Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

जिम्मेवार प्रतिपक्षिको भूमिकामा संचार माध्याम र संचारकर्मीको भूमिका जरुरी

         ||   20 Views   ||   Published Date : 11th June 2018 |

संचार माध्याम र संचारकर्मीहरुले निर्वाह गर्नुपर्ने भूमिकाहरुको बारेमा बेला बेलामा चर्चा र परिचर्चा हुने गरेको सुनिन्छ । संचारकर्मीहरुले आवाज बिहिनहरुको आवाजलाई बाहिर निकालेर नसुनेको राज्य सत्तालाई सुन्न बाध्य बनाउने सशक्त माध्याम भएकोले पनि धेरैले संचार माध्यामहरुबाट आशा बोकेका हुन्छन् ।
सरकारलाई वा सार्वजनिक पध धारण गरेका व्यक्तिहरुले गरेका कार्यशैलीका र जनताको पक्ष वा विपक्षमा भएका कामहरुको खोजी गर्ने, सरकारलाई सचेत बनाउने अभियान अव हरेक संचार संस्थाहरुले आ–आफ्नो स्थानबाट गर्न जरुरी देखिएको छ ।
लामो समयको अन्तराल पछि स्थानीय तहको चुनाव सम्पन्न भएको छ । स्थानीय सरकारले गाउँ गाउँमा विकासका गतिविधिहरु संचालन गरिरहेको देखिन्छ । धेरै बिकास गतिविधिहरु संचालनका लागि आ– आफ्ना नीति र नियमहरु स्वभाविक रुपले कार्यान्वयन गर्नुपर्ने अवस्था भैरहँदा कतिपय स्थानहरुमा भनेबमोजिमका विकास गतिविधिहरु नभएका गुनासोहरुलाई सम्बोधन गर्दै पत्रकारहरुले निश्पक्ष कलम चलाउनुपर्ने आवश्यकतालाई जिल्लामा महसुस गरिएको छ ।
जिम्मेवार पत्रकारिताको विकास हुन नसकेर पक्षपाति रुपमा र पार्टीगत रुपमा उठाउनुपर्ने बिषयहरु नउठाई चुपचाप बस्ने चलन पनि दैलेखमा यदाकता सुन्नमा आएको छ । संचार माध्याम र संचारकर्मीहरुले जहिलेपनि राज्यको कामको जिम्मेवार प्रतिपक्षिको भूमिकामा देखिनुपर्ने आवश्यकता छ । जसले गर्दा बिकासमा पारदर्शीता हुन्छ, सुशासन कायम हुन्छ र दिगो विकासको सुरुवात हुन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com