Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

औषधि अभाव पुरा गर्नेबारे चिन्ता कर्मचारीलाई सम्मान गर्नुहोस् ः थापा उपस्थिती नियमित हुनुपर्छ ः न्यौपाने

         ||   12 Views   ||   Published Date : 8th June 2018 |

धमाका संवाददाता
जेष्ठ २४,दैलेख
स्वास्थ्य कार्यालय स्थानीय सरकारको मातहतमा गएसँगै देखिएको औषधि आपुर्ती अभाव पुरा गर्नेबारे जिल्लास्तरमा बहस र चिन्ता गरिएको छ । स्वास्थ्य चौकिहरुमा पुग्नुपर्ने ३५ प्रकारका औषधिहरु मध्ये मुस्किलले १५ प्रकारका औषधिहरु मात्र पुग्ने गरेका छन् । समस्या समाधानका लागि जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, नारायण नगपालिका उपप्रमुख लगायतको उपस्थितिमा समिक्षा बैठक गरिएको हो । बैठकको अध्यक्षता गर्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जिल्लाका स्थानीय तहहरुमा गएका बिषयगत कार्यालयका कर्मचारीहरुलाई हेलाको दृष्टिले नहेरी सम्मान गर्न स्थानीय सरकार प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई आग्रह गरेका छन् ।  जिल्ला स्वास्थ्य लगायतका मातहतका कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण फरक भएको र बजेट बिनियोजन लगायतका कुराहरुमा हेला गरिएको भन्ने गुनासोको सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेख मार्फत बिभिन्न १५ वटा स्वास्थ्य संस्थाहरुमा गरिएको सामाजिक परीक्षण कार्याक्रमको प्रतिवेदन प्रस्तुती बैठकमा बोल्दै थापाले भने “कर्मचारीहरुलाई सम्मान गर्नुहोस्, नियमित काम गर्नुभएन भने मलाई भन्नुहोस् ।” कामको मुल्याङ्कननै नगरेर विश्लेषण गर्नै काम कसैले गर्न नहुने थापाले बताए ।
जिल्लाभरका स्वास्थ्य चौकीहरु स्थानीय सरकारको मातहतमा पुगेसँगै औषधि व्यवस्थापनमा निकै ठूलो चुनौती देखिएकोले आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि बजेट बिनियोजनमा सबै स्थानीय सरकारले ध्यान दिनुपर्ने थापाले बताए ।
स्वास्थ्य क्षेत्रको समस्याका बारेमा सबै निकायहरु गम्भिर हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले राष्ट्रसेवक कर्मचारीहरुले कार्यालयमा नियमित उपस्थिती हुनुपर्ने सुझाव दिदै सरकारले थालेका कामहरुमा सवैले साथ र सहयोग गर्नुपर्ने बताए ।
नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्रि मल्लले नारायण नगरपालिका भित्र जिल्ला स्वास्थ्य कार्यालय रहेको र जिल्लाभरका बिरामीहरुको स्वास्थ्य सेवाका बारेमा ख्याल गर्नुपर्ने निकाय भएकोले आगामी वर्षदेखि औषधि लगायत जिल्ला स्वास्थ्यको थप पुर्वाधार विकासमा सहयोग गर्ने बताए ।
जिल्ला स्वास्थ्य कार्यलय दैलेखका प्रमुख निरन्जन पन्तले जिल्लामा ७० प्रकारका औषधि आवश्यक हुने गरेकोले समस्या भएको भन्दै नगरपालिकाले प्रदान गरेको औषधिको परिमाण न्यून भएकोले औषधि आपूर्तिमा समस्या भएको बताए ।
जिल्लाभरका १५ वटा स्वास्थ्य संस्थाहरुमा धमाका दैनिक दैलेखको सहजिकरणमा गरिएको सामाजिक परीक्षणको प्रतिवेदन प्रस्तुत गर्दै दैनिकका सम्पादक बिष्णु शर्माले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकोले देखिएका कमि कमजोरी सच्चाउँदै जानुपर्ने सुझाव दिएका छन् । सामाजिक परीक्षणको सहजकर्ताका लागि पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र के.सी., धमाका दैनिकका सम्पादक बिष्णु शर्मा, कार्यकारी सम्पादक कमल शर्मा, कान्तिपुर दैनिकका ज्योती कटुवाल, शुशासनकर्मी गंगाराम रोकाय, जनक न्यौपाने लगायतले बिभिन्न स्थानमा सहजिकरण गरेका थिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com