Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सुन्तला जोन कार्यक्षेत्र निर्धारणसम्बन्धी अन्तरक्रिया

         ||   10 Views   ||   Published Date : 16th May 2018 |

धमाका संवाददाता
जेष्ठ १, दैलेख
सुन्तला जोन कार्यक्षेत्र निर्धारण सम्बन्धी सरोकारवालाहरुविच अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना काठमाण्डौँ र जिल्ला कृषि विकास कार्यालय दैलेखको आयोजनामा दुल्लू नगरपालिकालाई सुन्तला फलफूल जोन क्षेत्र निर्धारण गर्नेे सम्बन्धमा नर्सरीधनी र सरोकारवालाविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।


स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक स्थानीय जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति कार्यन्वयनको सहयोगीको रुपमा परीयोजनाले काम गर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । परीयोजनाका बारेमा जानकारी दिदै प्रधानमन्त्री कृषि आधुनीकीकरण परीयोजनाका गोविन्द प्रसाद पोखरेलले १० वर्षको अवधिमा १.३ खर्बको लागतमा परियोजना संचालन हुने र चालु आर्थिक वर्षमा कुल बजेट ३ अर्ब २५ करोड २२ लाख रहेकोमा पकेट र व्लक विकास कार्यक्रम संचालनका लागि स्थानीय तहलाई २ अर्ब १८ करोड ७८ लाख हस्तान्तरण गरिएको बताए ।
नेपालको संविधानमा उल्लेख भएको खाद्यसम्बन्धि हकलाई जनाताको मौलिक हकका रुपमा स्थापित गरी सकेकोले दिगो आत्मनिर्भर एवम व्यवसायिक कृषि क्षेत्रको परिकल्पनासहित कृषि विकासको २० वर्षे रणनीती बनाउने लक्ष्य नेपाल सरकाको छ ।
देशको युवा शक्ति विदेश पलायनले श्रमशक्तिको अभाव र खेतियोग्य कृषि भूमी बाँझो रहने काम बढदै गइरहेको छ । आयोजनाका लागि पकेट १० हेक्टर, व्लक १०० वटा, जोन ५०० वटा, सुपरजोन १०० हेक्टर क्षेत्रमा खेति गर्ने परीयोजनको लक्ष्य छ । आगामी ३ वर्षभित्र प्रमुख खाद्यान्न बाली धान, मकै, गँहुमा आगामी २ वर्षभित्र तरकारी र माछामा र ७ वर्ष भित्र प्रमुख फलफूल बालीमा आत्मनिर्भर हुने आयोजनाको अपेक्षा छ ।
परियोजनाले प्रथम वर्षमा कुल ५ अर्ब ७८ करोडबाट मुल्य अभिवृद्धिसहित करिव २६ अर्ब ८ करोड बराबर परियोजनामा अवधिभरमा १ खर्ब २० अर्ब मूल्य अभिवृद्धि सहित करिब २० खर्ब ९५ अर्ब ७५ करोड कुल ग्राहस्थ उत्पादनमा योगदान पु¥याउने छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापा, नगरप्रमुख घनश्याम भण्डारी, उपप्रमुख वीष्णा थापा, फलपूmल विकास अधिकृत विष्णु प्रसाद गिरी लगायतले भनाई राखेका थिए ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com