Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

दुल्लूमा सांस्कृतिक संग्रहालय उद्घाटन

         ||   15 Views   ||   Published Date : 16th May 2018 |

धमाका संवाददाता
जेष्ठ १, दैलेख
दुल्लू सांस्कृतिक संग्रहालयको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । विशाल नेपालको शक्तिशाली राज्य मध्यको एक सिंजा राज्यको शितकालीन राजधानीको रुपमा रहेको दुल्लूले आफु संग भएको ज्वाला सभ्यता र सिंजा सभ्यताको केन्द्र विन्दुको रुपमा रहेको श्री ५ राजेन्द्र विरविक्रम शाहको पालामा काजी जसपाउँ थापाले निमार्ण गरेको पौवा घरमा संग्रहालयको उद्घाटन गरिएको हो । तिब्वती पठारको खशान देखि जडान सम्मको कला, संस्कृती, साहित्य, लोक जिवन, लोक संस्कार संग सम्बन्धित मुर्त र अर्मुत सम्पदाहरुको जर्गेना गर्ने लोक संस्कृतीलाई बचाइ राख्न संग्रहालयको स्थापना गरिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।


संग्रहालयमा विभिन्न परम्परागत लोक जिवन संग रहेका ढिकी, जातो, घट्ट, कोल, महीलाहरुले लगाउने गरगहना, पुराना पैसा, लगातका विभिन्न १६२ किसिमका सामग्रीहरु संग्रहालयमा संकलीत रहेका छन ।
संग्रहालयको उद्घाटन गदै नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौड्यलले अब राणाका दिन सकिएको र डाडाँका दिन आएको बताए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौड्यालले नेपाली काँग्रेसले जनतालाई संविधान दिएको र काँग्रेसले सुरुवात गरेको विकास निमार्ण सुरु भएकाले अब देश समृद्ध बन्ने उल्लेख गरे ।
यस क्षेत्रको हावापानी मौसम सबै राम्रो भएकाले यहाँ सितकालीन राजनाधी भएको बताए । उनले स्थानीय तहले पाएको अधिकार आफैले प्रयोग गरी जनतालाई विकासको बाटोमा लैजानु पर्ने स्थानीय जनप्रतिनिधिलाई सुझाव दिए । स्थानीय तहमा औधोगीक क्षेत्रको विकास गरी स्थानीयलाई रोजगारी बनाउनु पर्ने बताए ।
संग्रहालय उद्घाटन कार्यक्रममा पूर्व सहकारी मन्त्री हृदयराम थानी, पूर्व सांसद रन्जित कर्ण, लगायतले आफ्नो भनाई राखेका थिए ।
यसैविच आज (मंगलबार) देखि जेष्ठ ४ गते सम्म पंचकोसी लोक सांस्कृतिक मेला लाग्ने आयोजकले जनाएको छ । मेलामा स्थानीय स्तरमा रहेका पंचेबाजा, लोक देउडा, मारुनी नाच, फड्को, लगायतका ४२ लोक सस्कृति रहने आयोजकले जनाएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com