Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कर्णालीको ऐतिहासिक महत्व पर्यटन प्रर्वद्धनमा सरकार र नागरिकको भूमिका

         ||   10 Views   ||   Published Date : 29th July 2018 |

कर्णाली प्रदेशलाई अहिले बिश्वको पर्यटनमा नयाँ गन्तब्य बन्न सक्ने संभावनाको प्रदेश भनेर धेरै खाले भाषणहरु सुरु गरिएका छन् । प्रधानमन्त्री के.पी शर्मा ओलीले समेत कर्णाली प्रदेशको सबैभन्दा महत्वपूर्ण स्थान रारामा पुगेर देशवासीका नाममा सम्बोधन गरेपछि आन्तरिक र बाह्य पर्यटकहरको संख्या रारामा उल्लेख्य मात्रामा बृद्धि भएको छ ।
कर्णाली प्रदेशमा पर्यटकको बृद्धि भएसँग पर्यटकहरुका लागि बिभिन्न स्थानहरुमा आवश्यक पर्ने होटल वास, पर्यटकहरुलाई आवश्यकता परेका जानकारीहरु दिने व्यक्तिहरु, स्थानीय उत्पादन र उपभोग जस्ता बिषयहरुमा आवश्यक तालिम, भौतिक पूर्वाधार, यातायात लगायतका बिषयहरुमा सरकार स्थानीय नागरिक, अन्य सम्वन्धित क्षेत्रहरु, होटेल व्यावसायी लगायतले पर्यटन प्रर्वद्धनमा थप जिम्मेवार भएर अगाडी बढ्नुपर्ने देखिएको छ ।
देश बिदेशका पर्यटकहरुका लागि पहिलो रोजाई बन्न सक्ने कर्णाली प्रदेशमा अहिलेसम्म १ सय १ उत्कृष्ट गन्तब्यहरुको निर्माण गरिएको प्रदेश सरकारले जानकारी दिएको भएपनि अँझै धेरै गन्तब्यहरु र पर्यटकहरुका लागि सर्किट निर्माण गरेर अव सरकारले ठोस योजना लागु गर्नुपर्ने देखिएको छ ।
र्पटन प्रर्वद्धन गर्नका लागि आवश्यक पर्ने पूर्वाधार, गन्तब्यहरुको खोजी, पर्यटन कति दिनसम्म बस्न सक्छन् यस्ता बिषयहरुको प्रदेशमै जानकारी हुनेगरि सूचना केन्द्र स्थापना, हवाई तथा अन्य पुर्वाधारको व्यवस्थापन लगायतका बिषयहरुमा पनि सबै निकायहरु जिम्मेवार बन्नुपर्ने देखिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला हुँदै मानसरोवर सम्मका बिभिन्न सर्किटहरु निर्माण गर्दै त्यो रुडसम्म लाखौं पर्यटकहरु भित्राउने अभियानका लागि कर्णाली प्रदेशका सवै नागरिकहरुले आ आफ्नो मस्तिष्कबाट सकारात्मक सोच निर्माण गरेर प्रदेशकै आर्थिक संम्बृद्धिका लागि अगाडी बढ्नुपर्ने देखिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com