Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

 आश लाग्दो धर्म सनातन र त्राश लाग्दो विकास मेरो शिव दर्शन यात्रा महाबु

         ||   6 Views   ||   Published Date : 2nd September 2018 |

रण बहादुर ऐरी 
ॐ त्रैम्वकृम यजामहे सुगन्धी पुष्टि वर्धनम उर्वा रुक मिव कबन्धनातःमृत्युमोर्कक्षय मातृतातः मैले लेखमै लेख्ने गरेको छु जिल्ला दैलेखको स्वर्णीम स्थानहरुमा देविदेवताको बाँस र आशलाग्दो धर्म र त्रासलाग्दो विकासको शन्दर्भ जोडिएकोछ जोहो महाबु शिवलिङ्ग जो यो भन्दा अघिको लेखमा मैले लेखि सकेको छु । कसरी प्राप्त भयो शिवलिङ्ग र कसले पुजा गर्छन कसरी पुजाहुन्छ आदि इत्यादि अब लागौं लाखौं भक्तजनको कतिको आस रहेछ त हाम्रो हिन्दु धर्म सनातन र चार बेद र संस्कार संकृतिको साथ हाम्रो राष्ट्र धर्म         निरपेक्ष हुँदा पनि यो आस्था झल्कीन्छ । महाबु दर्शन गर्दाको धर्मको आँस “विकासको त्रांस के रहेछत वास्तविकता” महिना भाद्र तिथि चतुर्दशि २०७५÷५÷८ गते प्रस्थान स्थान हो । जिल्ला दैलेखको पवित्र पावन भूमि ना.न.पा वार्ड नं. १ बाट अनादी भगवान शिब शंकरको शिबलिङ्ग दर्शन गर्न जाँदा शुरु भएको दैलेखबाट खुर्सानीबारी–भैसीखोर–भवानी–छान्ना–दशरथे–ओखरबाँस–पिढेगौडी–भाँवरशैनी–नाँउली हुँदै उनपाटा जहां लिस्नेको भिर तल हेर्दा भिर माथि हेर्दा भिर दांया हेर्दा भिर बाँया हेर्दा भिर तर शिवको अशिम अनुकम्पा हो आज सम्म कहि–कतै कहिले पनि मानबिय क्षति भएको अवस्था यहां छैन ।         परापूर्वकालमा उत्पन्न भएको शिवरुपी लिङ्ग र शिव महिमा प्रति कति रैछत नेपाली जन्ताको आश लाखौं दर्शन अभिलासी भक्तजनको लाभबद्घ ओइरो लागेको यो दृश्यले सनातन धर्म प्रति मान्छेको आगाध मायाँ र उनै अनादि भगवान बाट आ–आफ्नो इच्छा परिपूर्तिको ठूलो आस लाग्दो आशिर्वाद लिन हजारौं भक्तजन जिवनको बाजि थापि ठ्याक्कै भन्नु पर्दा सगरमाथाको आधा जति उचाईमा अवस्थित ४,२०० मिटरमा अवस्थित शिव भगवानको महिमा वखानी–वखानी भजन कृतन गर्दै मांगल ,फांग गाउदै स्रुति स्मृतीको भावना जगाउदै जो दैलेख जिल्लाको मनमोहक भूमि जहां एकैठांउमा सालका रुखछन् , सल्लाका रुखछन् त्यही गुंराँस राष्ट्रिय पूmल फुलाउने रुख छन् । उत्तीस ,कटाउस ,बाँज ,फलाट ,सुन्तला ,कागति, काफल, नास्पति, चिउरा, मेवा, अम्बा, अनार, आँप, अंगुर, जौं, तिल, गहँु, कोदो, मकै, भटमास, मांस र धान, आरु, खुर्सानी, जस्ता तराई देखि पहाड सम्म फल्ने सम्पूर्ण प्रकृतिले दिएका चिजविज फलफूल नदिनांला र मनमोहक जंगल देखि औषधीले भरिपूर्ण पाटन, जहां बुकि, चिराइतो, भुतकेश,सतुवा, बिष,डाँलेचुक, जटामसि सजियेका औषधिजन्य भरिपूर्ण पाटन, जहां उकालोमा हिन्दा–हिन्दा थकान लाग्ने जैविक विविधताको भाग्यमानिमध्य पहाडी जिल्ला जो खर्गकि रानी राराताल र छांयानाथ मुगुमा पर्दछ । त्यो भन्दा पनि जैविक भौगोलिक, धार्मिक तिर्थस्थलले         भरिपूर्ण जिल्ला र पंञ्चकोशीको तिर्थस्थलमा रहेका गेस खानि, ठाँउ–ठाँउमा भेटीन सक्ने तामा खानी, फलाम खानी धार्मीक सम्पदाको स्वर्गकी रानि र जल जंगल जैविक विविधताको धनि जिल्ला दैलेखको महाबु शिवस्थलको धार्मिक पर्यटक स्थल बन्न सकेको खण्डमा के महत्व बोक्ने थियो त यो स्थलको महात्म्यले भन्ने कौतुहल लागेर आयोनै धार्मीक स्थलको खानीले मलाई दुईचार प्रशंग नअघाईकन लेख्दा आफै कहां–कहां वहकिए जस्तो लागेर आयो पुगेको थिए ज्यानको बाजि लगाएर यहां दर्शन गर्ने दशर्न अभिलासी भक्तजन किन जान्छन त्यहां किन हिड्दा–हिड्दा थकानको महशुस गर्दैनन् ल हेरौं मैले आफैले दर्शन गर्न जादाका यी दृस्यहरु धर्म निरपेक्ष भई सकेको मेरो देश नेपाल सम्पूर्ण दाजु, भाई, दिदिवैहिनी, आमावुवा, दलित, आदिवासी जनजाति बाह्रमण, क्षेत्री, वैश्य, शुद्र सबै हामी संस्कार, संस्कृति, बेद, विचार, नैतिकता र भेष भुषा अंगाली बसेका गरिब नेपाली तर धर्म सनातनका धनी नेपाली भन्ने जो सगरमाथाको आधा उचाईमा रहेको महावु लाखौ भक्तजन लाभबद्ध भई लाखौंको संख्यामा हिडी जाने र ट्रयाक मात्र खुलेको ढुङ्गै ढुङ्गामा गाडी उफ्री–उफ्री जाने र कहांको       भिरबाट हामी खस्ने हौं । कहां गाडी खसेर दुर्घटना हुने हो यो शब्बै बिर्षेर भजन, कृतन,मांगल,पंmाग झ्यउरे लप, देउडा, ठाडी भाखा गाउँदै ज्यानको समेत माँया मारि भक्तजन टाढा–टाढाका छिमेकी जिल्ला समेतबाट दर्शन गर्न आउनुको के रहस्य रहेछत जो विकट जिल्ला कालिकोट, जुम्ला,  जाजरकोट, अछाम जिल्ला सम्म जोडिएकै भेग महावु शिवमा दर्शन गर्न जान्छन । लाखौँ लाख दाजुभाई दिदि बहिनी भन्ने प्रशंगमा लागौं आदी काल देखि यो आफै प्राकाट्य शिवलिङ्गको केछत चमत्कार, केछ त कहिमा, के छत आशिर्वाद भन्दा, जन विश्वास रहि आएको छकि एउटा चितएको वर माग्दा आँशुतोष भगवान एक मात्र इच्छा पुरा गरिदिने ऐतिहासिक जन विश्वास रहि आएको प्रस्ट भूमि देखियो । पहाडमा जन्मेता पनि तराई तिरै बसोबास गर्ने म जस्तो ९२ किलो तौल भएको लेखक बिष लाग्छ भन्थे मान्छेले अनेकौ जडी बुटी बुकी बिष जस्ता औषधि पाईने हुनाले साइन्टीफिक भाषामा अल्टी च्युट लाग्छ भन्थे जानकारले तर भक्ति भावले त्यो बिषत कहां हो कहां मत झन दश थपेर तिस पु¥याई तिसकै        रेसियोमा उकालो चढेर पुगे दर्शन गर्न महावु शिवमा म जस्ता लाखौं भक्तजनहरु अविरल वर्षा बिर्सि,          भिरको बाटो बिर्सि, बिष लाग्छ बिर्सि, अल्टी च्युट लाग्छ बिर्सि हात हातमा त्रिशुल घण्ट अगरधुप फुल–पाति, जौँतिल, चरु दिन घिउ, तेल र पकाएका खानाका पदार्थ बोकि दुःख खेपि आ–आफ्नो गच्छे अनुकारका सामान पिठ्युमा बोकी हिन्दाको पीडा समेत बोकिदा पनि पिडै बिर्सेको दृश्य हेर्दा काठमाण्डौंको हाम्रो देशका जो महादेव पशुपति हुन उनै पशुपति शिव लिङ्गको रुपमा स्वयंम प्रकट भए र दिन दुखीको उद्धार गर्न अग्लो           सगरमाथाको आधी चुचुरोमा अवस्थित रहेको भान भयो र लाग्यो मलाई           राजधानिमा रहेको चिडीयाखाना बनाए यहां बन्न सक्दो रहेछ, किन भन्दा त्यहां भन्दा मनमोहक चौगुना थरी थरीका जंगल यहां छन् , यहां जुनसुकै जिवजन्तु फस्टाउन सक्दा रहेछन् । पञ्चकोशी माता उमाको अंग पतल भएका, तिर्थ स्थल यहिछन् जहां       कोटीला, श्रीस्थान,नाभस्थान, पादुका, धुलेश्वर, भैरवी, विन्ध्यावासिनी र     द्वारी झर्ना यहिछन, नदिनाला निरिह वगिरहेकाछन् । उत्तरमा मुगु, जुम्ला, छायानाथ र ऋण मोक्ष, हांकु ताल, ठाकुरज्यु, कनका सुनदरी र छिमेकी जिल्ला कालीकोटमा चुलीमालीका, पुर्गमालीका ,वाजुरा बडीमालीका, अछाममा वैज्यनाथ धाम अवस्थित         रहेको छिमेकी जिल्लाको धार्मीक स्थलहरु छन् हाम्रा राज्यका अगुवा, भरभला दमी, बुद्वीजिवी, मानव अधिकारबादी नागरिक समाज, कर्मचारीतन्त्र र पत्रकार यी सबैका आँखा काठमाण्डौमा मात्र केन्द्रित        रहेका छन त के नेपाल देश भनेको काठमाण्डौं मात्र हो त जहां अथा विकास भई सकेकोछ, शिक्षा त्यही, अस्पताल त्यही, वैदेशिक रोजगारका सम्भावना त्यही, तिर्थ त्यही, करौडांै मान्छेको बस्ती त्यही, व्यापार त्यही, रक्षा त्यही, सुरक्षा त्यही, अन्तर्राष्ट्रिय विमानस्थल त्यही हजुर राज्यका संञ्चालक र संम्वाहकहरुको एकनजर हाम्रो दैलेख जिल्लाको पन्चकोशी देखि लिएर सम्पूर्ण धार्मिक स्थल तर्फ पनि यसो छड्के नजर लगाई दिनुहोशन हजुर म तपाईलाई महावु शिवमा दर्शन गर्न जादाको पीडा बिर्सेर विन्ति भाउ गर्छु दश औला जोडी शिर निहुराई घोप्टे पर्दै अझ विचमै भौतारीएर प्रशंग अर्को तर्फ अगेको आभाष भयो मलाई मत लाग्छु महावु तर्फनै यहाँ चिडीयाखाना बनाए हुन्छ यहां जु          संरक्षण गरे हुन्छ । म तपाई नीति निर्मातालाई के विन्ती चढाउन चाहन्छु भने खुर्सानीबारी, भैसाखोर, भवानी, छान्ना हँुदै दशरथे ओखरबास, पिढे गौडी, भावरसैनी, नाउली, उनपाटासम्म चीडीयाखानाको लागि सुरक्षित र सुनौलो मनमोहक जल जंगल भएको ठांउछ चिडियाखाना बनाई पर्यटक भिœयाउन ढिलो नगर्नुहोस, यसै आंबमा गौदको योजना तयार पार्नु होस, पाटनमा लाखौं नरनारी भक्तजन बस्ने एउटै भंैशीगोठ जस्तो धर्मशाला बनाएको पाइयो त्यसमा पनि झ्याल ढोकै नभएको र गाई भैंशी, भेडा बाख्रा हुलि गोठ शालामा परिणत भएको पाईयो शिव शक्तिको आराधनाले तानेका भक्तजनहरु मुसलधारे वर्षामा हिडेको धर्मशालाको आषमा जादा धर्मशालामा फोहरको थुप्रो पन्छाई म्याट पाल विछ्याई ओत लाग्न खोज्दा दुर्गन्धले नाक च्यापि च्यापि बसेको हृदयविदारक दृश्य अबलोकन हुँदा मलाई लाग्यो देश भनेको काठमाण्डौं मात्र रहेछ योत योजनाकारहरुको         रद्धी टोकरीको भेष रहेछ भन्ने लाग्यो, तपाई काठमाण्डौंलाई मात्र केन्द्रित गरि योजना नवनाउनु होश, योजना यो शुन्दर भूमि महावु जाने पाटनमा पनि काँट छाँट गर्नुहोश । यो पवित्र शिव भूमिले तपाईका पुस्तौं पुस्ताका भावि शन्ततीहरुको सुनौला भविश्यको भावी रेखा महावु शिवले पनि पशुपतिनाथ कै जस्तो आशिर्वाद दिनेछन् । यहां धर्मशालामात्र निर्माण गर्ने जमर्को गरि बिपन्न वर्गका लाखौं श्रदालु भक्तजनको आत्मा कुण्टीत गर्ने कनीका छर्ने बजेट नछुट्ट्याउननुहोश यहा त देशकै मुहार चेन्ज गर्ने गरी योजना बनाउनुहोस यहा चिडीयाखाना खोल्ने बजेट बिनियोजन गर्नुहोश यहाँ ठूल ठूला जडी बुटी प्रशोधन गर्ने कलकारखाना खोल्ने बजेट ल्याउनुहोस् यहाँ ठूल ठूला भवन विल्डिङ्ग बनाई महावु जाने पाटनमा सेवा सुविधा जनक विल्डिङ्ग बनाई पर्यटक भिœयाई चिडीयाखाना अवलोकन गराउनुहोस् लाखौं भक्तजन धार्मीक पर्यटक स्थलको घोषणाको पर्खाईमा छन् छिटो धार्मिक पर्यटक स्थल महावु घोषणा गर्नुहोस् नबिर्सिनोस अवश्य तपाई र तपाईको भावि शन्ततीलाई महावु शिव उनै अराध्य देव पशुपति भएकाले अवश्यमेव समुन्नतीको बाटोमा लम्काउने छन् । अहिलेको अवस्थामा दर्शन गर्न जादा महिला–पुरुष दाजुभाई दिदिबहिनी बृद्व आमा बुवाहरु शौचालय नहुदा धार्मीक पर्यटक स्थल जाने पाटनमा खुल्ला शौचालय गर्न बाध्य भएका छन् सयौं शौचालय निर्माण गर्नुहोस् जहां शिवशंकर अवस्थित छन् । त्यहां गंगावल त्रिवेणि गंगा, सिन्धु सरस्वते चः यमुना गोदावरी, नरवदा, कावेरी सरयोमहेन्द्र तनया चन्द्रावति वैदीका, छिप्रा, विप्र नदे, तथा शुसदे ख्याता गंया गण्डेक पुर्णा पुर्णतरो समुन्द्र सहिताम्ः कुरुवन्तनो मंगला यि शप्त नदि बहेकै हुन्छन् । हाम्रो देशको दैलेख जिल्ला र कालीकोट जिल्लाको सिमानामा अवस्थित पाटनको त्रिवेणि जललाई सानो नठानी यसै पवित्र जलबाट पानी टंकी निर्माण गरी पवित्र पावनी गंगाजल जस्तै मानि भक्तजन भिœयाई भार्मीक पर्यटक स्थल घोषणा गर्न नभुल्दा अर्थतन्त्रमा देशले          अमेरीका जस्तै फड्को मार्न सक्दथ्यो, यहां गौपालन गर्दा राधा कृष्ण पनि शिव साथै रमाउदथे होला । यो योजना पास गर्न नभुलौं यहां बास बसि चतुर्दशीमा जनै पुर्णि नजिक पुजा लाग्ने र तिलक प्रशाद ग्रहण गरी श्रदालु भक्तजनहरु घर फर्कीदा सम्म लाखौं मान्छेले चढाएको भेटी र खादा सुत्दा, नुहाउदा र पित्रीहरुलाई जल अर्पण गर्दा समेतको भेटीले मात्र करोडौं रुपैंया आम्दानी सुनिश्चित हुन्थ्योहोला । अवलागौं त्रिवेणि पाटनबाट उकालो जाँदा सिमेन्टको सिडी बनाई लहरै जाँदा तराईका फाँट फाँट र उच्च पहाडहरु देखिने हुनाले मज्जाले दृश्य अवलोकल गराउन सिडी बनाउ, पानी धारा बाटो बाटोमा निर्माण गरी महाबु शिवलिङ्ग दर्शन सम्म पु¥याउ र शिवलिङ्ग अवस्थित रहेको विच पाटनमा ठुलो शिव धाम मन्दीर तयार गरी शिव भगवान को अमुल्य ठुलो मुर्ती निर्माण गरौ र ठूलो मन्दीर तयार पारौ देवी देवताका मुर्ती राखौ प्राकट्य भगवान शिवलिङ्गको दर्शन गर्दा रोग, सोक,र भोक मेटीने अकाल मृत्यु नहुने शुरुमा मैले भक्ती मन्त्र लेखेको मन्त्र जप गरी परम शुख समृद्धिको बाटो अवलम्वन गर्न नीति निर्माता नचुकौ यो दर्शन गर्न जाँदा विकृतिको बाटोमा लागेका जिउदा नर पिशाच भक्षा पक्ष खाना शेवन गरी आनन्द लिने  नरकाशुरहरुलाई वेद, विचार, संस्कार र लतमा लगाउन वेद र विचार दिउंm जस्तो शिव धाम दर्शन गर्न जादा निन्न चोखो भएर जाने भार्ग पाहि ल्याउ । जस्तो मांसु बाट संखौ कोष दुर छन । सरापबाट अनगन्ती कोष दुर छन भनिन्छ शिवशंकर , भांग धतुरो खान्छन सर्पको झाला लगाउछन हामीले लगाए के हुन्छ । हामा नर पिशाचहरु गलत बाटो समाते र भेडा च्याङ्गा मार्ने सोम            रष भक्षण गर्ने,सुराशुन्दर मोहमा ल हुने , कुकृतीको मज्जा लिने, र तुलना शिव भगवान संग गर्ने लाई यो शन्देश अर्पण गर्न चाहन्छ कि तपाई एउटा सर्पको माला लगाएर देखाउन सक्नुहोस जो नागराज शिव भगवानको अलंकारीक माला हुन र शुषोभित गहना हुन, शिव भगवान पापको मोचन गर्न धर्मको उजागर गर्न कालकुट बिष शेवन गरि निलो शरीर र निलो अनुहार हुदा निलकण्ठ कहाँ लिएका हुन, माता पार्वती साध्वविको संगमा रही श्रृष्टी       संसारका माता पिता र आर             अक्षेरीय विद्याका खानी हुन तपाई एक छोरा, छोरीलाई राम्रो गरेर देखाउनुस जो विध्याका खानी, दयाका शागर, मन्त्रका गुरु, कालका कालहुन तपाई त्यो त कहां हो कहां आफ्नो जिवनको रक्षा गरेर देखाउनुहोस यो हो लिला, यो हो कला, यो हो प्रसाद तपाई मैथुनी संसारबाट एउटा दुईटा बाल बच्चा जन्माई हुर्काउन सक्नु हुन्न जो पिता शिव र माता पार्वती हुन श्रृष्टी संसारका माता पिता र धर्मका खानी भएका हुनाले नर पिशाचहरु लाई मन्त्र द्वारा अभिमन्त्रीत गरी धर्म कर्मको बाटोमा लगाउन सरकारले धार्र्मिक पर्यटकीय स्थल घोषणा गरी शान्ति सुरक्षा अमनचयनको धार्मिकबाटो खोल्न गौरवको योजनामा ल्याउन नभुल्नुहोस महावु पनि बनाए उनै शिव हुन जो पशुपति हुन, एक दिन अवस्यमेव महावुलाई हामी पशुपती जतिकै विकसित र अझ लेकाली जडीबुटीको भण्डार भएको प्राकृतिक शौन्दर्यले          भरिपूर्ण पशुपति वस्तै दर्शन गर्न सक्ने र वस्ती वस्तीमा पशुपति हुन सक्ने         रहेछ महावु झन ठुलो पशुपति हुन सक्ने हँुदा नीति निर्माता, भरभलाद्मी, बुद्वीजीवि, कर्मचारी, समाजसेवी,      नागरिक समाज, संस्कृती तथा पर्यटन मन्त्रालय पत्रकार, आदिवासी जनजाति, श्रदालु भक्तजन जो ज्यानको बाजी थापेर दर्शन गर्न जान्छन्, उहाँहरुको सेवा सुविधा र महावु दर्शन गर्न जान आउदो साल पहाडै खसेर रोड ब्लक हुने स्थिति नरहोस केन्द्र सरकार, प्रादेशिक             सरकार र स्थानीय सरकारको सम्पूर्ण ध्यान महावु शिवले केन्द्रीत गराई अवस्यमेव चिल्ला सडक र उल्लेखित योजनाहरु पूर्ण गर्ने सदबुद्धी पलाई देवश भन्दै म महावु शिवमा शिर निहुराई नमन गर्दै विदा हुन्छु । फेरी दैलेखको विकाश र धार्मिक पर्यटक स्थलका योजनाले राष्ट्रनै आर्थिक उन्नतिको फट्को मार्न सक्छ भन्ने बिन्ती विसाउदै
विट मार्छु ॐ नमो शिवाय ः लेखकः रण बहादुर ऐरी      कार्यलय प्रमुख  ने.खा.सं. शाखा दैलेख

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com