Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

पत्थर प्रशोधन मेशिनको सफल परीक्षण स्लेट उद्योग खोल्ने तयारीमा भगवतीमाई गाउ“पालिका

         ||   311 Views   ||   Published Date : 1st July 2018 |


धमाका संवाददाता
असार १६, दैलेख


स्थानीय सरकार गठन भएसँगै गाउँपालिकामा भएका पत्थर खानी उत्खनन्लाई पहिलो प्राथमिकतामा राखेर खानि खोज्दै हिडेको भगवतीमाई गाउँपालिकाले अहिले पत्थर काट्ने मेसिन गाउँमै भित्राएको छ । पहिलोपटक भित्रिएको पत्थर काट्ने मेसिनको परीक्षण सम्पन्न भएको छ । परिक्षण सँगै गाउँपालिका भरी भएका २२ भन्दा बढी पत्थर खानीमा काम गर्ने स्थानीय कृषकहरुलाई पत्थरको डिजाईन कसरी निकाल्ने भन्नेबारेमा तालिम प्रदान गरिएको छ । पत्थरको राम्रो बजार भएका कारण गाउँपालिकाले केही समय भित्र उद्योग स्थापना गरेर स्थानीय स्तरमै रोजगारी र आर्थिक अवस्था सुधार ल्याउने योजनामा रहेको छ ।
मेसिनले काटेर मिलाइएको पत्थरको मूल्य र हातले काटेको तत्थरको मूल्यको तुलना गर्दा आकाश पाताल फरक पर्ने गरेको स्थानीय उद्यमी नरबहादुर थापाले बताए । पहिला एउटा पत्थर काटेर पैतिस रुपैयाँमा बिक्रि गर्ने गथ्र्यौं तर अहिले मेशिनले मिलाएको पत्थरको मुल्य तीन सय सम्म पर्दो रहेछ ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले भने हाम्रो गाउँपालिकामा करोडौं मुल्यको पत्थर खेर गएको रहेछ । दैलेखमा उत्पादन गरिएको पत्थर निकै राम्रो र गुणस्तरीय भएको कम्पनीहरुले बताएका छन् । बील्डअफ नेपाल नामक संस्थाले दैलेखको पत्थर पोखरा र दिल्ली सम्म बिक्रि गर्न सकिने बताएको अध्यक्ष थापाले बताए ।
विद्युत समस्या समाधान हुनेवित्तिकै
धमाधम उद्योग संचालन गर्ने तयारी
गाउँपालिकाले ३ लाख ६० हजारको लागतमा ल्याएको मेसिनको परीक्षण सफल भएको छ । बत्ति नभएका कारण जेनेरेटरबाट परीक्षण सम्पन्न गर्यौं तालिम पनि सम्पन्न भयो । आगामी बर्षको पहिलो चौमासिक अवधिसम्म गाउँपालिकामा बत्ति पुग्ने बत्ति पुगेसँगै मेसिन मार्फत ढुंगा काट्ने काम सुरु गर्ने अभियानमा गाउँपालिका रहेको प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर बुढाले जानकारी दिएका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com