Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

रणनीति र योजना निर्माण गर्दै सामाजिक सेवा केन्द्रको १३ औं वार्षिक समिक्षा सम्पन्न

         ||   12 Views   ||   Published Date : 29th July 2018 |


धमाका संवाददाता
श्रावण १२,दैलेख


सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले २२ बुँदे निणर्यहरु गर्दै आफ्नो १३ औं वार्षिक समिक्षा सम्पन्न गरेको छ ।
सामाजिक क्षेत्रमा हुने बिभिन्न बिकास गतिविधिहरुका लागि नयाँ बर्षको सुरुवात सँगै नयाँ रणनीति अवलम्बन गर्दै दुई दिन सम्म संस्थाका कर्मचारीहरु सँग कार्यक्रमको समिक्षा, प्रगती र चुनौतीका बारेमा छलफल गरिएको हो ।
बालविवाह र छाउपडी उन्मुलन गर्ने अभियानमा संस्थाले यो थप नयाँ कार्यहरु संचालन गर्ने बताएको छ । अनु गमन मुल्याङ्कन र जावधफदेहिताको बारेमा समेत नीति निर्माण गर्ने तयारीमा रहेको संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिएका छन् । अरुको बारेमा वकालत र पैरवी गर्ने गरेका छौं तर हामी संस्थामा काम गर्ने कर्मचारीहरुले नै लुकिछिपी छाऊ वार्न थाल्यौं भने अभियान प्रभावकारी हुँदैन त्यसैले सबैले खुलेर यो बिषयमा अभियान थाल्न थापाले अनुरोध गरेका छन् ।
सामाजिक संजालमा कर्मचारीहरुले लेख्ने बिषयहरुका बारेमा समेत संवेदनशिलता अपनाउनुपर्ने देखिएको छ । गरेका कामहरु राम्रा छन् तर वकालत र पैरवी गर्दा समेत फरक दृष्टिकोणले ब्याख्या गर्ने चलन धेरै भएको छ ।
सामाजिक सेवा केन्द्रका अध्यक्ष मञ्जु खड्काले संस्थाका कर्मचारीहरुले राम्रो काम गरेकै कारण संस्थाको छवी झनै बढ्दै गएको बताईन । महिला कर्मचारी मित्रहरुले छाउपडी र बालविवाह अन्त्यको लागि आफु र आफ्नै परिवारबाट अभियान सुरु गर्नुहोस् समस्या परेमा हामी सँधै वकालत र पैरवीका क्षेत्रमा कर्मचारीको पक्षमा लागिरहेका छौं । काम गर्ने क्रममा हुने कमजोरीलाई सच्चाउँदै अगाडी बढ्नुहोस्, कार्यक्रमका रिपोर्टहरु प्रगतीहरु समयमै संस्थामा बुझाउनुहोस संस्थालाई यसले थप मद्धत पुर्याउने छ । अध्यक्ष खड्काको भनाई थियो ।
आ.व. २०७४÷७५ मा विभिन्न विकास साझेदार तथा सहयोगी निकायहरुसँगको साझेदारीमा कर्णालीका दैलेख, कालिकोट र प्रदेश नं. ७ को अछाम जिल्लामा कार्यक्रम संचालन भएको छ । बिभिन्न परियोजनामा सामाजिक सेवा केन्द्रमा अहिले १ सय १६ जना कर्मचारीहरुले काम गरिरहेका छन् ।
विकास साझेदार तथा सहयोगी निकायहरुसँगको साझेदारी र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत संचलान भएका उत्थानशील जीविकोपार्जन सबलीकरणमा सामुदायिक पहल सुदृढीकरण परियोजना, सहयात्रा परियोजना, ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना, एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, महिला, यूवा तथा बाल अधिकार प्रवद्र्धन कार्यक्रम, वाल हेल्पलाईन १०९८ (दश नौ आठ), आपतकालिन आश्रय स्थल महिला र वालवालिका केन्द्र, राउटे परियोजना, वालमैत्री स्थानीय शासन कार्यक्रम, अधिकारमूखि जीविकोपार्जन सुधार परियोजना, एकीकृत सामुदायिक विकास परियोजना, अनुगमन,मूल्यांकन, जवाफदेहिता र सिकाई अवधारणा, प्रशासन तथा लेखा शाखा, नेपाल जलवायू परिर्वतन सहयोग कार्यक्रमका क्रियाकलापहरु, आन्तरिक कोष तर्फका सञ्चालित क्रियाकलापहरु, संस्थाको जानकारी सहित संस्थागत प्रस्तुतीकरण गरिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com