Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

परिवर्तनका आँखा र विकासका सम्भावना

         रण बहादुर ऐरी ||   25 Views   ||   Published Date : 4th June 2018 |

रण बहादुर ऐरी
ठ्याक्कै हेर्दा यो देशको विकासमा कायपलट कसरी हुन्छ त ? सम्भावना धेरै छन फितलो कार्यान्वयन पक्षले गर्दा कछुवा गतिमा विकास हुने योजना र ठेकेदारहरुको लापरबाही भनि जिम्मेवार निकाय पन्छिने प्रबितिको कारण देशमा दु्रत गतिमा बिकास नहुन सकेको अबस्थालाई मध्यनजर राख्दा काम गर्न नसक्ने कर्मचारी, ठेकेदार नीति निर्माता र समुदाय समितिहरुको लागी दरो कानुन निर्माण गर्न सकेमा अबश्य मेव यो देश १० वर्षमा विकासिल राष्टको सुचिमा सुचिृकृत हुन सक्ने अबस्थाको विकासको कडिका रुपमा, यहा“का धार्मिक पर्यटक स्थल, जल जंगल र तिर्थस्थल समेतलाई गौरवका योजनामा ल्याउन सक्ने नियम कानुन बन्ने हो भने देशले विकासको काचुली फेर्न सक्ने ठूलो सम्भावना देखिन्छ ।

जस्तो ७७ जिल्लामा बोलिने भाषा भुष र संस्कार जगेर्ना गर्ने र यहाँको पवित्र भूमिमा तिर्थस्थल आफै बनेका प्राकृतिक छन भने कृत्रिम बनाइएका छिमेकी मुलुकका तिर्थस्थलमा दर्सन गर्न खर्चिलो ढंगले जान्छौं भने द्धापर युगमा पाण्डव कौरबको बेला र सतियुगमा सतिदेबी अंग पतन भएर बनेका यहा तिर्थ स्थल जस्तो दैलेखको पुण्य भूमिमा पंचकोशी नामले चिनिने अमृतमय तिर्थ जहा सिरस्थानमा पार्वतीको शिर पतन भई श्रीस्थान रहन गयो । कोटिमा आफै बनेको दुर्गा रुपी गौमुख छ । त्यहाँ छाति पतन शक्तीपिठ हुन गयो र नाभिस्थानमा नाभि पतन भइ शक्ति पिठ रहन गएर पादुकामा पार्वती पदको शिला नै संलग्न छ । र धुलेश्वरमा महादेबमा आफै शिवसंकरको मुर्ति उत्पन्न हुन गएको छ । यस स्थानको पूजा आजा १७४५ देखि नै हु“दै आएको अबस्था छ । यहाँको दर्शन गर्न मलाइ कौतुहल लागेर आउदा २०७५÷२÷२ गते बिहान ठिक ५ बजे तिर पंचकोशी दर्शन गर्न पाइला टेक्ने अवसर पायौं । यो पंचकोशीमा पिण्ड दान गर्दा धार्मिक परम्परा छ । भने वैज्ञानिक परम्परा भनौ अथवा धर्म संग जोडिएकोले धार्मिक परम्परा भनौ यहाँको श्रीस्थान र कोटिलामा ज्वालामुखि बाट चौबिसै घण्टा बलिरहेको बत्ति पनि देखियो । अपरम्पार लिला भगवानको अथवा वैज्ञानिक चमत्कारको, यस्ता तिर्थस्थललाई मात्र धार्मिक पर्यटक स्थल घोषणा गरि ठाउँ ठाउँमा धर्मशाला भजन किर्तन गर्ने र यो पंचकोशीको आसिरबाद लिन जाने मानिसलाई पानी धाराको ब्यवस्था मिलाइ पर्यटक भित्र्याइ , गौरबको योजानमा ल्याइने हो भने जिल्ला दैलेखको पंचकोशीले मात्र आधा देश पाल्ने अर्थको थुप्रो लाग्ने सक्ने ठूलो धार्मिक स्थाल योजना काटछाट नहुँदा ठूलो ओझेलमा परेको छ । अर्ति अनुसार १७४५ देखि नै बिभिन्न प्रकाररका फुल बुट्टा कुदिएका बिभिन्न आकृतिका मुर्तिहरु र भगवान ऋषिका मुर्तिका कुदिएका छन । हामी भारतका गया, मधुरा, बिन्दवन, ऋषिकेस र रामेश्वर दर्स गर्न जान्छांै र जानु पनि पर्दछ । तर हाम्रा यि आफै उम्रेका शिला देखि लिएर सत्य द्धापर त्रेता देखि कलि आइ पुग्दा समेतका निर्मित पुरातत्व र धार्मिक स्थल संरक्ष्ण र सम्बद्धनमा किन लाग्दैृनौ ? हिजोका मितिमा मैले भारतको हरिद्धार बाट ४ जना बाबाहरु आएर दर्शन गर्न जाने बेलामा भेट गरेर सोधे तपाइहरु कहाबाट के काम निमित पाल्नु भएको भण्दा पंचकोशी दर्शन गर्न आएको भण्दा अचम्मै लागेर आयो ? भारतका साधु सन्त यहाँ दर्शन गर्न आउने र हाम्रो यहाँका नीति निर्माताको ध्यानै नजाने भन्ने मलाई आत्म ग्लानी भयो । यि स्थलहरुमा हाम्रो पुरातत्व बिभागले यि प्राचिन मठ मन्दिरहरुको संरक्षण सम्बद्धनमा के टेवा पुयाएको छ भण्दा कनिका छर्ने बजेट छुट्याइ बाल दिवाल लगाउने केहि ठाउँमा स–साना मन्दिर बनाउने जस्ता योजनामात्र हात लागेको देखियो उहा हाम्रो देशको बिडम्वना ले कहिले सम्म कानुन बन्ने र कहि योजना तर्जुमा हुने हुन यि स्थलहरुमा हेर्न बाँकी हुने भयो । मलाइ के लाग्छ भने आफै बल्ने बत्तिको नासो र कोटिलामा आदिकालमा चट्टान बनेको गौमुखको नासो र पादुकाको पार्बती पथको दर्शनार्थ नासो र धुलेश्वरमा आफै पर्कट भएको शिव मुर्तिको नासो र भतिm गरि शक्ति प्राप्त हुन्छ र संसारको अनादि शक्तीलाई अमेरिका जस्तो शक्ति सम्पन्न राष्टले समेत न्ययम ष्क यलभ इश्वरिय शक्ति एक छ भनि स्वीकार्य सकेको अबस्था समेतको कोशेली । हाम्रो केन्द्र सरकार राज्य सरकारमा नासो पठाउँदा के हाम्रो सरकारमका आँखा नखुल्नात ? अवश्यमेव आखा खुल्नान र झट्ट यि तिर्थ स्थलको स्थलगत भ्रमण भइ राष्ट्रिय गौरबका योजनामा यि तिर्थस्थलको समुचित विकास हुने हो भने देशको भेषभेषा नेपाली बेद अनुसरण गथ्र्यो भने नेपाल मख्य पुण्य भूमिको उद्गमस्थल दैलेख पनि रहेछ र यहाँको तिर्थस्थलमा तिर्थयात्री भित्र्याइ बेद सम्बत पुजा अर्चनाको रकम बाट आधा देशको आर्थिक स्थिती मजबुत हुने थियो र ब्यापार ब्ययसाय, बेद पुराण, सनातन धर्म नेपालमै जन्मेको औचित्य साबित हुने थियो । यस्ता गौरबशाली योजना मा सम्बन्धित निकायको पूरा ध्यान जान कानुन बनुन र सम्बन्धित श्रम जिबीहरुको खान लाउन र बाच्न सक्ने बेतन तोकियोस र यस्तो हँुदाका बाबजुत पनि कुनसयति हुनछ भने देशदोहीको सुचिमा राखी देश निकाला गर्ने कानुन निर्माण होस । हाम्रा यि धार्मिक धरोहरको लागि यसै सालको बजेटबाट गौरबशाली तिर्थस्थलका योजना आउन । माता पार्बतीको श्रस्थान नाभिस्थान कोटिला र ज्वाला पुराण , पादुका धुलेश्वरले हाम्रो नीति निर्माताको बुद्धिको बिर्केा खोल्न आसिस देवस र सदा भगवा शंकरले देश विकासको लागि दु्रत गतिमा कानुन निर्माण गर्ने र देशै भरिका धार्मीक सम्पदा बाट नै युवा स्वरोजगारको अर्थ भित्रयाउने नितिको अवसर र अप्सन देवस भन्दै यो दैलेख जिल्लाको पंचकोशीले नेपाल विकास सम्मुनति र समृद्धिको दिशा तिर यहि साल देखि जाओस भन्ने प्रार्थना गर्दै यि स्थलहरुको स्थगत भ्रमण भइ दु्रत गतिमा कार्ययोजना बनुुन र ऐतिहासिक धरोहरको इतिहास समेत नमरोस भन्दै युवाहरुलाइ स्वरोजगार, बृद्धाहरु लाइ मुक्तिको बाटो लागि पार्थना र दिदि बहिनी महिलाहरुलाई सुसंस्कारको बाटो तर्फ लम्कने अवसरको रुपमा रहेका तिर्थस्थलको ज्वाला पुराण समेत अजर अमर रहि पहल होस भनि सरकारमा बिनम्र आग्रह गदै म लेखक बिदा माग्दछु अर्को लेखमा क्रमश प्रस्तुत हुने गरि पहिलो शब्द जय शंकर उदय भइ देउ दोस्रो शब्द पार्बतीमाता शदबुद्धि बिचार देउ तेस्रो शब्द यि तिर्थमा पृति कार्य गर्नले पृति ऋणबाट मुक्ती मिल्दछ । चौथो शब्द ज्वाला जी पुराणबाट ग्यास खानी प्रार्दुभाव होस र पंचमा शब्द यो पंचकोशी दैलेखमात्र नभइ हामी नेपाली सबै गौरबको निशान हो ? भन्दै सरकार पुरातत्व बिभाग सादु मुनी सबै आखा खुलुन भन्दै म अझ अघाएको छैन भन्न चाहन्छु ? जय शिज संकर जय माा पार्बती जय धुलेश्वर कोटिला पादुका श्रीस्थान, देउन आसिरबाद लिउ ज्ञान उब्जाउ बिज्ञान राखौ तिर्थस्थलको मान यो हो नेपाली मात्रको शान आजलाइ बिट मार्दै ।
लेखक
रण बहादुर ऐरी
कार्यालय प्रमुख
नेपाल खाद्य संस्थान
शाखा, दैलेख

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com