Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

अबैध गिट्टि बालुवा निकासी रोक्न खोलामै पुगेर प्रजिअले गरे अनुगमन

         ||   55 Views   ||   Published Date : 6th July 2018 |


धमाका संवाददाता
असार २१, दैलेख


स्थानीय सरकारले अबैध गिट्टी बालुवा निकासीमा रोक लगाएपनि धमाधम बालुवा निकाशी भएको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीले खोलामै पुगेर अनुगमन सुरु गरेका छन् ।
जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत स्थानीय सरकारले असार १० गतेदेखि नै जिल्लाभरका खोलाबाट बालुवा गिटी निकासीमा रोक लगाएको थियो । स्थानीय खोलाबाट अबैध रुपमा गिट्टि बालुवा र ढुङ्गा निकासी भएको समचार धमाका राष्ट्रिय दैनिकमा प्रकाशन भएपछि प्रहरीले अनुगमनलाई थप तीव्रता पारेको थियो । बुधवार प्रमुख जिल्ला अधिकारीको टोलीले लोहोरे खोलामा पुगेर अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश न्यौपाने प्रहरी प्रमुख सरोज पौड्याल सहितको टोलीले लोहोरे खोलामा अनुगमन गरेको हो ।
प्रदेश सरकारले कानून निर्माण गर्न ढिदाई गर्दा जिल्लाका खोलाबाट निस्कने गिट्टि बालुवा र ढुङ्गा ं निकासीबाट आउने राजस्व कसले उठाउने भन्ने अन्यौल अहिले पनि कायमै रहेको छ ।
अनुगमनका क्रममा खोलामा भेटिएका ट्याक्टर ड्राईभरलाई समेत प्रमुख जिल्ला अधिकारीले निकासी नगर्न सुझाव दिएका छन् । उनले अबैध रुपमा निकासी भएको पाइएमा कानून बमोजिम कार्वाही हुने जनाकारी दिए । तत्कालिन जिल्ला विकास समिति हुँदा दैलेखको रामाघाट खोला, तल्लो डुङ्गेश्वर, चुप्रा खोला, लोहोरे खोला, छामघाट खोला लगायतका स्थानहरुबाट बालुवा गिट्टी निकासी गर्नका लागि टेन्डर आह्वान हुने गरेको थियो । अत्यावश्यक काममा लागि भनेर ल्याउनु पर्ने बालुवको लागि जिल्ला समन्वय समितिले सिफारिस दिने गरेको छ । जिल्ला समन्वय समितिले छाप हानेर चिट दिएपनि त्यसको प्रत्यक्ष निगरानी नभएकोले समस्या हुन सक्ने प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए । चिटमा उल्लेख गरेको परिमाणको बारेमा लोहोर खोला र दैलेख बजारमा ट्याक्टर इन्ट्रिको ब्यबस्था गर्नु पर्ने प्रहरी प्रमुख सरोज पौड्यालले जानकारी दिएका छन् । आफुहरुले निरन्तर गस्तिलाई बढाएको र अवैध पैठारी भएको भेटिएमा कारवाही गर्ने पौड्यालले जानकारी दिएका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com