Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सडकको लगानी व्यवस्थित गर्न स्थानीय सरकारले नयाँ नीति लागु गर्नुपर्ने हो कि ?

         ||   12 Views   ||   Published Date : 6th July 2018 |

असारको महिनामा सडकमा गरिएको लगानी र सडकमा हुने विकासको पूर्ण रुपमा मुल्याङ्कन गर्ने बेला आउँदो रहेछ । विगतका वर्षझै यो वर्षपनि सडकमा गरिएको लगानी खेर जाने अवस्था देखिएको छ । सबै स्थानका सडकहरुमा होईन कतिपय नाली बिस्तार गनरेरै खनिएका सडकहरुमा यस्तो समस्या बढेको गुनासो धेरै आउन थालेको छ ।
कार्यकर्ता भिजाउनका लागि वडा वडामा गरिएको सडक विकासले धेरै विकृतिहरु ल्याएको छ । यस्ता विकृति रोक्दै अव स्थानीय सरकारले सडकमा हुने लगानीलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने देखिएको छ । जसरी पनि जताबाट पनि रकम सक्न मिल्ने सडक निर्माणलाई सेतो हात्ती भनेर भनिदै आएको छ । जति करोड पनि लगानी गर्न मिल्ने र जति लाख पनि सकिएको बिल देखाउन मिल्ने सडकमा धेरै लगानी गर्नुले पनि कहि न कहि बदमासी हुन सक्ने आशंका गर्ने ठाउँहरु देखिने गरेको छ ।
अव हरेक स्थानीय तहले कुन सडकलाई कसरी अगाडी बढाउने भन्नेवारेमा गाउँ वा नगरसभाबाटै नीति पास गरेर नाली सहितको पक्कि सडक निर्माण गर्नेबारे गुरुयोजना मार्फत काम अगाडी बढाउनु अहिलेको आवश्यकता हो । यसो नगरे हरेक वर्ष सडकमा लगानी हुने लाखौं रकम वर्षातको भेलझै अर्थहिन हुने संभावना देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com