Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

केन्द्रको विवाद समाधान गर्ने भन्दै भैरवीले ग¥यो नौ बुदे प्रतिबद्धता

         ||   372 Views   ||   Published Date : 4th July 2018 |

धमाका संवाददाता
असार १९, दैलेख


लामो समयसम्म केन्द्रको बिवादले समस्यामा परेको भैरवी गाउँपालिकाले तत्काल केन्द्रको विवाद समाधान गरेर गाउँपालिकाको संम्बृद्धिका लागि सवैले हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता गरेका छन् ।
भैरवी गाउँपालिकाले अन्तिम चौमासिक अवधिसम्म सम्पन्न गरेका विकास गतिविधिहरुको बारेमा गाउँपालिकामा गरिएको सार्वजानिक सुनुवाईमा बोल्ने अधिकाँस जवाफदेहि बत्ताहरुले गाउँपालिकाको आर्थिक अवस्था सुधार गर्ने नयाँ र ठोस बिकासका कामहरु सुरु गर्ने प्रतिबद्धता गरेका छन् ।
गाउँपालिकामा देखिएको बिद्युत समस्या समाधानका लागि वडा नं. १ देखि ७ वटै वडामा आगामी वर्षदेखि नियमित विद्युत सेवा बिस्तार गर्ने, गाउँपालिकाद्धारा सम्पन्न भएका विकास गतिविधिहरुलाई पारदर्शी, प्रभावकारी बनउँदै लैजाने, सानातिना विकास गतिविधि भन्दा ठोस र दिर्घकालिन रुपमा जनतालाई उपभोग हुने बिकास गतिविधिहरु संचालन गर्ने, बिषयगत कार्यालयहरुबाट संचालित विकास गतिविधिहरुलाई प्रभावकारी बनाउने, शिक्षाको गुणस्तर सुधार गर्दै आम रुपमा छलफल र बहस गरेर गाउँसभाबाटै नीति पारित गरेर विद्यालय समायोजन गर्ने, शिक्षकहरुको तलव खुवाउने समस्यालाई समाधान गर्न नीति निर्माण गरेर पारिश्रमिकको व्यवस्थापन गर्ने, गाउँपालिकामा संचालन भएका राष्ट्रिय गौरवका आयोजनाहरु गिताचौर सिँचाई कुलो, वडलम्जि खानेपानी, भैरवी हुँदै जुम्ला जोड्ने सडक, गडाज्यूला तटबन्धन नहर जस्ता योजनाहरुको तत्काल अनुगमन गरेर प्रभावकारी रुपमा कार्यान्वयन गराउने, दैलेखको महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा रहेको शिरिस्थान क्षेत्र भैरवी गाउँपालिकामै पर्ने भएकोले शिरिस्थान, भैरवी बासुधारा, धर्मशाला, पंचदेवल लगायतका ऐतिहासिक बस्तुहरुको संरक्षा र इतिहास पुर्नलेखन कार्य गर्दै पर्यटन प्रर्वद्धन गर्ने जस्ता प्रतिबद्धताहरु गाउँपालिकाले गरेको छ ।
सम्पन्न सार्वजनिक सुनुवाईमा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी बुढा, प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद देबकोटा सातवटै वडाका वडा अध्यक्षहरु बिषयगत कार्यलयका प्रमुखहरुले जनताबाट आएका गुनासाहरुको सम्बोधन गरेका थिए ।
गाउँपालिकाको बिकासको बारेमा चिन्ता गर्दै मणिराम बिष्ट, गंगाराम आचार्य, सुर्यबहादुर शाही, ललिता वि.सी., केशव बहादुर शाही ऐनबहादुर कठायत लगायतले गाउँपालिकाले स्पष्ट कार्ययोजना निर्माण गरेर अगाडी बढ्नुपर्ने, गाउँपालिकाको भौतिक पुर्वाधार विकास गरेर एकिकृत रुपमा सेवा प्रदान गर्नुपर्ने, विकास निर्माणलाई चुस्त दुरुस्त बनाउनुपर्ने, सडक निर्माणसँगै अनिवार्य नालिको व्यवस्थापन गर्नुपर्ने, गाउँपालिकामा भएका खानीहरुको खोजी गरि उत्खनन् गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए ।
भैरवी गाउँपालिकाको आयोजनामा गरिएको सार्वजनिक सुनवाईमा सक्षम प्रकाशन प्रा.लि. र धमाका दैनिकको तर्फबाट बिष्णु शर्मा, ज्योती कटुवाल र उदय अधिकारीले सुनुवाईको सहजिकरण गरेका थिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com