Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

गिर्खानी राईली र तिर्पानी

         मणि न्यौपाने ||   56 Views   ||   Published Date : 17th August 2018 |

 

 

 

 

 

 

 

मणि न्यौपाने
वि. सं. २०७० सालमा यस दैलेख जिल्ला को श्री अरनिको मा. वि. गिर्खानी चौराठामा तत्कालीन् एस. एल. सी. परीक्षाको केन्द्राध्यक्ष हुने सुअवसर प्राप्त भयो । चैत्र ६ गते देखि एस् एल् सी परीक्षा सुरु हुने थियो । परीक्षा सुरु हुनु भन्दा दुई दिन अघि दैलेख बजारबाट चौराठातिर लाग्यौं । मेरो साथमा एक जना शिक्षक श्री कवि थापा हुनुहुन्थ्यो । दुवैजनाचैत्र ४ गते बिहान ८ बजे तिर एउटा जीप भेटाएर त्यता हिड्यौं ।
लोहोरे खोलाको एक ठाँउ भनभने पुगे पछि जीप रोकियो । हामी जीपबाट उœयौं । भन्भनेको पूल तरेपछि एउटा होटेलमा चाउ चाउको हल्का खाजा खाए पछि चौराठाको उकालो लाग्यौं । हामी चौराठाको ठान्डाडा,बाँउदे, मलु आदि ठांउहरु हुदै गिर्खानी पुग्यौं । गिर्खानीमा एस् एल् सी परीक्षा सहयोग समितीको गठनका लागि प्र.अ. मन बहादुर थापा मगरले अभिभावकको भेला बोलाइ सक्नु भएको थियो । हामी जाने बित्तिकै स्कूल् क्यान्टिनमा खाना खान भनियो । खाना खाइसके पछि अभिभावकहरु सहितको बैठक बसी श्री दानबहादुर महतारा ज्यूको अध्यक्षतामा ९ सदस्यीय परीक्षा सहयोग समितीको गठन गरियो । सो समिती गठनमा अभिभावक तथा स्थानीय नेताश्री दिपक हमाल ज्यू र शिक्षक श्री कृष्णा चन्द ज्यू ले निकै सकारात्मक र सहयोगी भूमिका खेलिदिनु भयो ।
चैैत्र ५ गते अपरान्हसम्म सिट प्लानिङ्ग गर्नुका साथै सहायक केन्द्राध्यक्ष र निरीक्षकहरुको नियुक्ति गरी अभिमुखि करण समेत गरि सकिएको थियो । चैत्र ६ गते परीक्षा सुरु भयो । सबै आ–आफ्नो खटन पटन बमोजिम् जुट्यौं । परीक्षाहरु मर्यादित् ढङ्गले सम्पन्नहँुदै गए । मेरो साथमा कता कति फुलेका लामा जुङ्गा दाह्री पालेका कवि सर गएकाले धेरै जसोलाई अनुसन्धानको पुलिस भन्ने लागेको रहेछ कसैले उद्दण्ड काम गर्ने हिम्मतपनि गरेन । तेश्रो दिनको परीक्षा पछि त्यहाँ नजिकको प्रसिद्ध ठाँउ राईली हेर्ने योजना बन्यो । म लगायत कबि सर र सई साब समेत लाई उक्त ठाँउ हेर्ने तिब्र इच्छा देखियो । चौथो दिन बिदा परेकोले हामीले त्यहि मौका छोप्ने निर्णय ग¥यौं ।
परीक्षाको चौथो दिन सदाझैं १० बजे तिर खाना खाए पछि सइ साब, एक जना प्रहरी जवान, म र कवि सर राइली तिर लाग्यौं । गिर्खानी देखि केहि पर सम्म त डोजरले बाटो काटेकोले सजिलै भयो । गिर्खानी र राइलीको ठीक मध्यतिर पुगे पछि अत्यन्त अप्ठ्यारो बाटो आयो । त्यस् ठाँउलाइ राइलीको पहरो भन्दा रहेछन् । तलतिर हे¥यो भने छङ्गाछुर भीर र मात्थि–मास्तिरचाँहि कहाली लाग्दो टोपी खस्ने पहाड एक पछि अर्को गज धम्म परी बसेका चट्टानका ढिस्का । बाटो भरी बाँझ, रहेंज, कटुज(कटुस), मेहेल,उत्तीस् लगायतका रुखहरु । तीनका बीचमा राताम्मे फुलेका गुराँसहरुले वनलाई मन मोहक बनाएका थिए । जसोतसो ती रुख र चट्टान छिचोल्दै अगाडि बढ्यौं । राइली चौरको नजिकै एउटा खोल्सा जस्तो ठाँउ आयो । त्यहाँ बाटामै पानी बगिरहेको थियो । बाटो मात्थिर झ्याउ उम्रिएका सुकेका रुखका मुढा सुतिरहेका थिए । मुसा, लोखर्के जस्ता जनावरका खस्याँङ् खुसुङ् र विभिन्न चराहरुका चिरबिरले साँच्चिकै प्रकृतिको स्वर्गमा पुगेको अनुभूति गरायो । त्यस पछि हामी राइली चौरमा गुग्यौं । चैतका महिना पनि हरियो गह्रा–गह्रा परेको खुल्ला चौर रहेछ । वरिपरि घना जङ्गलले घेरेको बडा सुन्दर चौर । हामीले यसको सुन्दरताको निकै स्वादलियौं । त्यस राइली चौरको इतिहास र महिमा पनि ठूलै रहेछ । नारायण न.पा. वडा नं. १० (साविक विन्ध्यवासिनी गाविस) का वडाध्यक्ष श्री टंक बहादुर विष्ट ज्यूले दिनुभएको जानकारी अनुसार उक्त चौरको उचाइ समुद्र सतह देखि १८३१ मीटर रहेछ । उक्त चौरमा माघे सक्रान्तिमा ठूलो मेला लाग्दो रहेछ । सो मेलामा त्यस क्षेत्रका बल वान युवाहरुको छेलो हान्ने प्रतियोगिता हँुदो रहेछ । वडाध्यक्ष बिष्ट ज्यूका अनुसार छेलो खेल्ने प्रचलन धेरै पुरानो गोठाले प्रचलन रहेछ अर्थात् त्यहां गाइ भैंसी चराउन आउने गोठालाहरुको प्रतियोगिताबाट परम्परागत रुपमा चलि आएको बुझिन्छ । ढुङ्गाको डल्लोलाइ एक निश्चित साँध(चिन्ह)बाट कति टाढा फाल्न सकिन्छ भनि गरिने प्रतियोगिता नै छेलो हान्ने प्रतियोगिता हो । सो प्रतियोगिता नौमुले क्षेत्रको उक्त ठाँउ राइली लगायत कट्टी दरा÷क्षेत्र र चिंगाड दराको डाँडा पराजुल अवलपराजुल क्षेत्रमा पनि लोक प्रिय रहेको पाइन्छ त्यस बेला तर वि.सं. २०४३ सालतिर उक्त मेला मा छेलो हान्ने क्रममा ना.न.पा. ७ किमुगाउँ निवासी श्री बखत बहादुर मल्ल ज्यू को छोरी ज्वांइ चौराठा निबासी श्री वेदबहादुर चन्दलाई लाग्न गई दुखद् घटना भएपछि उक्त प्रचलन रोकिएको रहेछ ।
राइलीको चौरको अर्कोपट्टि साविक विन्ध्यवासिनी गाविस तर्फ पनि एउटा पानीको श्रोत रहेछ । त्यस पानीलाई त्रिपानी अथवा जन जिब्रोको भाषामा तिर्पानी भनिदो रहेछ । वडाध्यक्ष श्री टंक बहादुर विष्ट ज्यूका अनुसार त्यहां नजिकै तिनवटा मुहानबाट पानीनिस्केकोले त्यसलाई त्रिपानी भनिएको रहेछ । त्यो पानीले ९ वटा पानी घट्ट चलाइएको कुरा समेत जानकारी भयो । सो ठाँउमा हाल वडाध्यक्ष श्री विष्ट ज्यू ले आफ्ना स्वर्गीय मातापिताको सम्झना मावि.सं.२०५९ साल तिर एउटा धर्म शाला÷प्रतिक्षालय निर्माण गरिदिनु भएको रहेछ । राइली चौरको शिरानमा एक बिकराल पहाड अवस्थित छ । वडाध्यक्ष श्री विष्ट ज्यू अनुसार उक्त पहाडलाई राइलीको लेक भन्दा रहेछन् र त्यसको उचाइ समुद्र सतह देखि २५–२१ मीटर रहेछ । पहाडको टाकुरामा एउटा मन्दिर रहेछ जसलाई मालिका माइको मन्दिर भनिदो रहेछ । त्यहाँ प्रत्यक वर्ष माघे सक्रान्तिमा मेलालाग्दो रहेछ ।
परीक्षा सकिने अघिल्लो दिन फेरी
राइली जाने सल्लाह भयो । सो दिन परीक्षा सहयोग समितिका संयोजक श्री दानबहादुर महतारा ज्यू र स्थानीय नेता दिपक हमाल ज्यू समेत जानुभयो राइली । सो दिनकवि सरले विन्ध्यवासिनी तिर बाट ७÷८ माना दुध झिकाइ खीर खाने प्रबन्ध गर्नुभएको रहेछ । सातौं दिनको परीक्षा सम्पन्न गरी खाना खाए पछि १२ बजेतिर सइ साब, एक जना प्रहरी जवान, म, दिपक सर, दान बहादुर सर र कवि सर राइली तिर लाग्यौं । दुधलिएर विन्ध्यवासिनी तिरबाट दुइ जना युवाहरु आउनु भएको थियो । तिर्पानीको पानी नजिकै ढुङ्गाको चुल्हो लगाइ खीर पकाउन केहि साथीहरु लाग्नुभयो । बाँकी हामीहरुको प्रकृतिको खानी त्यस सुन्दर ठाँउमा डुलेर रमाउने कामभयो दिनको ४ बजे तिर खीर पाके पछि साथीहरुले हामीलाइ डाक्नुभयो । खीर खाए पछि तिर्पानीको धाराको त्यो शुध्द चिसो पानी अति मिठो लाग्यो । वडाध्यक्ष श्री विष्ट ज्यू अनुसार मालीका माइ को पूजा पहिले यसै ठाँउमा हुन्थ्यो रे । आठौं दिनको परीक्षा सम्पन्न गरी पोका पारी जिल्ला मुकामतिर रवाना भइयो । परीक्षा सुसम्पन्न गर्न सहयोग गर्नुहुने प्रअ मनबहादुर थापामगर लगायत सम्पूर्ण स्टाफ, सुरक्षाकर्मी मित्रहरु र परीक्षा संग सम्बन्धित् सबैलाइ हार्दिक धन्यवाद राइलीचौर, तिर्पानी र मालिका मन्दिरका फोटाहरु र जानकारी उपलब्ध गराइ सहयोग गर्नुहुने शिक्षक श्री मानबहादुर कटुवाल, वडाध्यक्ष श्री टंक बहादुर विष्टज्यू , नेता श्री दिपक हमाल ज्यू प्रति समेत कृतज्ञता तथा धन्यवाद व्यक्त गर्न चाहन्छु ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com