Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

पन्ध्र हजार फलफूलका बिरुवा बितरण

         ||   67 Views   ||   Published Date : 9th July 2018 |


धमाका संवाददाता
असार २४, दैलेख


नारायण नगरपालिका कृषि शाखाबाट नगरपालिकामा पन्ध्र हजार फलफूलका बिरुवा वितरण गरिएको छ । आँप, केरा, सुन्ताला, कागती, जुनार लिचि गरी पन्ध्र हजार बिरुवा बितरण गरिएको नारायण नगरपालिका कृषि शाखाका बाली संरक्षण अधिकृत घनश्याम कार्कीले बताए । आँप ९ हजार केरा १२ सय सुन्ताला जात फलफुल ५ हजार ७ सय लिचि ५००, गरी जम्मा पन्ध्र हजार फलफूलका बितरण गरिएको छ । नारायण नगरकार्यपालिकाको नगरसभा बाट उक्त ५ लाख रकम बिनियोजन गरिएको थियो ।
स्थानीय जनताको आय आर्जन र ब्यबसायिक रुपमका फलफूल खेती प्रति कृषिकलाई प्रेरिणत गराउने उद्देश्यले उक्त बिरुवा बितरण गरिएको छ । फलफूल बिरुवाको पर मूल्यमा ५० प्रतिशत अनुदानका बिरुवा बितरण गरिएको हो । ब्यक्तिगत र सामुहिक खेती नारायण नगरपालिका वडा नं. ८ तर्ताङमा १ हजार र नारायण नगरपालिका वडा नं. ७ चौसिला १ हजार नारायण १० बिन्ध्याबासीनी ३५ सय सुन्ताला जातको खेती गर्न बिरुवा बितरण गरिएको छ । ५० प्रतिशत अनुदानमै फलफूलका बिरुवा पाएपछि नगरपालिकाका कृषकहरु खुसी भएका छन । स्थानीय वडामानै कृषि प्राविधिक गएर फलफूल उत्पादन हुने सम्भावाना अध्ययन गरेर बिरुवा बितरण गरेको बाली संरक्षण अधिकृत कार्कीले बताए ।
स्थानीय स्तरमा पाइने केराको प्रजाती भन्दा टिस्युकल्चरको नयाँ प्रजातिको केरा जि नाइन, मालभोक, उइलिएम हाईब्रिड दैलेखमा भित्राइएको छ । दैलेख सदरमुकाम भन्दा तल्लो भागको लागि मात्र उक्त केरा बितरण गरिएकोछ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com