Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

अटो मेकानिक्स नगर कमिटी गठन अध्यक्षमा अशोक राना

         ||   72 Views   ||   Published Date : 27th July 2018 |

 

धमाका संवाददाता
श्रावण १०, दैलेख


नेपाल टे«ड यूनियन महासंघ (जिफन्ट) को घटक नेपाल अटो मेकानिक्स टे«ड यूनियन नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अशोक रानाको अध्यक्षतामा संचालित प्रथम अधिवेशनले ६ जना सदस्य पछि थप्ने गरी ९ जना सदस्यीय चयन गरिएको छ ।
अध्यक्षमा अशोक राना, उपाध्यक्षमा मनोज थापा, सचिवमा भिम बहादुर बस्नेत, कोषाध्यक्षमा लोक प्रसाद कोइराला, सह सचिवमा भरतराज पूरी, सदयस्यमा अटल के.सी., रविन्द्र थापा, नविन राना मगर, बीरेन्द्र खड्का चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल अटो मेकानिक्सको केन्द्रीय उपाध्यक्ष कर्ण बहादुर मेगीले सम्पूर्ण मजदुरहरु एक हुन आवश्यक छ । दैलेखमा अटो मेकानिक्स व्यवसायीहरु एक हुनुले आफूलाई खुशी तुल्याएको भन्दै व्यवसायी र मजदुरहरुको हक अधिकारको लागि सधै लाग्नु पर्ने बताए ।
विशेष अतिथिको रुपमा रहेका नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले नव गठित समितिलाई शुभकामना दिदै यस कमिटीले विभिन्न क्षेत्रमा आवद्ध मजदुरहरुको हरेक समस्याहरुलाई समाधान गर्नु पर्ने बताए । यो समस्या दैलेख जिल्लाको मात्र नभएर देश भरको समस्या भएकाले आफु स्थानीय सरकारको हैसियतले सधै लागि पर्ने बताए ।
विशेष अथितिकै रुपमा रहेका नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) का कर्णाली प्रदेशका सदस्य तोरण वि.क.ले मजदुरहरु माथि भएको सबै खाले विभेद जब सम्म अन्त्य हुँदैन तव सम्म यो राज्यले काचुली फेर्न नसक्ने बताए । उनले भने मजदुरलाई अपमान होइन सम्मान गर्नुपर्ने देखिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com