Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

भगवतीमाई गाउँपालिकाले बनायो आफ्नै कानुन राजपत्रमा प्रकाशित गरेर कानुनको लागु भैसक्योःथापा

         ||   21 Views   ||   Published Date : 8th June 2018 |


धमाका संवाददाता
जेष्ठ २४, दैलेख


दैलेखका ११ वटा स्थानीय तहमध्ये सबै भन्दा पहिला विद्यालय मर्ज गरेर शैक्षिक क्षेत्रको सुधारमा लागेको भगवतीमाई गाउँपालिकाले स्थानीय कानुन निर्माण गरेर लागु गर्ने पहिलो गाउँपालिकाको रुपमा थप परिचय बनाएको छ ।
भगवतीमाई गाउँपालिकाको आर्थिक अवस्था सुधार गर्नका लागि,कृषि,शिक्षा,पूर्वाधार, सहकारी लगायतका क्षेत्रको विकास गर्दै गाउँको आर्थिक अवस्था सुधार गर्न कानुन निर्माण गरेर लागु गरिसकेको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिएका छन् । गाउँ सभामा ऐनहरु पास भएका थिए, गाउँपालिकाको काम गर्दा ऐन र नियम कानुन नभएपछि समस्या हुने देखियो विद्यायन समिति, लेखा समिति लगायतका बिभिन्न उप समितिहरुले तयार गरेको मस्यौदा दोस्रो गाउँ सभामा प्रस्तुत भयो ३ दिन सम्म छलफल भयो । संशोधन सहितका प्रस्तावहरु पारित भए अहिले राजपत्र प्रकाशन गरिसकेका छौं । अहिले काममा निकै सहजता भएको छ ।
नेपालको संविधानको धारा २८८ को उपधारा २ ले दिएको अधिकार प्रयोग गरि संविधानाको धारा २२६ को उपधारा १ बमोजिम गाउँ सभाले अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्ने सम्वन्धि ऐन बनाई लागु समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर बढाले जानकारी दिएका छन् । ऐन नियम, कार्यक्रम र कार्यनिर्देशिका बिना गाउँपालिकाको बिकासमा समस्या हुने देखिएपछि दोस्रो गाउँसभाबाट बिभिन्न समिति मार्फत दफावार छलफल पछि कानुन निर्माण गरिएको र लागु भैसकेको बुढाले बताए ।
गाउँपालिकाको आर्थिक अवस्था सुधारका लागि आर्थिक ऐन २०७४ निर्माण गरिएको छ उक्त ऐन गाउँसभाबाट पारित
भैसकेको छ । गाउँपालिकाले आर्थिक ऐन अन्र्तगत सम्पती कर, भूमि कर, घरवाहल कर, व्यवसाय कर, जडिबुटि कर, सवारी साधन कर, मनोरञ्जन कर, लगाईएको छ । ऐनमा भनिएको छ प्रदेशको कानुन बनेर कानुनमा बाझिने कुरा आएका प्रदेश कानुन सरह हुनेछ ।
गाउँपालिकाले कानुन अनुसार स्थानीय सडकहरुको बर्गिकरण गरेको छ । महत्वपूर्ण स्थानमा रहेका सडकलाई पालिका सडक, बस्तिस्तरमा भएका सडकलाई बस्ति सडक भनिएको छ । यस्ता सडकहरुको न्यूनतम लम्बाई ६ मिटर हुनुपर्ने उल्लेख छ । कृषि उत्पादन क्षेत्रमा पुग्नका लागि कृषि सडक लगायतका सडकहरु राखिएको छ । राजपत्रको परिच्छेद ५ मा गाउँपालिकामा नयाँ भवन निर्माण गर्दा अनिवार्य नक्सापास लिनुपर्ने कुरा उल्लेख गरिएको छ ।
उपभोक्ता समितिमार्फत गरिएका कामहरुमा जनश्रमदान देखावटी मात्रै भएको र प्रभावकारी नभएको गुनासो बढेका बेला भगवती माईले १५ लाख भन्दा माथिका सबै पूर्वाधारका कामहरु ठेक्का मार्फत संचालन गर्ने र अनुगमन प्रर्णालीलाई प्रभावकारी बनाउने कानुन पास गरेको छ । यो सँगै निर्माण व्यवसायिले प्रभावकारी काम नगरेको भेटिएमा वा लापरवाही भएको पाईएमा सिधै कारवाही गर्ने र नेपालभरी काम गर्न नपाउने गरि रिफारिस गर्न सक्ने कानुन निर्माण समेत गरेको छ ।
ऐनको परिच्छेद ८ मा सार्वजनिक निजी साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गरेर युवाहरुलाई स्वरोजगार र गाउँमै आर्थिक बृद्धिका कामहरु संचालन गर्ने कुरा उल्लेख गरिएको छ । वातावरण संरक्षणका लागि ६० लाख देखि १० करोड लागतका पूर्वाधार योजनाहरुको वातावरणीय परीक्षण र सो भन्द माथि भए वातावरण प्रभाव मूल्याङ्कन
अनिवार्य गराउनुपर्ने उल्लेख छ ।
सहकारी मार्फत गाउँमै रोजगारी सृजना गर्ने अभियानमा गाउँपालिका लागेको अध्यक्ष दानबहादुर थापाले जानकारी दिएका छन् । यसका लागि सहकारी ऐन लागु गरिएको छ थापाले भने कृषिको धेरै संभावना भएकोले गाउँपालिकामा आन्तरिक रोजगारी र आर्थिक अवस्था सुधार गर्नका लागि व्यवसायिक कृषिका लागि जग्गा लिजमा लिन सकिने, र गाउँपालिकाले समेत कृषकहरुलाई सौलियत प्रदान गर्ने उल्लेख गरे । बिभिन्न कृषिका पकेट क्षेत्र निर्धारण गर्नै बताईएको छ ।
गाउँपालिकाको शैक्षिक क्षेत्रको सुधारका लागि १२ वटा विद्यालय मर्ज गरेर पहिलो गाउँपालिका बनेको भगवतीमाईले स्थानीय स्तरमा कानुन निर्माण गरेर लागु गर्ने पहिलो गाउँपालिका भएको छ । गाउँपालिका भित्र रहेका पत्थर र स्लेट खानी खोज्दै यो वर्षदेखि खानी उत्खनन्का लागि थप कार्य अगाडी बढाउने काम भैरहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिएका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com