Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कर्णालि प्रदेशः पर्यटनका सम्भावना र चुनौतिहरु

         भिम वि.सी. ||   80 Views   ||   Published Date : 1st July 2018 |


भिम वि.सी.
नेपाल प्राकृतिक, सास्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकिय गन्तव्यको देश हो । पर्यटकियहरुको गतितिविधिहरुको विविधिकरण गर्दै नयाँ पर्यटकिय उपजहरुको पहिचान,विकास तथा पर्यटकिय पुर्वाधार को विकास मार्फत आर्थिक समृद्धी हासिल गर्न सकिन्छ । हरियालि वनजङगल, तालतलैया, छहरा जैविक विविधताले भरिपूर्ण हुदाँ विश्वमै हरेक वर्ष नेपाललाई उत्कृष्ट पर्यटकिय गन्तव्यको रुपमा लिइदै आइएको छ ।
कर्णालि प्रदेश देशको सवैभन्दा पश्चिममा अवस्थित तथा क्षेत्रफलको आधारमा ठूलो प्रदेश हो । मुलुकले संघिय शासन प्रणालि अवलम्वन गरे लगतै प्रत्येक प्रदेशले आ(आफना विकासका सम्भावना खोतल्दै गर्दा पर्यटनलाई प्रमुख खम्वाको रुपमा औल्याएको पाइन्छ ।
पर्यटन विनाको विकास अधुरो र अपुरो हुन्छ ।
पर्यटन विकासको लागि सर्वप्रथम पर्यटकीय क्षेत्रको पहिचान,पर्यटन पूर्वाधारको विकास,पर्यटनको क्षेत्र निश्चित गरिनुपर्दछ । कर्णालि प्रदेश भौगोलिक रुपमा विकट भएतापनि प्राकृतिक रुपमा नेपालकै धनी प्रदेश भन्दा अत्युक्ति नहोला ।
तर, विडम्बना प्रचुर पर्यटकिय
सम्भावना हुदाँ हुदै पनि आज कर्णाली प्रदेश ओझेलमा परेको छ । पर्यटकिय पुर्वाधारको विकासको अभाव तथा प्रचार प्रचारको अभावले गर्दा पर्यटकिय गतिविधिहरु अगाडि बढ्न सकेका छैनन् ।
सम्भावनाहरुः
दश वटा जिल्लामा फैलिएको यस प्रदेशमा विशेष गरि ताल तलैयाहरु, धार्मिक स्थल, साहसिक पर्यटन,पर्वतारोहणको लागि सम्भावना बोकेको छ । आन्तरिक तथा बाह्य पर्यटनको लागि धार्मिक स्थलको रुपमा सुर्खेतको देउतिबज्यै, लाटिकोइलि, दैलेखको पचंकोशि, प चंदेवल, कृतिखम्ब, जुम्लाको चन्दननाथ,तातोपानि कुण्ड प्रमुख स्थलको रुपमा लिइन्छ । रारा ताल, बुलबुले ताल,से फोकसुन्डो ताल यो क्षेत्रका अमुल्य सम्पति हुन । यसैगरि ग्रामिण पर्यटन,कृषि पर्यटनलाई प्रर्वद्धन गर्दै पर्यटनलाई प्रमुख रोजगारिको क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । आन्तरिक तथा बाह्रय क्षेत्रमा पर्यटकिय गन्त्व्यहरुको प्रचार प्रसार गरि तल्लो तह सम्म होमस्टे संचालन गर्ने,धार्मिक सम्पदाहरुको संरक्षण एवं सम्र्वद्धन,साहसिक पर्यटन जस्तै पर्वतारोहण, स्कि, प्यारागलाइडिङ, रक कलाइम्विङ , वन्जि जम्प को पहिचान, विकास तथा प्रवद्धन गरि यहाँका जनतालाई रोजगारिका क्षेत्रमा प्रत्यक्ष जोडि गरिवि न्यूनिकरण गर्न सकिन्छ । पर्यटनका प्रचुर सम्भावना हरुलाई विकासमा परिणत गर्न प्रदेश सरकारले पर्यटन गुरुयोजना निमार्ण गरि प्रभावकारि कार्यान्वयनमा ल्याउन सके पर्यटनलाई प्रदेशका नागरिकको जनजिवनमा प्रत्यक्ष परिर्वतन ल्याउन सकिन्छ ।
चुनौतिहरुःप्रमुख पर्यटकिय स्थलहरुसम्म आवश्यक पूर्वाधारहरु विमानस्थल, चमेनागृह, होटेल, शौचालय, पोर्टर सेल्टर, पर्यटक संरचना केन्द्र आदिको विकास गरि पर्यटकहरुलाई सुरक्षित वसोवास तथा सुरक्षाको प्रत्याभूति दीलाउनु प्रमुख चुनौति रहेको छ । साहसिक पर्यटनका लागि उर्वर भूमी रहेको तर भौगोलिक रुपमा अत्यन्त विकट हुदाँ र राज्यको केन्द्रिकृत विकास नीतिले यो क्षेत्रबाट तत्काल लाभ लिन सम्भाव देखिदैन । त्यस्तै प्राकृतिक तथा धार्मिक सम्पदाहरु जिर्ण हुदै गइरहेको अवस्थामा धार्मिक तथा सांस्कृतिक पर्यटनको नारा अर्थहिन हुन जान्छ ।
तसर्थ,कर्णालि प्रदेशको पर्यटन विकासको लागि निजि क्षेत्रलाई लगानिमा प्रोत्साहन गरि कर्णाली सरकारको स्पष्ट दिर्घकालिन रणनीति तथा कार्यनिति सहित व्यापक प्रचार प्रसार गरि ग्रामिण पर्यटनको पहिचान एवं विकास गरेमा अपेक्षित प्रगति हासिल गर्न सकिन्छ । पर्यटन क्षेत्र धार्मिक,सास्कृतिक,आर्थिक, तथा ऐतिहासिक क्षेत्र संग अन्तरसम्बिन्धत विषय भएकोले समग्र क्षेत्रको समानान्तर विकास बाट मात्र पर्यटनको विकास सम्भव हुन्छ । कर्णाली सरकारको रारा पर्यटन वर्ष २०७५ जस्तै हरेक वर्ष यहाँको सरकारले व्यवसायिक पर्यटनको प्रवद्धनको लागि पर्यटन कुटनीतिलाई मजबुत बनाई संघीय सरकार र अन्य प्रदेश संग समन्वय गरि तथा बाह्य मुलुक संग भगिनि सम्बन्ध स्थापना गरि अगाडि बढ्न जरुरी छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com