Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

६ महिनामा ६ वटा दुर्घटना फोर्स दुर्घटना धेरै ५ को मृत्यु ५० घाईते

         ||   36 Views   ||   Published Date : 8th May 2018 |


धमाका संवाददाता
वैशाख २४, दैलेख


दैलेख सुर्खेत सडकलाई सुरक्षित र छोटो दुरीको सडक मानिएको भएपनि पछिल्ला ६ महिनामा लगातार दुर्घटनाहरु बढेका छन् । विगत ६ महिना यता महिनैपिच्छे दुर्घटना बढेको र दुर्घटनाको स्थान पनि एउटै भएको प्रहरीको निश्कर्ष छ ।
अहिलेसम्म फोर्स दुर्घटना धेरै भएको पाईएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । लगातार पाँचवटा फोर्सहरु दुर्घटना भएका छन् । बिभिन्न समयमा भएका दुर्घटनामा परेर ५ जनाले ज्यान गुमाई सकेका छन् भने ५० भन्दा बढी घाईते भैसकेका छन् । दुर्घटना भएको स्थान पनि एउटै पेरीफेरीको छ । दैलेखको गुराँस गाउँपालिकामा पर्ने तालपोखरी नजिक हुँदै सियाकोट देखि जिरोपोईन्ट सम्मको सडकखण्डमा धेरै दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सरोज पौड्यालले जानकारी दिएका छन् ।
“हामी ड्राईभरको कारणले मात्र दुर्घटना भएको हो भन्छौं तर दुर्घटनाका धेरै कारणहरु छन्, दैलेख सुर्खेत सडक खण्ड निकै साँगुरो छ, अहिले दुर्घटना भएका स्थानहरुमा सडकको लेवल मिलेको छैन्, घुमाउरो सडक धेरै छ तर सडक अनुसारको मोड पुग्दैन्, सवारी चालकहरुले समेत ५ नं. गियरमा गाडी दौडाउने प्रचलन छ यस्ता सवै कारणहरुले सडक दुर्घटना बढ्दै गएको छ, प्रहरी प्रमुख पौड्यालले भने ।” अहिले धेरै दुर्घटना भएका स्थानहरुमा सडक सुरक्षा व्यारियरको पनि आवश्यकता छ । सडक चौडा बनाउनु र मोड मिलाउनु अहिलेको आवश्यकता हो ।
दैलेख सुर्खेतमा पर्ने सियाकोट सडक खण्डमा दैनिक २ सय बढी सवारी साधानहरु आवतजावत गर्ने गरेका छन् । छोटो र छिटो सडक भएकोले कर्णाली राजमार्गको जुम्ला जाने सवैजसो यातायातका साधनहरु अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै दैलेखको सियाकोट र जिरो पोईन्ट हुँदै जुम्ला जाने गर्दछन् । अत्याधिक सवारी चाप बढेका छन्, गति तीव्र छ सडक साँगुरो छ । यस्तो अवस्थामा सवारी चालकहरुले समेत ध्यान दिन नसकेर समस्या भएको यात्रु हेमा खड्काको भनाई छ ।
सोमवार सुर्खेतबाट जुम्ला तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । भे १ ज ७८० नम्बरको जिप दैलेखको गुरासँ गाउँपालिका वडा नं. ४ को जिरोपोइन्टमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि २ जना घम्भीर घाइते भएका छन् भने ९ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी सरोज पौडेलले जानकारी दिएका छन् । ११ जना सवार जिपमा २ जना सकुशल रहेको बताइएको छ ।
गम्भीर घाइते हुनेहरुमा कालिकोटको कालिका गाउँपालिका वडा नं. ५ का ४८ बर्षिया विष्णु प्रसाद अचार्य र चालक अर्जुन बहादुर शाही रहेका छन् । चालक अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परि घाइते हुनेहरुमा कालिकोटको खडाचक्र नगरपालिका वडा नं.४ का २७ बर्षिया उदय चन्द आचार्य, रासकोट नगरपालिका वडा नं. २ बस्ने १७ बर्षिया कल्पना नेपाली, रासकोट नगरपालिका वडा नं. ३ बस्ने ३० बर्षिया सुर्जा रोकाया, वडा नं. ७ बस्ने ३५ बर्षिया अप्सरा महतरा, बलाटा गाउँपालिका वडा नं. ९ की ३५ बर्षिया राधा बम, कञ्चनपुर जिल्ला बास न.पा. वडा नं. २ बस्ने २४ बर्षिया आषिष तामाङ्ग र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नं. ९ का २८ बर्षिया राजेन्द्र थापा रहेका छन् ।

Share This:

Find us on Facebook

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रस्तावित ज्वाला प्रकाशन प्रालिद्वारा प्रकाशित धमाका राष्ट्रिय दैनिकका लागि
वरिष्ठ सल्लाहकारद्वय
हरिहर अधिकारी 'श्यामल' र मधुसुधन गिरी,
संस्थापक सल्लाहकार: नमन शाही,
अतिथि सम्पादक: अमर सुनार,
प्रकाशक/सम्पादक: बिष्णु शर्मा,
कार्यकारी सम्पादक: कविराज वि.सी.
सह सम्पादक: कमल शर्मा

हाम्रो फेसबुक पेज


फोन नं. ०८९-४२०४०३/४२०२२१
मो. ९७४८०२०९७७, ९८४८१४१३१३
ई–मेल: news@dhamakadaily.com, 2dailydhamaka@gmail.com
वेबसाइट: www.dhamakadaily.com