Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दैलेखमा लागु औषधको प्रयोग युवाहरुको भविष्य र प्रशिक्षण

         ||   42 Views   ||   Published Date : 6th June 2018 |

बिशेष गरेर विद्यालय उमेरका युवाहरु लागु औषधको प्रयोगमा नजानिदो ढंगले फस्ने गरेका छन् । कतिपय आर्थिक अवस्थाका कारण यो लतमा फसेका देखिन्छन् त कतिपय साथिभाईहरुको लहलहैमा लागेर आज भोली भन्दै आफु लागु औषध दुव्र्यशनिमा फसेको पत्तै पाउँदैनन् । दैलेखका धेरै युवाहरु चुरोट, गाँजा हुँदै लागु औषध प्रयोगकर्ता भैसकेको तथ्याँक प्रहरी सँग छ । आम नागरिक समाजले पनि यो कुरालाई बारम्वार मुद्दाको रुपमा उठाउने गरेको भएपनि यसवारे ठोस नीति न त प्रहरीले बनाउन सकेको देखिन्छ नत अन्य निकायहरुलेनै यो बिषयलाई गम्भिर बनाएका छन् ।
विद्यालय उमेरका युवाहरु सजिलै कुलतमा फस्न सक्ने संभावना धेरै भएको भन्दै नेपाल प्रहरीले दैलेखका बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागु औषधको प्रयोगले मानव जीवनमा पार्ने असर, समाजमा पार्ने असर लगायतका बारेमा दिईएको प्रशिक्षण कार्यक्रम निकै महत्वपूर्ण भएको बिश्लेषण गरिएको छ ।
युवाहरु लागुऔषध प्रयोगका कारण बिग्रदै गएका छन् तर समाजमा लाज हुने वा अन्य बिभिन्न बाहना बनाउँदै अभिभावकहरु समेत समयमै खुल्न नचाहाने प्रवृतीले समस्या भैसकेपछि अर्थात लागु औषध प्रयोग कर्ता भैसकेपछि मात्र अभिभावकहरुले थाहा पाउने भएकोले पनि धेरै युवाहरुले आफ्नो भविष्य अन्धकार बनाएका छन् ।
लागु औषध कारोवार गर्ने कारोवारीहरुलाई प्रहरीले कडा निगरानी गर्न नसकेको हो वा थाहा पाएर बाहना बनाएको हो यसको पनि विश्लेषण गर्नुपर्ने बेला आएको छ । जिम्मेवार निकायहरुले दैलेखका युवाहरुको भविष्य बर्वाद गर्ने लागु औषध नियन्त्रण र कानुनी उपचारलाई कडाईका साथ अगाडी बढाउनुपर्ने अहिलेको आवश्यकता हो । अव यो कुरालाई हरेक स्थानीय सरकारले कानुन निर्माण गरि कडाईका साथ कार्यान्वयन गर्नुपर्ने देखिएको छ । यस्तो अभियानका लागि आम नागरिकहरुको पनि महत्वपूर्ण भूमिका हुने पर्ने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com