Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सदरमुकाम महावु जुम्ला हुँदै नाक्चे जोड्ने सडक सरकारको प्राथमिकतामा

         ||   41 Views   ||   Published Date : 16th May 2018 |


धमाका संवाददाता
जेष्ठ १, दैलेख


कर्णाली राजमार्गको बिकल्प सडक खोजी गर्दै सरकारले छोटो र सुरक्षित रुटको खोजी गरेको छ ।
कर्णाली प्रदेश राजधानी सुर्खेत देखि दैलेख सदरमुकाम महावु हुँदै जुम्ला जोड्ने र जुम्ला हुँदै चाईनासँग जोड्ने नाक्चे नाग्ला पुग्ने सडक प्रदेश सरकारले प्राथमिकतामा परेको हो । प्रदेश सरकारले बिभिन्न सडकहरुको प्राथमिकता तोक्ने क्रममा यो सडकलाई पनि मुख्य सडकको रुपमा सिफारिस गरेको हो ।
अहिले संचालन भएको कर्णाली राजमार्गको बाटो निकै लामो र असुरक्षित भएपछि यसको बिकल्पमा सुरक्षित र छोटो सडकको रुपमा सरकारले यस्तो निर्णय गरेको प्रदेश सभा सदस्य अमरबहादुर थापाले जानकारी गराएका छन् ।
हामीले केन्द्र सरकारसँग सडकको थप स्तरोन्नतीका लागि पहल गरेका छौं । त्यतीमात्र हैन् दैलेखको तल्लो डु·ेश्वर हुँदै दुल्लू कालिकोट र जुम्ला जोड्ने सडकको बारेमा समेत मागपत्र पेश गरिएको छ । थापाले भने दैलेख सदरमुकाम र महावु हुँदै जुम्ला सडक पुग्न जम्मा २३ किलोमिटर मात्र सडक जोड्न बाँकी रहेको छ । सडक संचालनमा आए ७९ किलोमिटर सडक छोटो र छिटो हुन्छ । सुरक्षित पनि त्यतिकै छ ।
जनतालाई धेरै सहज हुने सुर्खेत दैलेख महावु हुँदै जुम्ला जाने सडकका लागि केन्द्रमा पनि निकै धेरै पहल भैरहेको प्रनितनिधिसभा सदस्य रविन्द्रराज शर्माले जानकारी दिएका छन् । दैलेख सदरमुकाम भित्रका अन्य बिभिन्न सडकहरुको बारेमा पनि केन्द्र सरकारसँग पहल भएको शर्माले बताए ।
बैकल्पीक सडकको अहिलेको अवस्था
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जुम्ला जाने अधिकाँस सवारी सधानहरु अहिलेपनि सर्खेत दैलेखको सडक प्रयोग गरिरहेका छन् । दैलेखको गुराँस गाउँपालिकाको जिरो पोईन्टबाट तल्लो डुङ्गेश्वर पुगेर कर्णाली राजमार्ग पुग्ने गरेका सवारी सधानहरु सदरमुकाम दैलेखबजारबाटै गएको महावु हुँदै जुम्ला सडकमा पुगे करिव ७९ किलोमिटर सडक छोटो हुने र छोटो सडकमा यात्रा गर्दा आर्थिकको समेत बचत हुने कुरालाई सरकारले मध्यनजर गरेको देखिन्छ ।
अहिले दैलेख सदरमुकामबाट महावु
हुँदै कालिकोट सम्मको सिमानामा सडक निर्माण कार्य भैरहेको छ । गाल्जे भन्ने स्थानमा पक्कि पुल निर्माण गरेर २३ किलोमिटर नयाँ सडक निर्माण गरेमा बाटो सजिलै संचालन हुने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com