Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

करोडौं सक्ने हतारो मात्र हैन प्रभावकारी कार्यान्वयनतर्फ ध्यान देऊ स्थानीय सरकार

         ||   24 Views   ||   Published Date : 8th July 2018 |

हरेक वर्ष करोडौं बजेट बिकास लगायतका अन्य बिभिन्न शिर्षकहरुमा खर्च हुने गरेको छ । दैलेखका सबै स्थानीय तहमा अहिले बजेट सक्ने हतार भएको चटारोका बारेमा भिन्न भिन्न खाले बिश्लेषणहरु भैरहेका छन् । दैलेखका अधिकाँस स्थानीय सरकार प्रमुखहरुले स्पष्ट नीति र नियम निर्माण गर्न नसकेका कारण करोडौं रकमका बजेटहरु अहिले अर्थहिन बन्न पुगेका छन् ।
असार २५ गते सम्म बजेटको अन्तिम आकार दिनुपर्ने भएपनि असार २३ गते सम्म कतिपय योजनाहरुको सम्झौता गर्न तल्लिन देखिएको स्थानीय सरकारले कसरी प्रभावकारीताको कुरा अगाडी बढाउने हो त्यो भने हेर्न बाँकी नै छ । आफ्नौ पार्टी निकटका व्यक्तिहरुले गरेका अपुरा कामहरुलाई जसरी भएपनि पुरा गरिदिन भन्दै स्थानीय सरकार प्रमुखहरुले अहिले प्राविधिकहरुलाई जवरजस्ती दवाव दिएका घटनाहरु पनि बाहिर आएका छन् ।
कामै नसकेर भुक्तानी दिने प्रचनलको बिरोध गर्दै अहिले कतिपय स्थानीय तहहरुका कामहरुको बारेमा अख्तियारमा मुद्धा दर्ता समेत भएका छन् ।
स्थानीय सरकारका कामहरुको प्रभावकारीता नभएको भन्दै परेको मुद्धाहरुको बारेमा अख्तियारलाई जानकारी दिन पनि अहिले स्थानीय सरकारलाई हम्मे हम्मे परेको देखिन्छ ।
जनतामुखि भन्दा कार्यकर्तामुखि बिकासमा तल्लिन देखिएका स्थानीय सरकारका प्रमुखहरुले पहिलो बर्षको कार्यप्रगती देखाउन निकै चुनौती थपिएको छ । यस्ता चुनौतीहरुलाई आगामी बर्षमा व्यवस्थित र नीति संगत बनाउनुपर्ने अहिलेको आवश्यकता हो ।
दैलेखका ११ वटै स्थानीय सरकारहरुले आगामी दिनदेखि हरेक बिकास गतिविधिहरुलाई प्रभावकारी कार्यान्वयनका लागि बेलैमा सचेत हुन नसके पुरानो प्रबृति बाहेक अन्य केही हुन नसक्ने देखिएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com