Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

 योजना काटछाटमा ढिलाई हुँदा कर्णाली प्रदेशको विकास पछि 

         रण बहादुर ऐरी ||   42 Views   ||   Published Date : 30th July 2018 |

रण बहादुर ऐरी

अचम्मै लाग्ने प्रकृतिले दिएको अमुल्य खानी र जडीबुटीको भण्डार भनेर चिनिने कर्णाली प्रदेशको हाल सम्मयहाँका राज नेताहरुले ओझेल मा पारेका हुन अथवा राज्यको नै आँखा पर्न नसकेको हो । म प्रशंग सुरु गर्न चाहन्छु । मुगु, कर्णाली बाट मुगु कर्णाली देशकै ठूलो तिर्थ स्थल र स्वर्गकी परी राराताल छदैछ । झनै तिर्थ स्थलमा पर्ने ऋण मोक्ष पनि यहि अवस्थित छ । जल उर्जाको लागि मुगु र कर्णाली त बगेकै छ । त्यस मा झनै सोभा यहाँ पाइने चिराइतो, जटामसी, यार्सा गुम्बा र पाचऔले, भुतकेश, जडी बुटीको साथै हुम्लाजाने बाटो मा चंखेली हिमाल, ठाउँ–ठाउँमा पर्ने हिमशिखर, हिम चितुवा, डाँफे मुनाल, घोरल झारलले शोभायमान मुगु हातमा सुनको थाली र कुर्षीमा बसेर भात खान सक्ने मुगु धार्मिक पर्यटक स्थल घोषणा भई पर्यटक भित्रयाई, रारा ताल र छाँया क्षेत्र दर्शन गर्न आउने पर्यटक ओइरो लगाउन सक्ने हो भने कर्णाली प्रदेश गरिबीको सुची बाट ५ वर्षमा हटेर देशकै धनी प्रदेशको सुची मा आउन सक्ने प्रवल सम्भावना छ ।

यहाँ सतु वा भुत केश जडीबुटी, चिराइतो, पाचऔले खेतीपातिकै रुपमा अभियान सञ्चालन गरी जडीबुटी प्रशोधन को औद्योगिक केन्द बनाउन सक्ने हो भने यो क्षेत्र र प्रदेशले देशैभरि आर्थिक सहयोगको अभियान सञ्चालन गर्न सक्ने प्रवल सम्भावना छ साथै यहाँका डाँफे मुनाल घोरल झारल र हिमचितु वा बन्य जन्तु संरक्षण सम्वर्धन गर्न सक्ने हो भने टुरिस्टको ओइरो लाग्छ । छाँया क्षेत्र तिर्थको समेत सहात्यम झल्किन सक्दछ  अबलागौ कालीकोट नेपालतर्फ हाम्रो कर्णाली प्रदेशको कालीकोट नेपाल को अर्को धार्मिक पर्यटक स्थल र औद्योगिक खानी प्रचुर मात्रामाभएको जिल्लाहो । जहाँ चुलि मालीका,पुग मालिका, पचाल झर्ना र पाँचभाई पाण्डवले बनाएका पन्च देवल अवस्थित छन् ।

चुली मालीका जान बिच बाटो बढाकोटमा धर्म साला बनाई कालीकोटको चुली मालिका जोड्ने रोड र बाटो(बाटोमापानीपाइपको व्यवस्था हुने हो भने यो ठूलो गौरवको योजना पारित हुने हो भने यहाँआउने दर्शनार्थी हरुले मात्र जिल्लाको नभई प्रदेशकै आर्थिक स्थितिलाई बलियो बनाउन सक्छ । यहाँकातालतलैया, यहाँ का वन्य जन्तु संरक्षणको लागि सुकाटीया देखि महाबु सम्मको जंगल संरक्षण गरी नेस्नल पार्क खोलिने होेभने यो प्रदेशले ५ वर्षमै आर्थिक उन्नतीमा फड्को मार्ने छ । गरिव प्रदेशको नामै हराउने छ । यहाँको भर्नाको काइनेटीक खानीबाट स्टोन चोरी भई अन्य मुलुक माग एका छन् । यो उद्योग खोली यहाँ हजारौ मान्छेले रोजगारीको अवसर पाउने छन् । यहाँको सिउना, सिपखाना, मेहल्मुडी, धौलागोह, सुकाटिया सबै क्षेत्रमा फलफुल खेती स्याउ देखि सुन्तलाफल्ने क्षेत्र छ र सिउना मालकोट सबै बेहटमा प्रचुर मात्रामा मार्केधान फल्ने ठाउँ पनि उतिकै छ ।

प्रकृतिले विकास का लागि प्राकृतिक चिज वस्तुको भण्डार हुँदा हुँदै गरिबी गरिबी को रटान लगाउन र पिछडिएको राज्यको छयाहत्तर जिल्ला भनिनु भन्दा यि गौरव शाली योजनामा सरकारको, प्रदेश सरकारको ध्यान जानु नितान्त आवश्यक भई सकेको छ । अव म लाग्छु । नेपाली भाषाको उद्धगम थलो जुम्लातर्फ जुम्लाका मुख्य तिर्थ स्थल चन्दनाथ बाबा, बटुक भैरवनाथ नौमुडे, ढाकुर ज्यू,कनका सुन्दरी हाकुको राक्षेशी ताल यि स्थलहरु गौरवका योजनामाल्याई पर्यटक भित्रयाई यो देशको मुहार परिवर्तन गर्न सकिन्छ । गौरी चौरमा राम्रो भेडा बाख्रा पालनगर्न सक्ने चौर र ११००० फिट हाइटमा फल्ने कालिमार्शेधान र चन्दनाथ सिजा बेल्टमा फल्ने काली मार्शे धानको चामलको नासो परा पूर्व कालका राजा रजौराहरुको खान्की को लागि हुलाक द्वारा पु¥याइने  गरिन्थ्यो ।

यि स्थलहरु ओझेलमा पर्नुको मुख्यकारण के हो र यहाँका सबै चिजविजको नासो सरकारलाई यहाँका बासिन्दाले चढाउने बेलाआई सकेको छ । अझै म लेखक के भन्न चाहन्छु भने यहाँ सेवाफार्म, ओखर फार्म, दहलन वस्तुमा सिमी मुख्य बालीनाली छन् । परापूर्व काल देखि स्याउको सुकुटी, जेलीजाम साइटरस, सेव ब्राण्डी भन्ने गर्दथे । यो उद्योगकै रुपमा सञ्चालन गरी रोजगारीको अवसर  खडा हुन जरुरी भै सकेको छ । यहाँहुने जडीबुटी बिस चिराइतो, पाचऔले, यार्सा गुम्बा आदि इत्यादि वस्तु प्रशोधन गरी आयुर्वेद औषधी प्रकृति जन्य भएको हुँदा यो जडीबुटी प्रशोधन उद्योग खोल्न हामी देश बासी जनता समेत म लेखक माग गर्न चाहन्छौँ ।

अब लाग्छु म लेखक डोल्पा नेपाल तर्फ देशकै ठूलो भुगोल ओगटेको डोल्पा नेपाल तर्फ डोल्पा प्रकृति सुन्दर थलो, देख्दा पहाडै पहाड र चट्ठान भन्जाङ्ग हेर्दा प्रकृति माता ले दिएको बरदान, यहाँको ए गे्रडको स्याउ विश्व भरी पु¥याउन पहल हुनु पर्ने स्याउ फार्म सम्बन्धी कार्यक्रम यथा शिघ्र लागु हुनुपर्ने र जडीबुटीले भरिपूर्ण जिल्ला भएकोले, जडीबुटी प्रशोधनका लागि औद्योगिक क्षेत्र घोषणा हुनु पर्ने, डाँफे, मुनाल, घोरल झारल वन्य जन्तु प्रशस्त मात्रा मा भएकाले यहाँ नेस्नल पार्क ढोर पाटन सम्म जोडेर खोलिनु पर्ने र यो टुरिस्टहरुको लागि मुख्य नाका भएका कारण  टुरिस्ट भित्रयाई यो जिल्लाको मात्र विकास नभई समग्र कर्णाली प्रदेशको मुहार परिवर्तन गर्न सरकार पछि पर्छ र जनतागरिब रहन्छन् भने           सरकारलाई जनताको श्राप अवस्था मेव लाग्छ ।

अर्को कुरा पश्किनै छाडे  यहाँको धार्मिक पर्यटकीय स्थल, त्रिपुरा सुन्दरीमाई, से–फोक्सुन्डो ताल लाई गौरवका योजना ल्याउन सक्ने र पर्यटक साल्दाङ्ग भिजेर, तेन्जे, हुँदै ढोरपाटनबाट पोखरा फेवाताल सम्म जाने र उत्तरमाचीनको नाका सम्म जाने हुँदाचौवर पर्यटक भित्रयाई देशको गरिबीको मुहार सुनौलो तुल्यान सकिन्छ साथै बल्याङ्गको पन्चायत काल मा खोली ए को   चौरी फार्म विउत्याउन तर्फ सरकारको ध्यान जान अवेर भई सकेको छ  सालदाङ्ग, भिजेर मा भएको नून खानी पैल्याई विकासमा टेवा पु¥याउन अवेर भएको छ । मैले यो भन्दापूर्व प्रकाशन मा पनि लेखी सकेको छु । दैलेखको पन्चकोशी हाम्रै देशमा जन्मेको शक्ति पिठ भएको कारण त्यति  टाढा हरिद्वार जानु भन्दा हाम्रै देशका धार्मिक पर्यटक स्थलहरु मा गौरवका योजना भित्र्याई कैलाश, मथुरा, गयाप्रयासको महात्मय यहाँ पनि प्राकटय रुपमा रहेकोले सरकारले यो गौरवशाली योजनामा राख्न अवेर भई सकेको छ ।

आफै प्राकटय महाबु शिव मा गौरव शाली मन्दिर बनाउन अवेर भई सकेकोछ साथै भैरवीझर्ना मा प्रत्यक्ष रुपमा शिव पार्वतीको अनेकौ देवी देवताको दर्शन मिल्छ भनिजन समुदायले प्रमाणित गरी सकेको तिर्थ स्थलको मान र नेपालीहरुको धार्मिक स्थलप्रति सरकार किनमौन छ किन यस्ता क्षेत्रहरु सरकारको गौरव शाली योजना मा ल्याईदैनन् । यो प्रश्न हामी जनताहरुले सरकारलाई सोध्न बाकी छ । आजको अन्त्यमा म सुर्खेतको गुराँसेमा रहेको सिद्धा पाइला, काक्रेविहारमा रहेको बौद्धका मुर्ति र विष्णु मन्दिर, शिवमन्दिर, कालभैरव मन्दिर काक्रविहार क्षेत्रलाई बुल–बुले सँग जोडेर पर्यटक भित्र्याउन अवेर भएको अवस्था समेत पश्कीन चाहन्छु साथै यो क्षेत्र ठूलो वन्य जन्तु आरक्ष समेत जोडिएको क्षेत्र छ । यस उपत्यकाको प्रत्येक क्षेत्रमाप्रचुर मात्रामाजंगल छन् ।

यहाँ गुणे, बासमती  तिलकी जस्ता धान फल्दछन् । यो क्षेत्र को विकासको लागि प्रकृतिले दिएका योजना कृत्तिम हामी नेपालीहरु ले किन पछाडी धकेलेका छौ । यि क्षेत्र हरु वन्यजन्तु आरक्ष, खेतीपाति र धार्मिक पर्यटक स्थलसँगजोडिएका छन्  यि गौरवशाली योजनामा जान किन थाति रहेका छन् । यो समेत केन्द्र सरकार र प्रदेश सरकारमापस्किदैम लेखक आजको लागि बिट मार्दछु । विकासका योजना सम्बृद्धिको आँखा तर्फ लाग्नमाग समेत राख्दछु ।   लेखक रणबहादुर ऐरीकार्यालय प्रमुख ने.खा.सं.शाखा,दैलेख

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com