Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

एक हजार बिरामीको उपचार लागु औषध र हिंसाबारे ३ सय विद्यार्थीलाई प्रहरीको प्रशिक्षण

         ||   26 Views   ||   Published Date : 5th June 2018 |

धमाका संवाददाता
जेष्ठ २१, दैलेख


लागु औषधको प्रयोगले युवाहरु बिग्रँदै गएका बेला दैलेखका बिभिन्न विद्यालयहरुमा अध्ययन गर्ने कक्षा ७ देखि१ २ कक्षा सम्मका विद्यार्थीहरुलाई एकै ठाउँमा जम्मा गरेर लागु औषध र हिंसाबारे प्रहरीले प्रशिक्षण दिएको छ । प्रशिक्षण सँगै एक हजार बढी बिरामीहरुले निःशुल्क स्वास्थ्य सेवा पनि प्राप्त गरेका छन् ।
दैलेखमा विद्यार्थी उमेरका धेरै युवाहरु लागुऔषध प्रयोग कर्ताको रुपमा बढ्दै गएका बेला जिल्लाका बिभिन्न सरकारी र निजी विद्यालयमा अध्ययनरत युवा विद्यार्थीहरुलाई उपस्थित गराएर दिनभर गरिएको प्रशिक्षणले सकारात्मक प्रभाव पार्ने देखिएको छ । नेपाल प्रहरी श्रीमती संघ र असारा सुधार केन्द्र काठमाण्डौंले दैलेखको नारायण क्याम्पसमा प्रशिक्षण सँगै निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।


सदरमुकाम दैलेख बजार सँगै आसपासमा रहेका विद्यार्थीहरुलाई संयुक्त रुपमा राखेर लागु औषध र हिंसाबारे प्रशिक्षण दिईएको थियो । लागु औषध रहरै रहरमा सुरु हुन्छ त्यसले शारिरिक रुपमा त बर्वाद गर्छ नै सामाजिक रुपमा पनि मानिसको जीवन समाप्त गर्छ त्यसैले यस्ता बिषयहरुका लागि आफुहरुले अभियान थालेको असारा सुधार केन्द्रका नरसिंह प्रधानले जानकारी दिएका छन् ।
विद्यार्थीहरुलाई लैगिंक हिंसा, यौनजन्य हिंसा लगायतका बिषयहरुमा काठमाण्डौंबाट आएका प्रहरी प्रमुखहरुले प्रशिक्षण दिएका छन् ।
त्यस्तै १५ जना बिशेषज्ञहरुको उपस्थितीमा स्त्रीरोग, बालरोग र दाँत सम्वन्धि संचालन गरिएको शिविरमा १ हजार बढीले उपचार पाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । शिविरमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको धेरै सहभागिता रहेको थियो ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com