Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

स्थानीय तहमा मुद्दाको ओईरो महावु गाउँपालिकाको धेरै मुद्दा अख्तियारमा

         ||   121 Views   ||   Published Date : 7th June 2018 |


विष्णु शर्मा
जेष्ठ २२, दैलेख


स्थानीय तहले काम सम्पन्न गर्न करिव १ महिना १० दिन बाँकी रहँदै गर्दा बिकास निर्माणमा चित्त नबुझेको, उपभोक्ता समिति गठनमा अध्यक्षहरुले एकलौटी गरेको, स्टिमेट बिनै योजना निर्माण भएको र अपुरो योजना पूरा भयो भन्दै भुक्तानी दिएर अख्तियारी मिचेको जस्ता बिभिन्न आरोपहरु लगाउँदै मुद्दा दर्ता गर्ने चलन बढेको छ ।
कर्मचारी नियुक्ति देखिका बिभिन्न बिषयहरु सँगै बिकास निर्माण, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गर्ने क्रम पनि बढेको देखिएको छ ।
दैलेखका बिभिन्न ११ वटा स्थानीय तहबाट संचालन भएका विकास गतिविधिहरुमा चित्त नबुझेको भन्दै ६५ बढी मुद्दा अख्तियारमा दर्ता भएको र सोको खोजवीनका लागि अख्तियारले मातहतको कार्यालयको रुपमा रहेको जिल्ला समन्वय समितिलाई जानकारी सहितको पत्र पठाएको छ । बिभिन्न मातहतका निकायहरुलाई सोधि पठाउने अभियान अन्र्तगत जिल्ला समन्वय समितिको मातहतमा रहेका दैलेखका ११ वटा स्थानीय तहहरुको बारेमा परेका मुद्दाहरुको जानकारी माग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समितिलाई पत्र पठाएको र आफुहरुले सोही अनुसार सम्वन्धित निकायमा पत्राचार गरिसकेको जिल्ला समन्वय समिति दैलेखका कार्यक्रम अधिकृत पदम सापकोटाले जानकारी दिएका छन् । विकास निर्माणका काममा ढिलासुस्ती, आर्थिक अनियमितता र गुणस्तर नभएको भन्दै अख्तियारमा उजुरी धेरै परेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति दैलेख मार्फत दर्ता र चलानी गर्नुपर्ने अख्तियारका पत्रहरु मध्ये धेरै उजुरी महावु गाउँपालिकाको विकासका बारेमा परेको जिल्ला समन्वय समिति दैलेखका नायव सुब्बा पुर्णनाथ योगीले बताए ।
महाबु गाउँपालिकाका १० ठूला विकास योजनाको बारेमा उजुरी परेको जिससले जनाएको छ । एक करोड रुपैयाँ विनियोजन गरिएको ताराघाट–खरिगैरा सडकको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले उजुरी दिएका छन् । हतारमा स्टिमेट गर्दा उक्त सडकमा झ्याल ढोका समेत राख्नुपर्ने कुरा उल्लेख छ । योजनाको डिजाईन स्टिमेटमा पनि खोट हुन सक्ने स्थानीय उपभोक्ता समितिका पदाधिकारीहरुले बताए ।
बाँसी रिठा जाने सडकमा पनि अनियमितता भएको देखिएको छ । पहिला ८ लाखको पर्खाल निर्माण र ३२ लाखको कटि· राखिएको भएपनि एकाएक पर्खालको रेट १८ लाख पु¥याएपछि समस्या भएको बताईएको छ । ३ सय ५० बढी योजना महावु गाउँपालिकामा संचालित छन् ।
यस्ता छन् अख्तियारमा मुद्दा परेका योजना र लागत
ताराघाट खरिगैरा सडक ५० लाख
ताराचौर ढुंग्री बडाखोला सडक ३० लाख
दारेघाट तिपेडी बाँसी सडक ४० लाख
गिताचौर काँशिकाँध सडक ४० लाख
काप्रिखोला रपर फागु सडक
खरिगैरा गैडाबाज विद्युत विस्तार ७० लाख ।
राउटेचौर खेलकुद मैदान २९ लाख ।
अन्य स्थानीय तहका मुद्दाहरु
मटेला बिशाला बाहकोट सडक, स्याउलेकाँध टाँठिकाँध सडक र सामान खरिदमा अनियमितता भएको भन्दै टाँटिकाँध गाउँपालिकाको मुद्दा अख्तियारमा परेको छ ।
राँगेतडा राँगाजुधा सडक चामुण्डाविन्द्रासैनी नगरपालिका, नारायण नगरपालिका ३ को सडक निर्माण लगायतका बिभिन्न स्थानीय तहहरुमा मुद्दा दर्ता भएका छन् ।
स्थानीयका अनुसार विकास योजनामा सिन्डिकेट रहेकाले अनियमितता हुने गरेको र उजुरीहरु धेरै पर्ने गरेको हो । उपभोक्ता समितिमा आफन्त, पार्टीको नजिकका र पहुँचवालालाई राख्ने गरिएको आरोप प्रमुख पतिपक्षि काँग्रेसका कार्यकर्ताहरुले लगाएका छन् ।
विकास निर्माणमा देखिएको अनियमितता, ढिलासुस्ति लगायतका बारेमा अख्तियारले समेत सचेत भएर मुद्दालाई हेर्नुपर्ने र गल्ति गर्नेलाई तत्काल कारवाही गर्नुपर्ने महाबु गाउँपालिकाकी स्थानीय मञ्जु पाण्डेले बताइन् । ३१ वर्ष पुरानो सिंचाइ आयोजनाबारे पटक (पटक उजुरी दिदा पनि अहिलेसम्म फछर्यौट नभएको गुनासो पाण्डेको छ ।
गाउँपालिका अध्यक्ष भन्छन् रिसको भरमा मुद्धा गरेर हुँदैन् ।
हामीले अहिलेसम्म एउटा योजना बाहेक कसैको भुक्तानी दिएका छैनौं हरेक योजनाका कामहरु सिस्टम अनुसार चलिरहेका छन् । हामी नीति र नियम अनुसार कामको मुल्याङ्कन गर्छौ ईन्जिनियर र ओभरसियर सँगै हरेक योजनाको अनुगमन गर्छौं अनिमात्र भुक्तानी दिने गरेका छौं । उपभोक्ता समितिमा बस्न नपाएको रिसले मुद्दा दिनु नराम्रो हो । सचेत गराउनका लागि दिईएका मुद्दाहरुलाई हामीले सकारात्मक रुपमा लिएका छौं । परेका मुद्दाहरु मध्ये ६ वटा योजना सम्झौता भएका र पेश्कि नजाँदै मुद्दा परेकोले पनि रिसको भरमा मुद्दा परेको अध्यक्षको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय सुर्खेतका उपसचिव जंगबहादर डाँगीले दैलेखमा त्यस्ता धेरै मुद्दा भएको र अनियमितता गरेको पाइएमा जो कोही पनि कारबाहीको दायरमा आउने बताए । त्यसका लागि अख्तियारले स्थलगत अध्ययन गरेर अनुसन्धान सुरु गरेको डाँगीले जानकारी दिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com