Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

परिवर्तन २००४ देखि २०७५ सम्मका ठुलठुला परिवर्तन र बाम एकता

         रण बहादुर ऐरी ||   15 Views   ||   Published Date : 24th June 2018 |

 रण बहादुर ऐरी

देशमा भएका २००४ साल देखि २०७५ सम्मको परिवर्तको सम्बाहक जनताले नेपाली धर्तिको लागि के गरे, के गरेनन्          एकतन्त्रि जहाँनिय राणा शासनको अन्त्यको लागि लडेका बि.पि. कोईराला, जहाँनिय शासनको अन्त्य गरी नेपालको प्रधानमन्त्री बन्न सफल भए । दर्शन शास्त्रको ज्ञाता पनि बन्न पुगे ।

वि.स. २०१५ साल सम्मको संसदिय दलिय व्यवस्था    (कु )   गरी     राजा महेन्द्रले पञ्चायती व्यवस्था लाद्न सफल भएको इतिहासको काल खण्ड वि.स. २०१९ पौष २१ देखि निरन्तर पञ्चायत र सुधारिएको पञ्चायत हालीमुहाली को सिकार भए नेपालको मातृभुमीको लागी लड्ने जनता र प्रजातान्त्रिक शक्ति संज्ञाका जनप्रतिनिधी तत्पश्चात नेपाली जनता निर्दल बहुदलको लडाईमा हुमीए ।

बि.स.२०३६ साल सम्म बहुदल निर्दलको चुनावमा पञ्चायती कालका प्रधानमन्त्रि सुर्यबहादुर थापाको दिग विजय भयो र पञ्चायती व्यवस्था पुर्ण रुपेण हुन पुग्यो र भयो पनि तैसै । त्यो काल खण्डको समयका योद्धा गणेशमान, कृष्ण प्रसाद भट्राई र मनमोहन अधिकारी ,       जिवराज आश्रित, केपी ओली , माधब नेपाल  झलनाथ खनाल , गिरिजाप्रसाद कोईराला र शेर बहादुर देउवा समेतका नेताहरुले भित्री भित्री रुपमा लडाई जारी    राख्दै राजा सहितको प्रजातन्त्र ल्याउन    वि. स. २०४६ मा सफल भए र      अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भटराईलाई ६ महिनाको संविधान बनाउने मेन्डेट् दिए जनताले ६ महिनामै सफल प्रजातन्त्रको चुनाव बनाई बहुमत सरकारको प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला भए  । गृहमन्त्रि शेरबहादुर देउवा हुनु भयो । ईतिहासको लडाई लडिरहने कागे्रसको     अदुरदर्शिताको कारण मध्यावधि चुुनाव हुन पुग्यो र अनेकौ किसिमको अस्थिर          राजनतिकको कारण विस २०५२ साल देखि जन आन्दोलनको थालनी हुन पुग्यो भयो जनयुद्ध अस्थिरताको राज्य शक्तामा छोटो समय अथवा ६÷६ महिनामा        फेरिए दर्जनौ प्रधानमन्त्रि उपप्रधान मन्त्री ५ दर्जन समेटको मन्त्रीमण्डल र जादुटुना गरी तत्पश्चात गिरिजाप्रसाद कोईरालाकै प्रधानमन्त्रित्व कालमा संविधान सभाको निर्वाचन भयो र माओवादी सबैभन्दा ठुलो पार्टीको रुपमा उडायो । पहिलो संविधान सभा फेल भई खिलराज         रेग्मीको कुशल प्रधानमन्त्रीत्व   कालमा दोस्रो संविधान सभाको चुनाव भयो  नेपाली काग्रेस ठुलो राजनीतिक दलको प्रधानमन्त्री चुनिन पुगे शुसिल       कोईराला । शुसिल कोईराला नेतृत्व को सरकारले नेपालको गणतन्त्रातिक संविधान बनाउन सफल एवं कुशल भुमिका निभाए । संविधान तह तीन तहका चुनाव सफल भए । प्रधानमन्त्रि       शेरबहादुर देउवाको नेतृत्वमा अहिले दलिय व्यवस्था स्विकार गरी १२ बर्षे प्रजातन्त्र र गणतान्त्रिक कालको गणनाको लागि परेको  नेकपा एमाले सबैभन्दा ठुलो दलको रुपमा छानेर पठाएका     छन् नेपाली जनताले हालसम्मको राणा विरुद्धको लडाई मा जनताका        छोराछोरी सहिद भए आलो पञ्चायतकाल हटाउन लड्डा ज्यानको वाजि दिए । गणतन्त्र ल्याउन सत्र हजार जनताको छोरा छोरीको ज्यान गयो । आजका दिन आईपुग्दा नेपाली जनताले ठुला ठुला परिवर्तन गरे राजनितक दलहरुसंग ज्यानको बाजी दिएर प्रजातन्त्र र गणतन्त्रको लागि ज्यानको बाजी थापेर लागे र गणतन्त्रको चुनावले बाम एकता भई नेकपा एकिकृत माओवादी केन्द्र  र नेकपा एमाले एकिकरण भई विशाल पार्टी हुने मौका जनताका छोरा        छोरी शहरुले दिएको ठुलो अवसर हो । तथापि दुई धाई सौ वर्षसम्मको अनेको परिवर्तनको फल के पाए जनताहरुले यो ईश्वर जसको सृष्टि संरचना हो उसले पनि नेपाल माता का र्निह       छोराछोरीहरुलाई न्याय दिएको अवस्था भने छैन । हुकुमी जहाँनिय शासन आयो दुख पाए सुख कहिल्यै         पाएनन् ।

पञ्चायतकालमा जनताले राम्रो शिक्षा पाएनन, खान पाएनन् लाउन् पाएनन् २०४६ सालको प्रजातन्त्र आयो विदेशिन पाए, स्वरोजगार पाएनन् गणतन्त्र आयो यसले पनि युुवा स्वरोजगार र प्राविधिक शिक्षालाई संवोधन गर्ने अवशर देखाएन ।अशिक्षित गरिव र निमुखा नेपाली जनता लडे , लड्छन , लड्नेछन्     राष्ट्रिय अस्तित्वको लागि निरिहको हातमा सुनौला अक्षरले आदर्श छाटेका कयौं कालका संविधानले कृषि प्रधान राष्ट्रमा, न मनग्य धान फलाए, न गाँसको व्यवस्था भयो न कपासको, न शिक्षा, न रोजगार , न आराम, न विश्राम, हरे शिव शंकर भगवान , नपाए ॐकार दैव । जुन सुकै दलपनि एकिकरण हुनु नेपाल राष्ट्रको लागि खुसीको सन्देश नभई राज्यको सुशासन  विकास र ईज्जत को मजबुत कडीको रुपमा लिन्छौ  लिएका छौ र लिनेछौ।

सर्वप्रथम त म भुकम्प पीडित , बाढी पीडित, मानव पीडित, निरिहको छोरा छोरीको जिविकाको सवालमा आर्दश होईन दरो कार्यान्वयनको योजना लागु होस । खाडी मुलुकमा पैसाको लागि ज्यान गुमाएका युवा युवतीको स्वरोजगारको व्यवस्थाको लागि अग्रशर होस सरकार, सयौं नदिनालाबाट उर्जा शक्ति निकाली उधोगधन्दाको लागि अग्रसर होस सरकार ।  कृषि उधोग र कलकारखानाको सवालमा कहिल्यै नचुकोस सरकार । श्रमजीवि सबैका समस्या  नौकर शाही होस अथवा मजदुर होस । अथवा श्रमजीवि पत्रकारहरुको सवालको जवाफ देओस सरकारले सत्य युग देखि जन्मेका धार्मिक स्थलको संरक्षण गरि राष्ट्रिय गौरवका योजनालाई लाखौं धार्मिक पर्यटकिय स्थल घोषणा  गर्न सरकार नचुकोस  साधन सम्पन्न नेता र गरिवी जनताको विचको खाडल पुर्न सकोस सरकारले ।

ब्यूरोकेसि र राजनेता बिचको    द्धन्द्ध को निवारण गर्न सकोस सरकारले  नेपालमा जन्मेका गौतम बुद्ध र भारत  मा जन्मेका गान्धीको परम अहिंसा को राजनीति गरुन राजनेताले ।  यो सुनौलो अवशर सदुपयोग गरोस सरकारले, वृदको होस र युवाको जोश संगालेर राखोस सरकारले । अब कुनै पनि राजनैतिक  कमण्डलु को आधारमा क्रान्ति गर्ने  गरि जनताका छोराछोरीलाई नउचालिओस यो सिता माताको धर्तिमा सगरमाथाको देशमा संखौं धार्मिक स्थल भएको देशमा यो बाम एकताको सार्थकता हो । यहि परिवर्तन दुई ढाई बर्ष सम्म भए जनताका छोराले खोक्रा नारा र कोरा कागजमा भएका संविधान पाए अब जनताका छोरा चाहान्छन       राष्ट्रमा दिगो शान्ति   आर्थिक क्रान्ति, शैक्षिक क्रान्ति औधोगिक कलकारखाना , युवा स्वरोजगार , संस्कार , नैतिकता , आचारविचार सँस्कार विधा विचार समेटेको समोन्नति र समृद्धि त्यैसैले यो देशका राजनीतिक दलहरु एक ढिक्का भई जनताको सवालमा उठ्नुपर्ने देखिएको छ । व्यक्तिगत सवालमा अगाडी बढ्ने हो भने धार्तीमाताले धिक्कार्ने छिन , राष्ट्र रुनेछ , युवा युवति विदेशिने छन् र अदुरदर्शि नीतिको थालनी हुनेछ र कलियुग    चरम पापको सिमाले बढावा पाउने छ र नेपाल नेपाली जीवन धिक्कारको शिकार हुनेछ । यो बाम एकतालाई जनताको समुन्नतिको प्रथम सवाल राख्दै , जनता सदा शुखी रहोन भन्दै म लेखक पनि विट मार्छु । जय समुन्नति जय सम्बृद्धि सत्विचार

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com