Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सकारात्मक सोच बिना विकास असम्भवः शाही

         ||   39 Views   ||   Published Date : 27th July 2018 |


धमाका संवाददाता
श्रावण १०,सुर्खेत


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सकारात्म सोच बिना विकास सम्भव नहुनेमा जोड दिएका छन् । बस्तुपरक र यथार्तपरक सोच बिना परिवर्तनको कल्पना गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले सोच र दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।
नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेश समिति सुर्खेतले प्रदान गरेको अनुरोध पत्र बुझ्दै मुख्यमन्त्री शाहीले पर्यटनको सबैभन्दा सम्भावना भएको कर्णाली प्रदेशमा मिडिया हाउसहरुले पनि पर्यटनको बिट छुट्टयाउनु पर्ने सुझाव दिए । केन्द्रीय अध्यक्ष धनीराम शर्मा, सचिव बिष्णु शर्मा, प्रदेश अध्यक्ष अशोककुमार सिंह सहितको पर्यटन पत्रकारहरु सहभागि टोलीको अनुरोध पत्र बुझ्दै मुख्यमन्त्री शाहीले धरातलिय यथार्ततामा आधारित योजना बनाएर कार्य गरे मात्रै सफलता हाँसील हुने बताए ।
दिमागको बिकृति हटाउनु आजको आबश्यकता हो भन्दै मुख्यमन्त्री शाहीले जे देख्यो त्यही प्राप्त गर्ने चाहाना राख्नु गलत हो भने । कर्णाली प्रदेशका ढुंगा, माटो, रुख, खोलानाला, भेषभुषा, ऐतिहासिक धरोहर सबै पर्यटक आकर्षित गर्ने प्रमूख आधार हो भन्दै मुख्यमन्त्री शाहीले यो कर्णाली प्रदेशलाई पर्यटनको गन्तब्य बनाउन प्रदेश सरकारलाई सबै सरोकारवालाहरुले पनि सहयोग गर्न आग्रह समेत गरे ।
पर्यटन पत्रकार संघ कर्णाली प्रदेश समितिले पर्यटन बिटमा काम गर्ने पत्रकारहरुको क्षमता अभिबृदि, प्रदेशमा घुम्न आउने पर्यटकहरुको सहजताका लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने, कर्णाली प्रदेशका दशवटै जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको सुक्ष्म अनुसन्धान गर्दै बृतचित्र निर्माण गर्ने, पर्यटन गन्तब्यका स्थानहरुको तय गर्ने लगायतका कामहरु प्रदेश शाखा र जिल्ला शाखा अन्र्तगत सञ्चालन भइरहेको कुरा सो अबसरमा प्रदेश सरकारलाई जानकारी प्रदान गरीएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com