Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कर्णाली प्रदेशमा एक सय एक उत्कृष्ट गन्तव्य छन्ःमन्त्री बुढा

         ||   17 Views   ||   Published Date : 29th July 2018 |

धमाका संवाददाता
साउन ११, दैलेख


देश बिदेशका पर्यटकहरुका लागि पहिलो रोजाई बन्न सक्ने कर्णाली प्रदेशमा अहिलेसम्म १ सय १ उत्कृष्ट गन्तब्यहरुको खोजी भैसकेको र उक्त स्थानहरुमा पर्यटकहरु पुग्न सुरु भैसकेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिएका छन् ।
नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनीराम शर्मा केन्द्रिय सचिव बिष्णु शर्मा लगायत कर्णाली प्रदेश पर्यटन पत्रकार संघका अध्यक्ष लगायत पदाधिकारीहरुको टोलिसँग भएको भेटमा मन्त्री बुढाले यस्तो बताएका हुन् । कर्णाली भर्जिन छ बिश्वका पर्यटकहरुका लागि आर्कषण केन्द्र बनाउनुपर्ने र यसको जीवीक बिभिधतालाई पनि कायम राख्नुपर्ने बारेमा सरकार गम्भिर भएर अगाडी बढेको बुढाले बताएका छन् ।
अहिले कर्णाली प्रदेश भित्र रहेका उत्कृष्ट गन्तब्यहरुको खोजी भैरहेको छ । प्रदेश राजाधानी सुर्खेत भित्र रहेको गन्तब्यहरु, सो सँगै पर्यटन सर्किटको निर्माण गरेर पर्यटकहरुका लागि समय व्यति तगर्ने कामहरुका लागि पनि सरकारले नीति निर्माण गरेको बुढाले बताए । नेपाल पर्यटन पत्रकार संघ कर्णालीमा पर्यटन प्रवर्धनका बिषयमा अग्रसर भएकोमा खुशी ब्यक्त गर्दै बुढाले सवैसँग हातेमालो गरेर अगाडी बढ्ने बताएका छन् ।
पर्यटनका बिषयमा जानकार हरीहरु न्यौपानेले तयार पार्नुभएको प्रतिवेदन बिदेशका पर्यटकहरु मध्ये धेरैजसो भारतका धार्मिक पर्यटकहरु कर्णाली प्रदेशमा भित्राउन सकिने संभावना रहेको भन्दै मानसरोवर सम्मको रुडलाई व्यवस्थित र आर्कषक बनाउनुपर्ने सुझाव दिएका छन् ।
केन्द्रिय सदस्य धनिराम शर्माले पर्यटन गन्तब्यको खोजी गर्नुपर्ने, सर्किट निर्माण गर्नुपर्ने, त्यस्ता बस्तुहरुको प्रचार प्रसार गर्नुपर्ने, टुरिष्ट गाईडहरुलाई तालिम प्रदान गर्नुपर्ने, होमस्टे निर्माण गर्नुपर्ने जस्ता सुझावहरु दिएका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com