Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मुद्दा एउटालाई तारिक ५८ वर्षे अर्को बृद्धालाई, कुसापानी प्रहरीका कारण पत्रकार परिवार असुरक्षित भएको गुनासो

         ||   174 Views   ||   Published Date : 4th June 2018 |


धमाका संवाददाता
जेष्ठ २०, दैलेख
दैलेखको भैरवी गाउँपालिकामा रहेको कुसापनी प्रहरी चौकीले अनाश्वयक तारिक बोकाएको भन्दै स्थानीय आक्रोशित भएका छन् । ५८ वर्षे बृद्धा कृष्णप्रसाद जैसीलाई शनिवार देखि एक महिने तारिक प्रहरीले बोकाएको छ । जेठ १४ गते खानेपानीको बिषयलाई लिएर पुरुलाल जैसीले मायाराम जैसीका नाममा मुद्दा दिए , मुद्दा जिल्ला प्रहरी कार्यालय दैलेखमा आयो सरकारी वकिलको रोहवरमा मुद्दा मिल्यो तर दैलेखमा पत्रकारिता गरिरहेका उदयराज अधिकारीका बुवा ५८ वर्षे कृष्णप्रसाद जैसीलाई कुसापनी प्रहरीले अनावश्यक तारिक बोकाएको छ । उनिसँगै ६३ वर्षे मायाराम जैसी र उनकी श्रीमती रहेका छन् ।


जनताको सुरक्षा गर्ने प्रहरीले नै मानवअधिकार उलंघन गरेको भन्दै पत्रकार अधिकारीले आफ्नो परिवार प्रहरीका कारण गाउँमा बस्ने नसक्ने अवस्था आएको बताए । थाहै छैन् एक महिना सम्म बिहान १० बजे आएर तारिक लगाएर जानुपर्छ नत्र जिल्लामा गएर थुनामा बस्नुपर्छ भन्दै प्रहरीले फोन गरेर पत्रकार उदय अधिकारकारीका बुवा कृष्णप्रसाद जैसीलाई अनावश्यक तारिक बोकाएपछि पत्रकारहरुले समेत प्रहरीको कार्यको बिरोध गरेका छन् ।
भैरवी गाउँपालिका ५ मा भएको खानेपानीको बिषयमा भएको बिवाद र परेको उजुरीमा नामै नभएका व्यक्ति कृष्णप्रसाद जैसीलाई कुसापानी प्रहरीले राजनीतिक पुर्वाग्राही साँचेर अनावश्यक तारिकमा बोलाएको कृष्णप्रसाद अधिकारीले गुनासो गरे । आफु र आफ्नो परिवारको मानवअधिकार हनन् भएको भन्दै कृष्णप्रसाद जैसीले स्थानीय संचारकर्मीहरु सँग अधिकार रक्षाको माग गरेका छन् ।
यस्तो थियो घटना
गत जेष्ठ १४ गते भैरवी गाउँपालिका ५ मा पानीको बिषयमा भएको बिवाद समाधान गर्नका लागि कुसापनी प्रहरी चौकीबाट प्रहरी हवल्दार गजेन्द्र नारायण यादवको नेतृत्वमा प्रहरी छलफलका लागि गाउँ पुगेको थियो । खानेपानीको मुहानको बिवाद भएको मयाराम जैसीको घरमा आएको पानीको धारा काटिएपछि जैसीले आफ्नो जग्गाभित्रको पानी घरमा लिन खोजेका थिए । गाउँका अन्य नागरिकहरु सँग यो बिषयमा बिवाद भएको थियो जैसी भन्छन् , मैले खानेपानी पाउनुपर्छ भन्दा हवल्दारले तपाँई धेरै नवोल्नुहोस् भनेर धकेलिदिए ओरालो थियो म केही तल गएर रुखमा ठोकिँए मलाई अन्याय भएको भन्दै मेरो परिवारले प्रहरीसँग बिवाद गरिन् घटना यती हो तर प्रहरी हामिप्रति निकै पुर्वाग्राही भएर प्रस्तुत भयो । अनाहकमै मयाराम जैसी र कृष्णप्रसाद जैसीलाई एकदिन कुसापानी चौकिमा ल्याएर थुनामा राख्यो ।
पानिको बिषयमा पुरुलाल जैसीले खानेपानी नदिएको भन्दै कुसापानी प्रहरीमा उजुरी दर्ता गराए प्रहरीले जिल्ला प्रहरीकार्यालयमा छलफलका लागि बोलायो । सरकारी वकीलको रोहवरमा मुद्दाको मिलापत्र भएर घर गए । तर प्रहरीले शनिवार मयाराम जैसी र उनकी श्रीमती र कृष्णप्रसाद जैसीलाई तारिक लिन आउने नत्र थुनामा बस्नु पर्ला भन्दै फोन गरेर बोलायो ।
यसरी असुरक्षित भए पत्रकार परिवार ः
दैलेखको स्थानीय धमाका दैनिक पत्रिकामा पाँच वर्षदेखि संवाददातको रुपमा काम गरिरहेका पत्रकार उदयराज अधिकारी अहिले थाहा खवर दैलेखका जिल्ला संवाददाता हुन् गत कात्र्तिकमा तिहारको बेला टिका लगाउन घर गएका उनी त्यतीवेलै अन्यायमा परे, स्थानीय झलक बि.क.,धर्म बि.क., बिरजित बि.क.लगायतको समूहले मदिरा सेवन गरी अधिकारीको घरमा ढुँङ्गामुढा प्रहार गरे, के भयो भनेर घरबाट बाहिर निस्केका उदय अधिकारीमाथि युवाहरुको समुहले आक्रमण समेत ग¥यो उनले बोकेको क्यामेरा समेत खोसेर फुटाईयो । गाउँघरको कुरा ठूलो बनाउनु हुँदैन भनेर उनको परिवारले सामान्य निवेदन दर्ता गरायो तर निवेदनमाथि पनि सुनुवाई हुन सकेन् । अहिले त्यहाँका अन्य युवाहरुले व्यक्तिगत र राजनीतिक रुपमा पूर्वाग्राही भएर घर परिवारलाई समेत बिभिन्न बाहनामा धम्किदिने गरेका छन् । प्रहरीले सुरक्षा दिन त कता हो कता अन्य बिभिन्न बाहनामा भएका घटनाहरुमा समेत अनावश्यक रुपमा अधिकारीको परिवारलाई तनाव दिने गरेको अधिकारी परिवारको गुनासो छ ।
जेठ १४ गतेको घटनाले पत्रकार अधिकारीका परिवार असुरक्षित हुनु परेको कुरा पुष्ठि गरेको छ । अधिकारीका बुवा कृष्णप्रसाद जैसी घटनामा संलग्न छैनन् । पानीको बिषयलाई लिएर भएको निवेदन दर्तामा कृष्णप्रसादको नाम छैन तर एक महिने तारिखमा कुसापानी प्रहरीले अनावश्यक उनलाई मुछेको छ ।
पत्रकार महासंघ र स्थानीय संचार संस्थाहरुको आपत्ति
घटनाको निष्पक्ष छानवीन गरेर दोषिलाई कारावहीको माग गर्दै पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र के.सी., स्थानीय संचार संस्थाका प्रमुखहरु सहितको टोलिले कसैलाई पनि अन्याय नहुने गरि छानवीन गरियोस भनेर बारम्वार जिल्ला प्रहरी कार्यालय दैलेखमा मौखिक जानकारी दिदा समेत प्रहरीले वास्था नगरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
प्रहरीबाटै पीडित व्यक्तिहरु असुरक्षित भएको प्रति संस्थागत रुपमै अव आन्दोलन चर्काउने तयारीमा छौं अध्यक्ष के.सी.ले भने । धमाका दैनिकका सम्पादक बिष्णु शर्माले भने कुसापानी प्रहरी चौकीका सई र हवल्दारले राजनीतिक दुस्मनी हो वा अन्य के दुस्मनी साँधेर पत्रकारका परिवारलाई अनावश्यक समस्यामा पारेका छन् । सम्वन्धित निकायहरुले यसवारे छानवीन गरि प्रहरीलाई समेत कारवाही गर्नुपर्ने बताए ।
निमित्त प्रहरी प्रमुख यसो भन्छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरिक्षक बजिरंिह बिष्टले आफु भर्खरै दैलेख आएको र घटनाबारे जानकारी नभएको बताएका छन् । प्रहरी प्रमुख जिल्लामा हुनुहुन्न जिल्ला आएपछि यसवारेमा थप अनुसन्धान गर्नेछौं । यदि त्यसो हो भने उहाँलाई तारिक बोक्नु पर्दैन बिष्टले भने म पनि यसवारे बुझ्छु बिष्टले भने । बास्तवीकता बुझेर पीडितलाई न्याय र पिडकलाई कार्बाही गर्ने प्रतिबद्धता जनाए । “जनतालाई शान्ति सुरक्षा दिने हाम्रो दायित्व हो, सत्यतथ्य छानविन गरेर आवश्यक पक्रिया अगाडी बढाउछौ” कसैलाई पनि अन्याय हुन दिदैनौ प्रहरी निरीक्षक विष्टले भने ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com