Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

पूर्ण खोप सुनिश्चिता घोषणा

         ||   57 Views   ||   Published Date : 9th July 2018 |

धमाका संवाददाता
असार २४, दैलेख
स्थानीय स्वामित्व र सहभागीता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ नारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नारायण नगरपालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रम गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका छन । नगरका सबै खोप लगाउने उमेर समुहले खोप पाएसँगै नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख लाल बहादुर खड्काले बताए ।

नारायण नगरपालिकाका सबै वडामा सबै बालबालीका नियमित खोप लागाए पश्चात नारपालिकालाई पूर्ण खोप युक्त घोषणा गरिएको थियो । पूर्ण खोप युक्त नगरपालिका घोषणा गरेपछि थप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख खड्काले बताए । नारायण नगरपालिकाका नगर प्रमुख अध्यक्षतामा भएको कार्यक्रममा ११ वडा घोषणा गरे पश्चात थप अध्ययन गरेर घोषणा गरिएको हो । नगर प्रमुख खड्काले खोप निरन्तर चलिरहने प्रक्रिया भएकाले स्थानीय तहमा अपनत्व लिएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com