Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बृद्धबृद्धालाई सम्मानको खाचो छ

         ||   15 Views   ||   Published Date : 30th July 2018 |

समय परिवर्तनशिल छ समय सँगै चल्न सक्नु आफैमा एउटा गौरवको कुरा हो । हरेक मान्छे जन्मनु र मर्नु यो एउटा प्रकृतिको नियम नै भएकाले यसलाई हामीले नकार्नै सक्दैनौ । हरेक मानिस समाज भन्दा पर रहन नसक्ने भएकाले मानिसहरु समाजमानै बस्ने गर्दछन् ।
पछिल्लो समय मानिसहरुमा एक खालको उतारचढाव भएको पाइन्छ जसले गर्दा बुढापाकाहरुको कुरा नसुन्ने, बुढापाकाहरुलाई घृणा गर्ने, यनिहरुलाई अहिलेको कुरा के थाहा भनेर हेला गर्ने उनिहरुको इज्जतआमजमा दख्खल दिने देखि लिएर मानसिक तनाव दिदै आइएको छ ।
बुढेकालमा सबै भन्दा बढी माया ममता र सम्मानको खाचो हुन्छ त्यसै बेला आफैले जन्म दिएको छोरा छोरीले समेत पालन पोषण गर्न छोडेर उल्टै बृद्धाश्रमा लगेका छन् । यस्ता कार्य गर्ने नालायक छोरा छोरीलाई कारवाही गर्न सरकारले ठोस नीति नियम बनाइयोस जसले गर्दा कुनै पनि बृद्धबृद्धाहरु बृद्धाश्रम गएर बस्नु नपरोस ।
हामीले कस्तो खालको समाज निर्माण गर्दै छौं समाज कता तर्फ जादैछ यो एउटा गहन विषय भएकाले यसको बेलैमा हामीले हेक्का राख्नु सक्नु पर्दछ ।
बुढापाकाहरु भनेको हाम्रो गहना हो, हामीलाई सही मार्ग देखाउने एउटा भगवान हो जसले गर्दा हामी यस स्थानमा आइपुगेको छौं बुढापाकाहरु भएन भने हामी अपूरो र अधुर हुन्छौं बुढापाकाहरु भयो भने मात्र घरको सोभा बढ्छ जसले गर्दा हामीलाई एक खालको आनन्दको महसुस हुन्छ ।
बृद्धबृद्धाका साहारा भनेकै उसको छोरा छोरी भएकाले उनिहरुको हरेक इच्छा आकांक्षाहरुलाई पूरा गर्ने तर्फ लाग्नु पर्दछ । दिनप्रति दिन बृद्धबृद्धाहरु प्रति गरिने सम्मान जनक ब्यवहार हराउदै गएको बेला हामी सबै एकजुट भएर उनिहरुको सेवा गर्दै सम्मानको बाटो अपनाउनु अहिलेको खाचो हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com