Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

भैरवी गाउँपालिका अव संम्बृद्धिको नारा बोकेर हिड्नुपर्छ

         ||   10 Views   ||   Published Date : 5th July 2018 |

बहुमत र अल्पमतको कुरा झिकेर जिल्ला सदरमुकाम, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति हुँदै जिल्लास्तरको सर्वदलिय बैठक सम्म बारम्वार विवाद हुँदै आएपछि विकास र संम्बृद्धिमा समस्या भोगेको भैरवी गाउँपालिकाले पछिल्ला केही महिनामा विकासका कामहरु धमाधम सुरु गरेको छ ।
सडकलाई मुख्य प्राथमिकता दिएका सबै स्थानीय तहहरु जस्तै भैरवी गाउँपालिकाले पनि सडक निर्माणलाई प्राथमिकता दिएको भएपनि यसको दिगोपना र प्रभावकारीताका लागि गम्भिर हुनुपर्ने देखिएको छ ।
गाउँपालिकाले गरेको सार्वजानिक सुनुवाईमा निर्वाचित जनप्रतिनिधिहरुले गरेको प्रतिबद्धतालाई मध्यनजर गर्ने हो भने केन्द्रको विवाद लगभग समाधान भएको आशा गर्न सकिने अवस्था देखिएको छ तर निश्कर्षमा नपुग्ने बेला सम्मका लागि अँझै आशंका भने कायमै रहेको छ ।
अव भैरवी गाउँपालिकाले तत्काल केन्द्रको विवाद समाधान गरेर गाउँपालिकाको संम्बृद्धिका लागि सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने देखिएको छ किनकी भैरवी गाउँपालिकामा दैलेखको निकै प्रशिद्ध धार्मिक तिर्थस्थल शिरिस्थान अवस्थित छ । धार्मिक र वैज्ञानिक रुपले ख्याती कमाएको महत्वपूर्ण पर्यटकीय क्षेत्रको पर्यटन व्यवस्थापन मात्र गर्न सके गाउँपालिकाको आर्थिक अवस्था सुधारमा टेवा पुग्न सक्ने देखिन्छ ।
दैलेखका ११ वटै स्थानीय सरकारहरुले आ–आफ्ना स्थानीय तहहरुको संम्बृद्धिका लागि अभियान थाल्नुपर्ने अहिलेको आवश्यकता हो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com