Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

गीताचौर सिँचाई आयोजनामा भएको अनियमितताको कसले छानवीन गर्छ

         ||   31 Views   ||   Published Date : 11th May 2018 |

३१ वर्षअघि देखि सुरु गरिएको गीताचौर सिंचाई आयोजनामा भएको करोडौं रकम खर्चको नालीवेली हेर्ने हो भने, अनियमितताको जरो कहाँ सम्म फैलिएको छ भन्नेमा जनताहरु नै अचम्मित पर्ने अवस्था सुरु भएको छ ।
हरेक बर्ष लाखौं मात्र हैन करोडौं रकम सिचाई कुलोमा खर्च हुन्छ तर किसानको खेतसम्म पानी पुग्दैन् । निकै लामो समयदेखि संचालनमा आइरहेका यस्ता हरेक योजनाहरुका बारेमा नियमन गर्ने निकायहरु, यसको नापजाप गर्ने निकायहरु र मूल्याङ्कन गर्ने निकायहरु सवैको मिलोमत्तो हुनसक्ने देखिएको छ ।

पानीको मुहान समेत परिवर्तन गर्दा पनि सिंचाई कुलोमा पानी नआउने वातावरण कुन कुन निकायहरुबाट सुरु भएको हो सो को पनि खोजी गर्नुपर्ने देखिएको छ । कामको जिम्मा लिएका ठेकेदार कम्पनीहरुको बदमासी सँगै काम राम्रो भए वा नभएको बारेमा खोज अनुसंन्धान गर्ने उपभोक्ता समिति र आम नागरिकहरुले नै आयोजनाबारे चासो नबढाएका कारण बदमासी गर्नेलाई झनै सहज भएको देखिन्छ । कामको प्रभावकारीताका लागि गरिएका प्रयासहरु सवै नकारात्मक त नहोलान तर जुन योजनाका साथ काम सुरु गरिएको हो अहिलेसम्म योजना पूर्ण रुपमा कार्यान्वयन नहुनुका पछाडी सरकारी निकाय मात्र हैन अन्य सवै निकायहरुको कमजोरी भएको स्पष्ट देखिन्छ ।
कामको रेखदेखका लागि जिम्मेवारी पाएको सिँचाई डिभिजन कार्यालय सुर्खेत र दैलेखले समेत यस्ता बिषयहरुमा कम चासो देखाउने प्रचलनले पनि काममा अनियमितता भएको देखिन्छ । बदमासी गर्ने सवै निकायहरुलाई कारवाहीको दायरामा ल्याई सिंचाई आयोजना तत्काल निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो । विगतदेखि बदमासी गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने देखिन्छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com