Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

वातावरण र माटोमा असर पार्ने प्लाष्टिक जन्य वस्तुको प्रभाव

         रण बहादुर ऐरी ||   15 Views   ||   Published Date : 20th August 2018 |

 

 

रण बहादुर ऐरी
हाम्रो मुलुक गरिब हुनु र शिक्षा दिक्षा र अनुशासनको मर्यादानै नाघ्ने वा चटक्क आफ्नो देशको भेषभूषा चाल चलनलवाई खवाईरितिरिवाजधर्म समापन सबै बिर्सेर होला नेपालमा विश्वकै बढी माधक बस्तु पेय बस्तु सुर्ति खैनि र नुडल्सहरु सुर्तिजन्य गुटखा, नेहा सुपारी चिया पत्ति आदि ईत्यादी आयातित वस्तुहरु सम्पूर्ण सामान प्लाष्टिकमा प्याकिङ्ग भई आउने र किनबेच हुने सामानहरु पनि प्लाष्टिकै थैलामा प्याकिङ गरेर सामानहरु ओसार पसार हुने गर्दा हाम्रो देशका निति निर्माताहरु जलवायु प्रदुशण न्यूनिकरण र वातावरणमा पर्ने असर यति वर्ष भित्रमा न्युनिकरण गर्छांै ।
यसमा विदेशका राष्ट्रहरु पनि हाम्रो देश संग साथ दिन्छन र हामि यो यूनिकरण गरि विश्वनै वातावरण पर्यावरण र जलवायु प्रदुषणको शिकार जनतालाई हुन दिदैनौ भन्ने बडेमानका भाषणबाट कहिलै थाकेको देखिदैनन् तर हाम्रो देशको राजधानी काठमान्डौ होस जलेश्वरधाम जनकपूर होस अथवा चितवन, बुटवल, विरगंज, भैरहवा देखि महेन्द्रनगर, कञ्चनपूर धनगढी ,डढेल्धुरा देखी सत्तहतरै जिल्लाका सदरमुकाम किन नहुन प्रकृतिले दिएका सुन्दर ताल तलैया नदि नाला जल जंगल देखि ढुङ्गा मुढा र घरका भित्ता पनि खैनि सुर्तिजन्य वस्तु सेवन गरि पान खाई कार्यालय कार्यालयका भित्ताहरुमा समेट थुकी राता निला डाम बसेर सडकका छेउछाउ गल्ली भित्ता दागी देखिने देशै भरिको रोग भईसकेको छ ।
तर हाम्रा देशका नीति निर्माता तथा सरोकारवाला कार्यालय देखि विदेशी संघ संस्था भने प्राय कार्यान्वयन पक्षमा गएको विरलै देख्न सकिन्छ । अव लागौ यी प्लाष्टिक जन्य वस्तुको पर्यावरणीय असर र सुर्ति खैनी, चुरोट विडी, सोमरस, राष्ट्रिय झोल , ट्याङग्री , जिवनजल हिरोईन, ह्याक्स आदि । राष्ट्रिय नामले चिनिने यि बस्तुको स्वास्थ्य र समाजमा पर्ने प्रत्यक्ष असर र वातावरणनै धुमिल भई प्राकृतिक जडीवुटी र जल जंगल र जिव जन्तुमा पर्ने भयानक असर यि कुलतका बस्तुहरु सेवन गर्दा शरिरको मुटु कलेजो नरहदाँ सम्म सेवन गरिनै रहर्ने र मृगौला सकिदा समेट सेवन गरिराखेका उपचार गराउँदाको बिमारीमा परेको असरबाटै जानकारी लिन सकिन्छ गरौ अब काठमान्डौको राजधानीबाटै सुरु कसरी यो अवस्था निम्तिन्छ त ? हाम्रो देशको केन्द्रिकरण राजधानी र जनचाप रोजगारका अप्सन र शिक्षाका ठूलाठूला क्याम्पस काठमान्डौमै, राजधानी काठमान्डौमै वैदेशिक रोजगारका लागि धाउनुपर्ने काठमाण्डौं स्वास्थ मुलोको लागि धाउनु पर्ने काठमाण्डौमै जिल्ला अञ्चल, र गाँउ गाँउ बस्ति बस्ति बेची बस्नुपर्ने काठमाण्डौमै र धुलो धुवाँले आजित हुनु पर्ने काठमाण्डौमै, व्यापार व्यवसाय गर्न र धन आर्जन गर्न लाग्नु पर्ने काठमाण्डौ मै , महलदेखि गन्धा नाली समेट क्यापचर गरेर बस्नुपर्ने काठमाण्डौमै , गन्धा नालीको फोहर पानि पियर पनि बस्ति बसाल्नु पर्ने काठमाण्डौमै भूकम्पको एघारौ स्थानमा विश्वकै जोखिमयुक्त ठाउँ भएपनि जलवायु प्रदुषण र वातावरण पर्यावरणमा उच्च जोखिममा विश्वको पाँचौ स्थानमा पर्ने नेपालको प्रथम स्थान काठमाण्डौ भएपनि बिरामीले थला किन नपरियोस एक छाक खाई सडकको छेउछाउमा तहरा बनाई चियामात्र बेचेर बस्न किन नपरोस बस्नु पर्ने काठमाण्डौमै यस्तै स्थिति नियालेर होला हाम्रा राजनेता नीति निर्माताले बडेमानको आन्दोलन गरि जनधनको क्षति गरेर पनि विकेन्द्रिकरणको नीति अबलम्बन गरि केन्द्र सरकारको सिंहदरबारको अधिकार गाउँ गाउँमा प्रत्यायोजन गरि केन्द्रसरकार, प्रादेशिक सरकार र स्थानीय सरकार गरि तिन सरकार खडा गरेमा ॐ नमो शिवायः तिन अक्षरको विजमन्त्रबाट शिवले संसार चलाय हामि नेपाल चलाउछांै भनेर बनाएको कागजी खोस्तामा लेखेको संविधानले न धर्मको प्राकृतिक सिद्धान्तमा परिवर्तन गर्न सकेको छ न शिक्षा, न रोजगारमा, न सम्मोन्नत नेपालको विकासमा,न भेषभुषामा न पर्यावरण प्रदुषणमा, न जलावायु परिवर्तनमा, न खानपिनमा, न जनजिवनको स्वास्थ्य मुलोमा, न कुलोमा, न सिचाईमा, न कृषिमा न उर्जामा , न रोजगारमा, न प्राविधिक शिक्षामा , न भेदभावमा, न कृपावादमा , न आकाश, न जमिनमा, न पातालमा, न विधा पौरखमा यी जम्मैकुरा ठाति राखी लागौँ काठमाण्डौ नेपालमा जे गर्छ काठमाण्डौ नेपालले गर्छ फोहरको थुप्रो काठमान्डौ नेपालमा ढलनिकास को व्यवस्था नदि नालामा मिलाएको काठमाण्डौ नेपालमा राजमहल काठमाण्डौ नेपालमा हिले सडक काठमाण्डौ नेपालमा, हुदाँ हुदाँ आँखा को रोगी ८५ प्रतिशत, मृगौलाका रोगी ८५, फोक्सो कलेजोका रोगी ८५ प्रतिशत र बाथ कफ पित्तका रोगी ८५ प्रतिशत व्याकवोन हड्डी दुख्ने रोगी ८५ प्रतिशत , क्यान्सरका रोगी ८५ प्रतिशत संस्कार नैतिकता मानसिक रोगी अन्दाजी ८५ प्रतिशत हुदाँहुदाँ धर्मसनातन विर्सी आमा बुबालाई बृद्घ आश्रमा राखी बैदेशिक रोजगार तथा स्वरोजगारमा जानेको संख्या ८५ प्रतिशत हुदाँ हाम्रा पटक पटकका लोकतान्त्रिक हुँदै गणतन्त्र सम्म पुगेका कागजी खोस्तामा लेखेका संविधान अनुरुप जनताका समस्या र मर्का विर्सेका सरकारहरुको ध्यानार्कषण हुन नसकेकै हो त? तेसो भए दिन दुखि जनतामाथि परेको वातावरणीय असर न्यूनिकरणको सवाल पस्किन चाहान्छौँ । हामी नेपाली जनता र लेखक यसै सवालको जवाफ माग्न तिन तहका सरकारलाई खरबौँ संख्यामा कुलतमा फसेका जनता र बेहालमा परेका युवायुवतिको सवालमा प्रत्यक्ष शरिरमा असर गर्ने मादक पेयपर्दाथ र लागूऔषध पर्दाथहरु र नुडल्सहरु प्लाष्टिककै प्लाष्टिकमा भित्रिन्छन र त्यसको औषत असर भोग्नु परेको छ निमुखा विपन्न वर्गका सोझा साझा जनताले र गाउँ गाउँ बस्ति बस्तिका सोझा साझा कृषकले यी प्लाष्टिक जन्य बस्टु भित्र प्याकिङ भई आउने सम्पूर्ण उल्लेखित पदार्थको बोटल देखि लिएर प्लाष्टिकका झोला सम्मको सामान प्रयोगमा ल्याई उपभोग गरि सडकै भरि छताछुल्ल पारि फाल्ने र एकले अर्काको घरआगँनमा फाल्ने कार्यालयसँग सटेका घरहरुले अफिसहरुमा डम्पिङ साईड गरि थुर्पाने र सूचना राम्रो दिई सिकाउन खोज्दा बैमन्यश्यता लिने प्रणालीको विकास भएको छ नेपालमा परे सोझा साझा जति आहालमा अब यसले देशमा भएको मलिलो माटोमा यसिडीटी पैदा गरि कृषि उत्पादन तेस्रो भाग पनि फल्न नजादाँ नुडल्स बेच्ने, कुलतमा लाग्ने र गुटखा खैनी , ठन्डा बरफ आदि ईत्यादि सेवन गरि अल्पआयुमै ज्यान गुमाउनेको संख्या पच्चिस प्रतिशत पुगीसक्यो होला अझै थपिने बेला आईसक्यो यसैले पर्यावरणीय असर न्यूनिकरण गरि केन्द्रसरकार, प्रादेशिक सरकार र स्थानिय सरकारको पहिलो ध्यान जनताको स्वास्थ्य माथि असर पार्ने खाने कुरा र औषधिमुलो प्लाष्टिक जन्य बस्टुहरु प्रयोगमा नल्याउने विकल्प सोच्ने बेला आयो । दोस्रो कुरा जल जंगलको सहि सदुपयोग गरी विश्वमा हुने आणविक भट्टी कलकारखाना उधोग धन्दा खोल्दा पर्ने जलवायु प्रदुषणमा कसरी न्यूनिकरण गर्न सकिन्छ ? सो सम्बन्धमा सोच्ने बेला आयो र ७७ वटै जिल्लाका विधार्थीहरुलाई र यिनका गार्जियनहरुलाई के शिक्षा दिन जरुरी छ भने कुलत भनेको यो हो , साथसंगत भनेको यो हो, अर्कालाई अथवा कार्यालयमा कामगर्दा डिस्र्टव गर्न हुन हुदैँन, अफिसको सार्वजानिक सम्पत्तिमा हानि नोक्सानी पु¥याउदाँ सार्वजानिक मद्दा लाग्छ, आफू भन्दा माथिका लाई आदर गर तल कालाई माया गर भन्ने धर्म सनातन र साँस्कृतिक शिक्षा दिनु जरुरी भई सक्यो ।
त्यस्तै म कार्यारत जिल्लामा पनि देखिएको छ । कार्यालय सित सटेका होटल व्यापारी व्यवसायी विधार्थीहरुले कार्यालय कम्पाउन्ड भित्र सेवन गरेका खैनि चुरोट गुटखा नुडल्स खाएका प्लाष्टिक जन्य वस्तुहरु र डेरा गरी बस्ने गाउँबाट आएका व्याक्तिहरुले रातीमा प्रयोग गरिसकेका लत्ताकपडा , बाँकी रहेको दाल भात ,रोटी हुदाँहुदाँ बच्चाहरुको दिशापिसाब फोहर पानी छतछत बाट हिर्काई सार्वजानिक कानुनको धज्जी उदाएको अवस्था छ यो व्यबस्थापन गर्ने राज्यको दायित्व भित्र पर्दछ पर्दैन ? सम्बन्धित निकायमा यसको व्यवस्थापनको लागि म लेखक समेटका सचेत नागरिकहरु यो अभियान देशैभरी लागु गरि असल नेपालका असल नागरिक जन्माउन सचेतना सिपमुलक तालिम पाउन भन्न चाहान्छौं साथै गाउँ गाउँमा सिंहदरबारको अधिकार पूर्ण रुपमा लागुहोस र देशका नागरिकहरुलाई धर्म सनातन सस्कृति भेषभुषा र आचार बिचारको धरातलिय शिक्षा दिक्षा र उपाधि कुलतको नभई असल नागरिकको भुमिकाको सवालको मर्मस्पर्शि जवाफको लागि लागूहोस भन्ने जोडडार माग तिनै तहका सरकारमा पस्किन चाहान्छौँ
अझ पनि नेपाली जनजिवन अराजकताको भुमरीमा नफसोस भन्न चाहान्छौ यो सबैका लागी सामाजिक दायित्व हुन जाने विषय पस्किदै फेरी तपाइहरु माझ आउने वाचा बन्धन राख्दै लेखक विदा माग्दछु ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com