Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

छिमेकीको विकासमा सहयोगको गति र मोदीको नेपाल भ्रमण

         ||   8 Views   ||   Published Date : 16th May 2018 |

भारतका पूर्व प्रधानमन्त्रीहरुको नेपाल भ्रमणलाई बिश्लेषण गर्ने हो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नेपालमा तीन पटक भएको बिषयले पनि चर्चा पाएको छ ।
पछिल्लो पटक भएको मोदीको नेपाल भ्रमण नेपाल र नेपालीहरुको लागि भन्दा पनि उनको कुटनीति र भित्रि स्वार्थ केन्द्रित रहेको बिश्लेषण धेरैले गरेका छन् । कर्नाटकमा सुरु भएको चुनावलाई लक्षित गरेर मोदीले धार्मिक भ्रमण तय गरेको र त्यसको प्रभाव भाजपालाई पार्ने अभियान रहेको भनेर बिश्लेषण गर्नेहरु पनि धेरै छन् । अर्कोतर्फ नेपालमा सुरु भएको वाम गठबन्धनको कुरालाई पनि भ्रमण केन्द्रित गरिएको कुराले पनि चर्चा पाएको छ ।
एक वर्ष पछि भारतमा हुने आम चुनावमा छिमेकी सँगको सम्वन्ध राम्रो रहेको भनेर देखाउनका लागि पनि उनको धार्मिक भ्रमण महत्वपूर्ण भएको भनेर बिश्लेषण गरिएको छ ।
वर्तमान सरकार चिनतर्फ धेरै केन्द्रित भएको भन्ने कुरा बिशेष स्रोतका आधारमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सम्म पुग्नु र नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीको चिन भ्रमणको तयारी भैरहेका बेला एक्कासी नरेन्द्र मोदीको नेपाल भ्रमणले कुटनीतिक रुपमा धेरै अर्थ राख्ने भनेर बिश्लेषण पनि गरियो ।
यस अघि छिमेकी भारतले नेपालका लागि सुरु गरेका धेरै विकास गतिविधिहरु लथालिगं अवस्थामा छन्, कुनै पनि योजनाहरुले पूर्णता नपाएर आम नेपालीहरु ठूला विकासे योजनाहरुबाट लाभ लिन नसकेका बेला तेस्रो पटक भएको मोदीको भ्रमणले कुनै नयाँपन दिन सकेको छैन् । एक दुई अर्व सहयोगको कुरा गरेर नेपालीहरुलाई विगतमा नाकाबन्दी लगाएर दिएको दुःख बिर्शाउने बाहेक अरु केही हुन नसक्ने चर्चा पनि धेरै चलेको छ ।
जे होस छिमेकी मुलुक भारतले नेपालका लागि भनेर सुरु गरिएका विकासहरु अहिलेसम्म सम्पन्न नहुने र ठूला विकासहरु होल्ड गरिराख्ने नीतिमा तत्काल परिवर्तन गरि नेपालको विकास भारतले चाहेकै हो भने पुराना बाँकी रहेका बिकासका गतिविधिहरु तत्काल सम्पन्न गरी नयाँ सँम्झौताहरु अगाडी बढाउनुपर्ने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com