Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

अर्पण शर्मा दैलेखमा

         ||   20 Views   ||   Published Date : 11th May 2018 |


धमाका संवाददाता
बैशाख २७, दैलेख


संसारकै सबै भन्दा तेज स्मरण शक्ति भएका, गिनिज बुकमा नाम लेखाउन सफल अर्पण शर्मा (ममोरी किङ्ग) दैलेख आएका छन् ।
स्मरण शक्तिलाई १० गुणा सम्म अभिवृद्धि गराउने, १० घण्टाको पढ्ने कुरा १ घण्टा मै पढेर जान्न सकिने, सजिलो वैज्ञानिक विधिहरु,भाषणलाई सिलसिलेवार सम्झेर प्रस्तुत गर्न सकिने विधिहरु, पढेका कुराहरु परीक्षामा सजिलै सम्झन सक्ने सजिलो विधिहरु जस्ता धेरै कुाराको जानकारी शर्माबाट लिन सकिने भएको छ ।
दैलेख आएका शर्माले स्मरण शक्ति अभिवृद्धि सम्बन्धी २ दिने तालिम दिने भएका छन् ।
गुरासँ कम्प्युटर इन्ष्टिच्युट दैलेखको आयोजना र च्यालेन्ज स्टेशनरी दैलेखको सहकार्यमा यही बैशाख २८ र २९ गते (शुक्रवार र शनिवार) तालिम हुने भएको हो । विद्यार्थी, शिक्षक, कर्मचारी, राजनीतिज्ञ, व्यापारीहरुलाई लक्षित गरी स्मरण शक्ति अभिवृद्धि तालिम सञ्चालन गर्न लागिएको आयोजक इन्ष्टिच्युटका म्यानेजिङ डाइरेक्टर हस्त रावलले जानकारी दिए ।
कम्प्युटरमा जस्तै फोल्डर बनाएर पढेका कुराहरुलाई मष्तिस्कमा व्यवथापन गर्नसक्ने वैज्ञानिक विधिहरु, जापानी र कोरियन तथा अन्य भाषा पढ्ने विद्यार्थीहरुको लागि भाषा सम्झन, बुझ्न सक्ने सरल विधिहरु, गणित र विज्ञानका जटिल फर्मूलाहरु सजिलै यादगर्न सकिने वैज्ञानिक विधिहरुको वारेमा तालिममा सिकाइने छ । विद्यार्थी देखि अन्य सबैका लागि १५ सय देखि २२ सय सम्मको शुल्कमा तालिम लिन सकिने बताइएको छ ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com