भर पर्नुपर्ने समस्या अहिलेपनि प्रदेश सरकारको अर्थ मन्त्रालयमा कायमै रहेको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com