Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

समयमै काम नसक्ने ठेकेदारहरु तनावमा जिल्ला प्रशासन कार्यालय दैलेखले पठायो २० ठेकेदार कम्पनीको बिवरण

         ||   128 Views   ||   Published Date : 6th June 2018 |


विष्णु शर्मा
जेष्ठ २२, दैलेख
जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख जिल्लाभर काम गरिरहेका बिभिन्न ठेकेदार कम्पनी मध्ये २० वटा कम्पनीको नाम र ठेकेदारहरुको बिवरण गृह मन्त्रालय काठमाण्डौंमा पठाएको छ । सोमवार जिल्लाभर काम संचालन गरिरहेका मध्ये समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनीहरुको बिवरण, केन्द्रमा पठाएको हो । उनिहरुले पाएको काम, काम सुरु गरिएको मिति, सम्पन्न गर्नुपर्ने मिति लगायतको बिवरण पठाईएको दैलेखका प्रमुख जिल्ला विश्वराज न्यौपानले जानकारी दिएका छन् । न्यौपानेका अनुसार काममा धेरै ढिलाई भएको दुईवटा ठेक्काहरु भेटिएको छ अन्य १८ वटा निर्माण कम्पनीहरुले अहिले म्याद थप गरेर काम संचालन गरिरहेका छन् थपिएको समयभित्रै काम सक्न भनेर म आफैले पनि फोनमार्फत ठेकेदार कम्पनीहरुलाई जानकारी गराएको छु ।


नौमूलेमा रहेको स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले २०६७ सालमा जिम्मा लिएर हालसम्म निर्माण सम्पन्न गर्न सकेको छैन् । नाजुक अवस्थामा रहेको भन्दै आफैले फोन गरेर ठेकेदारलाई पक्राउ प्रक्रिया थाल्नु पर्ने वा काम सक्ने भनेपछि असार सम्म काम सक्ने जानकारी ठेकेदार कम्पनीले दिएको न्यौपानेले बताए ।
राकमकर्णाली र अछाम जोड्ने पुलमा पनि समस्या छ । अहिले पुलको नयाँ डिजाईन गर्नुपर्ने अवस्थामा आएकोले काम राकिएको बताईएको छ । मा छन् पुलको डिजाईननै परिवर्तन गर्नुपर्ने अवस्था भएको भनेर ठेकेदार कम्पनीले जानकारी दिएको छ ।
यस्ता छन् म्याद नाघेका ठेकेदारहरुको बिवरण
भगवतीमाई वडाभैरवमा रहेको भैरव उमावि भवन निर्माणको सम्झौता मिति २०६९ मा भयो २०७३ सालमा सम्पन्न गर्नुपर्ने योजनाको अहिले म्याद थप गरिएको छ । निर्माणको जिम्मा एपेक्स कम्पनीले लिएको थियो । रकम रु २ करोड ८७ लाख भ्याट बाहेक रकम उल्लेख गरिएको छ ।
गुराँस गाउँपालिकाको लालिकाँडामा रहेको मालिका उ.मा.वि. भवन निर्माणको जिम्मा खानी निर्माण सेवाले लिएको थियो । २०७१ साउन १ गते सम्झौता गरिएको उक्त कार्य २०७४ असार ३० गते सक्नुपर्ने थियो । अहिले भ्याद थप गरिएको छ । खानी निर्माण सेवा बानेश्वर अन्र्तगत ३ करोड ४३ लाख १८ हजारको लागतमा काम सुरु गरिएको थियो ।
२०६७ साल असारमा सम्झौता भएको नौमूले प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणको लागत १५ करोड ५९ लाख ९८ हजार रहेको छ । आशिष कन्स्ट्रक्शन धनगडीले सम्झौता गरेको उक्त ठेक्का २०७१ मा सक्नुपर्ने थियो तर अहिलेसम्म ठेकेदार टेकबहादुर सेट्ठी फरार सूचिमा रहेका थिए । जिल्ला प्रशासनले भने उनलाई ताकेता गरेपछि यो असार सम्म काम सक्ने वाचा गरेका छन् । उनले पेटीमा ठेक्का बेचेका थिए अर्को व्यक्ति फरार भएपछि यसको जिम्मा टेकबहादुर सेट्ठीको टाउकोमा आएको छ ।
२०७२ सालमा मालिका स्वास्थ्य चौकी भवन १ करोड ९६ लाखमा लागतमा बनाउनुपर्ने सम्झौता भयो २०७४ मंसिरमा सक्नुपर्ने काम अहिलेसम्म सकिएको छैन् । पशुपती र सुर्य जे.भि.सुर्खेत अन्र्तगत कामको जिम्मेवारी लिईएको निर्माण कार्य सुचारु रहेको लोकराज पुरीले बताएका छन् ।
लयाँटी स्वास्थ्य चौकी भवन निर्माण २ करोड ८८ लाख ६० हजारको लागतमा सम्पन्न गर्ने भन्दै २०७२ मा सम्झौता भयो २०७४ मा सम्पन्न गर्नुपर्ने उक्त निर्माण कार्य अँझै सकिएको छैन् । तुल्छी दुर्गा कन्स्ट्रक्शनले जिम्मा लिएको उक्त निर्माणको आधिकारीक व्यक्तिका रुपमा गोकर्ण शाह रहेका छन् । २०७२ सालमै सम्झौता भएका र २०७४ मा सम्पन्न गर्नुपर्ने भैरी कालिकाथुम स्वास्थ्य चौकी, गोगनपानी स्वास्थ्य चौकी, पिलाडी स्वास्थ्य चौकी, नेपा स्वास्थ्य चौकीका भवनहरु पनि अँझै सम्म निर्माण सम्पन्न हुन सकेका छैनन् ।
ठेक्काको जिम्मेवारी लिएका तर काम सम्पन्न नभएका दुल्लू अस्पताल, दुल्लू अस्पताल क्वाटर, दुल्लू स्मार्ट सहर, कोटिला शिरिस्थान सडक, जिल्ला प्रशासन भवन, जिल्ला कारागार भवन लगायतका करोडौंका भवन, पुल र अन्य पूर्वाधारहरु भनेको समयमा निर्माण सम्पन्न हुन सकेका छैनन् ।
पेटीमा ठेक्का बेच्ने प्रचलनले काममा ढिलाई भएको निश्कर्ष ः
जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको सर्वेक्षण अनुसार कामको जिम्मा लिने ठेकेदार कम्पनी पि क्यूका आधारमा ठूलो कम्पनी हुने र ठूलो कम्पनीको आधारमा पुनः अर्को कम्पनीलाई मुनाफा जोडेर कामको जिम्मोवारी दिने, जिम्मेवारी पाएकोले पनि पुनः अर्कोलाई जिम्मा दिने प्रवृती धेरै भएकोले दैलेखका बिभिन्न भौतिक पूर्वाधारका कामहरु समयमै सम्पन्न हुन नसकेको देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले भने मुख्य ठेकेदारलाई अन्तिममा दोष आउने तर ठेक्काहरु एकले अर्कोलाई अर्कोले अर्कोलाई बिभिन्न चरणमा कमिशन बचाउँदै बिक्रि गर्ने प्रचलन सँगै धेरै पिक्यू भएका ठेकेदारहरु सँग मिलेर कामको जिम्मा लिएका अन्य साना ठेकेदार कम्पनीहरुको बदमासीले पनि काममा समस्या भएको भेटिएको बताए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com