Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

एक साताभित्र एकतर्फी सवारी चलाउने तयारीमा नगरपालिका पक्कि सडकको निर्माण कार्य धमाधम सुरु

         ||   107 Views   ||   Published Date : 5th July 2018 |


धमाका संवाददाता
असार २०, दैलेख


सदरमुकाम दैलेख बजारको पूर्वी क्षेत्रमा रहेको कच्चि सडक हरेक वर्षातमा हिलाम्य हुने गर्दछ सडक हिलाम्य भएपछि सँधै वर्ष निर्णय हुने तर असारमा भंग हुने एकतर्फी सवारी साधनको दिगो समाधानका लागि नारायण नगउरपालिकाले तत्काल कामको थालनी गर्ने बताएको छ ।
नगरपालिका भित्रका वडा नं. १,६,७ का वडा अध्यक्षहरुलाई यसको दिगो समाधानका लागि नगर प्रमुख रत्नबहादुर खड्काले निर्देशन सहित कार्यआदेश दिएका छन् ।
तपाँईहरुले एक साता भित्र सदरमुकामको पूर्वी सडकमा देखिएको समस्या समाधान गर्नुहोस् आवश्यक सामग्री र जनशक्ति नगरपालिकाले व्यवस्थापन गर्छ । पूर्वी क्षेत्रको सडकमा जथाभावी फालिएको पानीको व्यवस्थापन सँगै नालि नभएका स्थानमा अस्थायी नाली र ग्रावेल हालेर तत्काल पूर्वी सडक संचालनको तयारीमा नगरपालिका रहेको छ ।
हामिले गरेको राम्रो कामको चर्चा नहुने र सामान्य बिग्रेका कामको बढी चर्चा हुने गरेको छ । हामी नीति संगत काम गरिरहेका छौं । पहिलो बर्ष कानुनी जटिलताहरु हुँदा हुँदै पनि नगरपालिका भित्रको मुख्य सडक पक्कि बनाउने र दिगो समाधान खोजिदा समेत हामीमाथि प्रश्नहरु उठे हामी जनता र नगरका बासिन्दाहरुकै हकहितका लागि दिनरात खटिएका छौं । विकासको चाहना धेरै भएकोले सबैले भनेबमोजिम विकास गर्न सकेका छैनौं यो वर्षबाट कामले तीव्रता पाउँछ नगर प्रमुख रत्नबहादुर खड्काले प्रतिक्रिया दिएका छन् ।
नगर उपप्रमुख सावित्रि मल्लले हरेक योजनाहरुको अनुगमन सँगै भुक्तानी प्रक्रिया थालिएको बताएकी छन् । नगरपालिकालाई थप व्यवस्थित बनाउने अभियान अन्र्तगत अहिले तीनवटा निर्माण कम्पनी मार्फत सडक पक्कि र नालि व्यवस्थापनको काम गरिरहेका छौं । ठेकेदारले गरेका कामहरुको बारेमा केही समस्या भए तत्काल नगरपालिकामा खवर गर्न र जनतावाटै खवरदारी गर्न अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले जानकारी दिएका छन् ।
अहिले पुरानो बजारदेखि गणेशचौक, गणेशचौक देखि टेलिकम र टेलिकम देखि काँडाचौर सम्म पि.सि.सि., कालोपत्रे र नालीको काम धमाधम सुरु भएको छ । साहारे खानेपानीको पाईप बिस्तारका बेला भताभुगं भएको नगरपालिकाको सडक व्यवस्थित सँगै नगरपालिकाको फोहर व्यवस्थापन हुन सके नारायण नगरपालिका सुन्दर बन्ने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com